इटहरी । झापामा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । झापा कमल गाउँपालिका ५ स्थित रबि पेट्रोलपम्प अगाडि पश्चिमबाट पूर्ब तर्फ जाँदै गरेको प्र– १–०१–००१ ख ३४३५ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका ७ का पदम मुकारुङ राई रहेको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशीत स्थानियले बसमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् । घटनापछि मृतकको शव सडकमै राखेर स्थानियले बिरोध जनाएका थिए जसका कारण पूर्ब पश्चिम राजमार्ग केहिबेर अबरुद्ध भएको थियो ।
इटहरी । सुनसरीको बर्जु गाउँपालिका द्वारा बर्जु ताल विकास व्यवस्थापन समितीलाई टिकट काट्ने आधुनिक मेसिन हस्तान्तरण गरेको छ । तालमा घुम्न आउने पर्यटकहरूको संख्यामा वृद्धि भएसँगै, पर्यटकहरूसँग लिइएको रकमलाई पारदर्शी बनाउन गाउँपालिकाले टिकट काट्ने आधुनिक मेसिन हस्तान्तरण गरेको हो । बर्जु गाउँपालिकाको नामकरण नै बर्जु तालबाट भएको बताइन्छ । यस ऐतिहासिक तालको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिकाले महत्त्वपूर्ण कार्य गर्दै आएको छ । टिकट मेशीनले भर्पाईमा पारदर्शिता ल्याउनुका साथै, पर्यटकहरूको आवागमनमा सहजता प्रदान गर्ने छ । ५७ साल देखि ब्रर्जु तालको व्यवस्थापन व्यवस्थापन समितीले गर्दै आएको
इटहरी | नेपाल तरुण दल सुनसरीका अध्यक्ष सीजन गुरुङले आफ्नो जन्मदिनलाई विशेष र सामाजिक रूपमा महत्त्वपूर्ण बनाउन एक उदाहरणीय कार्य गरेरे तरहराको पानी पियामा बृक्षारोपण अभियानको सुरुवात गरेका छन् । गुरुङले समाजमा चेतनामूलक कार्यक्रमहरू जस्तै आपदविपद्को बेलामा निःशुल्क स्वास्थ्य सेवा, राहत वितरणजस्ता मानवीय सेवामा सक्रिय रहँदै आएका छन्। यस पटक भने उनले वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न आफ्नो जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रमको आयोजना गरे। सो अवसरमा १ सय बढी बृक्षारोपण गरेका हुन् ।उक्त कार्यक्रममा सयौं तरुण युवाहरुको सहभागिता रहेको थियो, जसले "तरुण १० विरुवा" भन्ने अभियानलाई थप प्रोत्साहन
विराटनगर / कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ। गत असोज ६ गते गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदन बिहीबार (असोज ३०) मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गरिएको हो। यस कार्यक्रमले प्रदेशको विकास र समृद्धिका लागि क्षेत्रगत प्राथमिकता निर्धारण गर्दै समग्र कार्ययोजना प्रस्तुत गरेको छ।कार्यक्रमको मुख्य उद्देश्य प्रदेशका महत्वपूर्ण क्षेत्रहरूमा विकास योजना तय गर्दै जनताको आयस्तर वृद्धि गर्न योगदान पुर्याउनु हो। ८ पृष्ठ लामो यस मस्यौदामा यातायात, कृषि, स्वास्थ्य, शिक्षा, र औद्योगिक विकासजस्ता विभिन्न क्षेत्रका प्राथमिकताहरू समेटिएका छन्।कोशी प्रदेशको भौगोलिक संरचना
विराटनगर / अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएकोे थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा रु १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख डा दीपा दियालीले बताए । प्रदेशम
भोजपुर – जनजागृति सामाजिक संस्था, टेम्केमैयुङ-९ लेखर्कको आयोजनामा सम्पन्न साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आमचोक आसिङ थर्पु कारा टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पारेको छ। सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा असोज २८ देखि ३० गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा गोगने टिमले दोस्रो स्थान र मातिम टिमले तेस्रो स्थान हासिल गरेको हो।प्रतियोगिताको समापन कार्यक्रममा प्रथम हुने आमचोक आसिङ थर्पु कारा टिमलाई नगद रु ५१,१११ पुरस्कारसहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। दोस्रो स्थान प्राप्त गोगने टिमले रु ३१,१११ नगद पुरस्कार र तेस्रो स्थान हासिल गरेको मातिम टिमले रु २१,१११ नगद
धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले कानुनको उल्लंघन गर्दै कार्यवाहक मेयर तोकेको भन्दै ६ राजनीतिक दलहरूले कडा विरोध जनाएका छन्। मेयर राई हाल बेलायत भ्रमणमा छन्, र उनले धरान-११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन्। यसप्रति ती दलहरूले असन्तोष जनाउँदै यो निर्णयलाई अवैध र कानुनी प्रक्रिया उल्लंघन भएको दाबी गरेका छन्।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ (क) मा स्पष्ट व्यवस्था गरिएको छ कि, यदि मेयर वा गाउँपालिका अध्यक्ष सात दिनभन्दा बढी समयसम्म अनुपस्थित हुने भएमा उपमेयर वा उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्छ। उपमेयर वा उपाध्यक्ष पनि
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताएका छन् ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९ औँ प्रहरी दिवसका–२०८१’ का अवसरमा आयोजित विशेष कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले अपराधीलाई कानुनको दायराभित्र ल्याउनसक्ने नेपाल प्रहरी अन्तर्राष्ट्रियस्तरमा पनि ख्याति कमाएको प्रसङ्ग उल्लेख गरे । उनले आफूलाई सबल र सक्षम साबित गर्न प्रहरी सङ्गठन समयानुकूल बढ्नुपर्ने धारणा राखे ।उनले प्रहरी समायोजन भएमा कोशी प्रदेश प्रहरी सङ्गठनलाई दुई वर्षभित्र साधन र स्रोतले सम्पत्र बनाउने प्रतिबद्धता व्यक्त गर
सुनसरी / सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीका ४५ वर्षीय दीपु चौधरीको मृत्यु प्रकरणले अर्को रूप लिएको छ । उनको मृत्यु सवारीसाधनको ठक्करबाट भएको पत्ता लागेको हो ।प्रहरीका अनुसार मापसे (मादक पदार्थ सेवन) गरेका चौधरीको मृत्यु साइकलबाट लडेर भएको आशंका गरिएको थियो । तर, खानेपानी कार्यालय भोजपुरको गाडीको ठक्करबाट साइकलयात्री चौधरीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।साइकलमा यात्रारत चौधरीलाई रामधुनी–६ स्थित भित्री पक्की सडक खण्डमा असोज १८ गते बिहान ८ः३० बजे खानेपानी कार्यालय भोजपुरको को १ झ ६३३ नम्बरको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनलाई घरमा लगेर घरयासी उपचार गरियो ।स्वास्
विराटनगर / जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारी देशभरका इलाका प्रहरी कार्यालय मध्येबाट सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेलाई सर्वोत्कृष्ट प्रहरी कार्यालय र कार्यालय प्रमुख धर्मराज भण्डारीलाई यस वर्षको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।आज प्रहरी प्रधान कार्यालयमा भएको एक भव्य कार्यक्रमका बिच अभिलेखमा जनिनेगरि सर्वोत्कृष्ट प्रहरी घोषित सहित पुरस्कृत गरेको हो । भण्डारीलाई प्रहरी प्रधान कार्यालयका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले सम्म
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.