इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा आयोजना हुने बोल बम मेला केन्द्रित र दुर्वासा घाट क्षेत्रलाइ सफा , सुन्दर बनाउने उदेश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको छ । सुन्दर, सफा वराहक्षेत्र तथा श्रावण महिनाको आइतवार र सोमवार आयोजना हुने बोल बमलाई सभ्य ,भब्य बनाउने उदेश्य राखेर सरसफाई कार्यक्रम गरिएको हो । नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा आयोजना भएको सरसफाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुबाल , इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक विकाश राई लगायत टोली, सशस्त्र प्रहरी वल वेस क्याम्प चतराका इन्चार्च सशस्त्र प्रहरी निरिक्षक शंकर कुमार कोईराला, इलाका प्रहरी कार्यालय चतराको टोली , वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु , नगर प्रहरी , सरसफाइ कर्मचारी , स्थानियहरुको सहभागिता रहेको थियो । बोल बम मेलालाई सभ्य तथा भब्य बनाउन तथा दुर्वासा घाट , औलया मठ क्षेत्र , स्नान क्षेत्रलाइ सुन्दर , सफा बनाउन सरससफाइ कार्यक्रममा सहभागी भइ वराहक्षेत्रलाई सुन्दर , सफा बनाउने नगरपालिकाको अभियानमा जोडिका सम्पुर्णलाई नगर प्रमुख रमेश कार्कीले धन्यवाद व्यक्त गर्नु भयो ।


