इटहरी । वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्की दैनिक रुपमा टोल टोलमा पुगेर स्थानियहरु संग स्थानिय समस्याको बिषयमा छलफल र निकासका लागि सक्रिय भएर लाग्ने गर्नुभएको छ । सोहि अनुसार शुक्रवार बिहान नगरपालिकाको प्रशासनिक केन्द्रसंग भौगोलिक रुपमा टाढा तथा धरान उप–महानगरपालिकासंग सिमा जोडिएको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित वगुवा टोलमा पुगेर नगर प्रमुख रमेश कार्कीले स्थानिय अगुवा व्यक्तित्वहरुसंग स्थानिय आवश्यकता तथा सरोकारका बिषयमा छलफल गर्नुभएको छ । नगर प्रमुख दैनिक रुपमा टोल टोलमा पुगेर स्थानियहरुसंग स्थानिय समस्याको बिषयमा छलफल र निकासका लागि सक्रिय भएर लाग्ने गर्नुभएको हो । वगुवा टोलमा रहेको भित्रि सडकहरुको स्तरउन्नती , खोला कटान नियन्त्रण , मन्दिर घेराबेरा तथा सौन्दर्यकरण, खेलमैदान , सामुदायिक भवन निर्माण लगायतका बिषयमा नगर प्रमुख र स्थानिय अगुवा व्यक्तिबिच छलफल संगै स्थलगत अबलोकन भएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।


