काठमाडौं / नेपाल तरुण दलले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । तरुण दल सुनसरीका सभापति सिजन गुरूङले आज विज्ञप्तिमार्फत जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।1721921146389

त्यस्तै तरूण दल नेपालका  अध्यक्ष विद्वान गुरुङले आज विज्ञप्तिमार्फत जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । साथै, तरुण दलले दुर्घटनामा परी घाइते भएका पाइलट मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

हिजो (बुधबार) काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९–एनए एमई जहाज दुर्घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा १८ जनाको निधन भएको थियो ।

साथै, तरुण दलले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्न र मृतकहरुको शव आफन्तसम्म पुर्याउन शीघ्र पहल गर्न सरकारसँग माग गरेको छ ।Tarundal-1-768x994