सुनसरी/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कोशी अधिवेशनमा जनसंख्या वृद्धिको नीतिको माग गरिएको छ ।बुधबार प्याब्सन कोशी प्रदेशको चौथो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीले जनसंख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गरेका हुन् ।युवा जनशक्ति विदेश पलायन भएसँगै जन्मदरसमेत कम भएको भन्दै पुरीले जनसंख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गरेका हुन् । 'बसन्त पञ्चमी भर्खर गयो । त्यो दिन विद्यार्थी भर्ना गर्ने परम्परा छ,' पुरीले भने, ' तर, तथ्यांक हेर्दा कमजोर देख्छु । बालबालिका पनि त्यस्तो धेरै देखिँदैनन् । जन्मदर कम भएको छ । मुख्यमन
सुबास घिमिरे। इटहरी / सुनसरी। पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम् सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सङ्घीय सांसद भगबती चौधरीलाई भारतको बनारसमा भाजपा नेताहरूले स्वागत एवम् सम्मान गरेका छन्।उत्तर प्रदेशका सिप विकास मन्त्री कपिल देव अग्रवालको निमन्त्रणामा भारत उत्तर प्रदेश स्थित प्रयागराजमा लागिरहेको १४४ वर्षमा लाग्ने महाकुम्भ मेलामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पूर्व मन्त्री चौधरी यही माघ १७ गते भारत गएकी हुन्।बनारसमा भारत उत्तर प्रदेशका विधायक धर्मेन्द्र सिंह, गाउँ पञ्चायत मेयर राजा दूबे लगायतले भव्य स्वागत गरेका थिए। नेपाल भारत बिच साम
इटहरी। कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । मङ्गलबार राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागु औषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको उहाँले बताउनुभयो । प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटर
इटहरी। प्रेस चौतारी नेपाल ताप्लेजुङको अध्यक्षमा बसन्त पालुङ्वा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको छ । सङ्गठनको २७ औं स्थापना दिवसको अवसरमा मङ्गलबार सम्पन्न प्रेस चौतारी ताप्लेजुङको छैटौं जिल्ला अधिवेशनले पालुङ्वाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमिति उपाध्यक्षमा मदन गौतम र साहारा लङ्वा लिम्बू, सचिव तेन्जिङ शेर्पा, सहसचिवमा किरण विक र सुनीता रसाइली तथा कोषाध्यक्षमा सङ्गीता कार्की चयन हुनुभएको छ । सदस्यहरुमा हेमराज निरौला, नारद गुरागाईं, मिङ्माखाण्डु शेर्पा, सोनिया तामाङ, लक्ष्मण पौडेल र रोमन बोखिम रहनुभएको छ । अधिवेशनले केन्द्रीय प्रतिनिधि
इटहरी । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १४ वर्षबाट अलपत्र बनेको छ । करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो । लम्सुवाघाटमा वि।स। २०६७ सालबाट पुल निर्माण थालिएको थियो । छ पिलरको बेस राखेपछि यहाँको पुल निर्माण अलपत्र बनेको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताउनुभयो । यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणको क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्यले ध्यान दिनु पर्ने षडानन्द ६ का स्थानीयवासी सीताराम लम्सालले बताउनुभयो । पुक्की पुल नहुँदा आवतजावतमा समस्य
इटहरी । ताप्लेजुङस्थित पाथीभरा ९मुक्कुमलुङ० क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द खुलेको हो । सरकार र आन्दोलनरत पक्षबिच सोमबार र मङ्गलबार भएको वार्ताबाट केबुलकार निर्माणको काम तत्कालका लागि स्थगित गर्ने र यातायात बन्द फिर्ता लिने लगायतका विषयमा सहमति भएको हो । पाथीभरा केबुलकार परियोजना सुरु भएदेखि नै परियोजनाको विरोध हुँदै आएकोमा पछिल्लो पटक निर्माणको काम थलेपछि थप द्वन्द्व बढेको थियो । निर्माणको काम थालेपछि सङ्घर्षर
ताप्लेजुङ \ मुक्कुम्लुङ पाथीभरामा निर्माणाधीन केबलकार परियोजनाको विषयमा उत्पन्न विवाद समाधान गर्न सरकार र सरोकारवाला पक्षहरूबीच सहमति जुटेको छ। गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षहरूबीच भएको छलफलपछि केबलकार निर्माण स्थगित गर्ने निर्णय भएको हो।सम्झौताअनुसार, केबलकारको स्टेसनमाथिको निर्माण कार्य तत्काल स्थगित गरिनेछ भने स्टेसनका सन्दर्भमा आगामी माघ २७ गते थप छलफल गरिनेछ। त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गरिने, घटनाको छानबिन गरी कानुनी कारबाही अघि बढाइने, र थुनामा रहेका आन्दोलनकारीहरूको विना शर्त रिहाइ प्रक्रिया सुरु गरिनेछ।यसबाहेक, मुक्कुम्लुङ संरक
दिक्तेल | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. १, बेस क्याम्प (जैपुरेडाँडा) मा प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव आयोजना हुने भएको छ। नमुना स्पोर्ट्स क्लब, वडा नं. ५, खोटाङ को आयोजनामा हुन गइरहेको यो महोत्सव यहीँ फागुन १ गतेदेखि १६ गतेसम्म हुदैछ ।महोत्सवको उद्देश्य मझुवागढी कालिका भगवतीको पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय संस्कृति, कृषि, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने रहेको नमुना स्पोर्ट्स क्लबका अध्यक्ष सविन राईले जानकारी दिनु भयो ।महोत्सवमा कृषि मेला प्रदर्शनी, पत्रकार तथा विभिन्न विद्याका खेलाडीहरूलाई सम्मान, गायन तथा लोक नृत्य प्रतियोगिता जस्ता विविध कार्यक्रम समा
मोरङ | सुन्दरहरैंचा नगरपालिका–६ स्थित साजीलाल माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको बहुपक्षीय विकास, भौतिक पूर्वाधार विस्तार तथा अभिभावक सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक प्रगति, भौतिक पूर्वाधार, शै
इटहरी | इटहरीको श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालको ४६ औं वार्षिकोत्सव तथा १०८ पारायण अन्तर्राष्ट्रिय महोत्सवको अवसरमा मङ्गल राधिका सदानन्द प्रणामी अस्पतालको उद्घाटन हुने भएको छ।मुक्तिधाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार, यहीँ चैत २४ गतेदेखि २०८२ बैशाख १ गतेसम्म चल्ने वार्षिकोत्सवको समापन दिन बैशाख १ गते परमहंस सन्त शिरोमणि स्वामी सदानन्द महाराजले अस्पतालको उद्घाटन गर्नुहुनेछ।सुनसरीको इटहरी तथा सुन्दरहरैंचाका जनताले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा पाउन सकून् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गर्न लागिएको हो। ५०० शैय्याको सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने लक्ष्य लिइए पनि प्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.