इटहरी | नेपाल तरुण दल सुनसरीका अध्यक्ष सीजन गुरुङले आफ्नो जन्मदिनलाई विशेष र सामाजिक रूपमा महत्त्वपूर्ण बनाउन एक उदाहरणीय कार्य गरेरे तरहराको पानी पियामा बृक्षारोपण अभियानको सुरुवात गरेका छन् ।

 गुरुङले समाजमा चेतनामूलक कार्यक्रमहरू जस्तै आपदविपद्‌को बेलामा निःशुल्क स्वास्थ्य सेवा, राहत वितरणजस्ता मानवीय सेवामा सक्रिय रहँदै आएका छन्। यस पटक भने उनले वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न आफ्नो जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रमको आयोजना गरे। सो अवसरमा १ सय बढी बृक्षारोपण गरेका हुन् ।

उक्त कार्यक्रममा सयौं तरुण युवाहरुको सहभागिता रहेको थियो, जसले "तरुण १० विरुवा" भन्ने अभियानलाई थप प्रोत्साहन दिएको छ। यो अभियान वातावरणलाई जोगाउन युवाहरूलाई संगठित गर्दै विरुवा रोप्ने संस्कृति प्रवर्द्धन गर्न लक्षित छ। गुरुङका अनुसार, पर्यावरण भनेको यो ब्रह्माण्डमा रहेका सबै प्राणीहरूको प्राण हो। त्यसैले यसको संरक्षण हाम्रो दायित्व हो भन्ने सन्देश फैलाउन उनले यो कार्यक्रमलाई प्राथमिकता दिएका छन्।                                          IMG-20241018-WA0055

गुरुङले भने, "जन्मदिनको अवसरमा कम्तीमा ८ देखि १० वटा विरुवा रोप्नु पर्छ। यदि जंगल नजिकको क्षेत्र उपलब्ध छैन भने आफ्नो घरको वरिपरि भए पनि विरुवा रोप्नुपर्छ। एक वा दुई विरुवाले पनि पर्यावरणलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।"                                                             IMG-20241018-WA0077

अध्यक्ष गुरुङले सबैलाई आफ्नो जन्मदिनमा हातमा विरुवा लिएर विभिन्न स्थानमा बृक्षारोपण गर्न आग्रह गर्दै भने, "यो सानो प्रयासले भविष्यको पर्यावरणीय संकटलाई रोक्न ठूलो योगदान पुर्‍याउन सक्छ।" पर्यावरण संरक्षणको लागि यस्ता अभियानलाई निरन्तरता दिन उनले युवाहरूलाई एक जुट हुन पनि आग्रह गरे।

सो कार्यक्रममा  नेपाल तरुण दल सुनसरीका पदाधिकारीहरूको बाक्लो सहभागीता रहेको थियोे ।                                                                                                                                                                 IMG-20241018-WA0030