इटहरी । मोरङ पथरी शनिश्चरे–४ स्थित भगीरथ माध्यमिक विद्यालय परिसरमा निर्माणाधीन भगीरथ खेलमैदानको कामले तिव्रता पाएको छ । हाल प्याराफिट सहितको रंगशाला निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको हो । यस अभियानमा देश बिदेशमा रहनु भएका नेपालीहरुबाट आर्थिक, भौतिक तथा नैतिक साथ–सहयोग जुटी रहेको भगिरथ मावि खेल मैदान निर्माण समितिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो । उहाँका अनुसार प्याराफिट सहितको रंगशाला निर्माण कार्यका लागि देश तथा विदेशमा रहेका भागिरथ मा.विका पूर्व विद्यार्थीहरू र इच्छुक सहयोगदाताहरूलाई समेत अपिल गरिएकोले खेल मैदान निर्माण कार्यको लागि निर्माण समितिको बैंक खाता न
इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाले छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार कानेपोखरी गाउपालिकाको प्राङ्गणमा सो कार्यक्रम सम्पन्न भएको हो । कानेपोखरी गाउँपालिकाको आयोजनामा बृहत औपचारिक कार्यक्रमका बिच आ.व. २०८१÷८२ मा उत्तीर्ण भएका विभिन्न कक्षाका बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएकोे हो । कानेपोखरी गाउँपालिकाको विशेष कार्यक्रम अन्तरगत रहेको “प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी“ कार्यक्रम अन्तर्गत पालिका भरिका प्राविधिक विषयमा अध्ययनरत १८ जनालाई नगद २७ हजार ५ सय रुपैयाँका दरले सम्मान गरिएको थियो भने, आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन
इटहरी | इटहरी उपमहानगरपालिका–२ मा अवस्थित संगित प्रतिष्ठान टोल विकास संस्थाले आफ्नो ९ औँ वार्षिक साधारणसभा गरिएको छ ।संस्थाका अध्यक्ष विकास भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा सुनसरी क्षेत्र नं. ३(क) बाट निर्वाचित सांसद रोहित बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो।कार्यक्रममा संस्थाका सल्लाहकार तथा सामाजिक लेखा परीक्षण संयोजक चुणामणि भट्टराईले सामाजिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै, संस्थामा महत्वपूर्ण सहयोग पुर्याउने बिमला खत्री (सुवेदी) र निर्मला खत्रीलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले संस्था
इटहरी । विराटनगरस्थित कोशी अस्पतालमा सर्पले टोकेका बिरामी संख्या बढ्दै गएको छ। अस्पतालका वरिष्ठ फिजिसियन तथा पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा। लक्ष्मीनारायण यादवका अनुसार गएको दुई महिनामा सर्पले टोकेर उपचारका अस्पताल आउने बिरामीको संख्या बढेको छ। उनले सबै सर्पको टोकाइ विषालु नहुने बताए। विषालु सर्पले टोकेको खण्डमा भने एन्टी भेनम भाइल चलाउनुपर्ने उनले जानकारी दिए। उनका अनुसार सर्पको उपचारमा प्रयोग हुने एन्टी भेनम भाइल कोशी अस्पतालमा मात्र उपलब्ध हुने हुँदा बिरामीको संख्या बढ्ने गरेको हो। अस्पताल प्रशासनका अनुसार गएको दुई महिनामा ८० जना सर्पले टोकेका बिरामीको उपचार गरिएको छ। जेठमा सर्पले टोकेका ३५
इटहरी । ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा निःशुल्क पढाउने भएको छ । सिरिजङ्घा गाउँपालिका–१ मा रहेको उक्त विद्यालयले निःशुल्क पढाउने भएको हो । सिनाम माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुन विषयको पढाइ हुने प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले बताउनुभयो । एक सय छात्र र एक सय छात्रा गरी दुई सय विद्यार्थीले बस्ने सुविधा पनि निःशुल्क पाउने गौतमको भनाइ छ । विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रवास भवन रहेको छ । विद्यार्थीलाई निःशुल्क पढाउन हिमाली छात्रवासका नाममा सङ्घीय सरकारले २० जनालाई सहयोग गरेको छ । यस्तै सिरिजङ्घा गाउँपालिकाले पनि निःशुल्
इटहरी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले उदयपुरको गाइघाट स्थित यातायात व्यवस्था कार्यालयको अनुगमन गर्नुभएको छ । नागरिकले सिधा रूपमा सेवा लिने महत्त्वपूर्ण कार्यालयमध्ये पर्ने यातायात कार्यालयमा सेवा प्रवाह, कर्मचारी व्यवहार, सूचनाको पहुँच, भौतिक संरचना र प्रणालीगत कमजोरीबारे जानकारी लिन मन्त्री स्वयं अनुगमनमा निस्किनुभएको थियो । मन्त्री भण्डारीको सचिवालय सहितको टोलीले कार्यालयको विभिन्न शाखाहरू अवलोकन गर्दै कार्यालय प्रमुख तथा कर्मचारीहरूसँग छलफल गरेका थिए। अनुगमनको क्रममा मन्त्री भण्डारीले नागरिकले दैनिक रूपमा सेवा लिने यातायात कार्यालयमा व्याप्त समस्याहरूलाई
इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा वैदिक कर्मकाण्ड परिषद नेपालको क्रिया पुत्रि भवन निर्माण हुदै छ। यो भवन वैदिक सनातन संस्कृतिको संरक्षण र सामाजिक सेवा दुबै उद्देश्य बोकेर निर्माण गरिएको हो। भवन इटहरी–२ स्थित राजदेवी मन्दिरको छेउमा निर्माण भइरहेको छ।२०७५ सालदेखि सुरु गरिएको यो योजना हालसम्म जग उठाउने चरणमा पुगेको छ। अब भवनको छत हाल्नुपर्ने कार्य बाँकी छ। निर्माण कार्यलाई अगाडि बढाउन थप आर्थिक सहयोग आवश्यक रहेको भवन निर्माण संयोजक एवं वैदिक कर्मकाण्ड परिषद् नेपाल, सुनसरीका जिल्ला उपाध्यक्ष घनश्याम बरालले जानकारी दिए।बरालका अनुसार, “यो भवन केवल वैदिक धर्म मान्नेहरूका लागि मात्र होइन, जु
इटहरी । आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षदेखि लालपुर्जाबाट वञ्चित सङ्खुवासभा चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन् । सोमबार विशेष नापी कार्यालयले चैनपुर नगरपालिका वडा नम्बर ९ का ३५ जना स्थानीयलाई लालपुर्जा वितरण गरेको हो । २०५९ साल वैशाख १४ गते माओवादी द्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी र क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता (मोठ) लगायतका महत्त्वपूर्ण कागजातहरू पूर्णरूपमा नष्ट भएको थियो । कागजात नभएकै कारण स्थानीयहरूले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस
इटहरी । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो । मेचीनगर नगरपालिका–४ का बासिन्दाका लागि वन कार्यालयबाट प्राप्त कागतीका बिरुवा वडा कार्यालयमार्फत तीन सय परिवारलाई वितरण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । हात्तीले सुपारीका बोट भाँचेर ठूलो क्षति पुर्याउन थालेकाले हाल सुपारी बगानभित्र रोप्नका लागि कागतीका बिरुवा बाँडिएको उहाँको भनाइ छ । उहाँक
इटहरी । जारमै चिसो रहने प्रशोधित पिउने पानी उत्पादन र बिक्रीवितरण गर्ने अनुमति छैन । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिकाले जारमा चिसो रहने गरी पानीको बिक्रीवितरणलाई मान्यता दिँदैन । तथापि तराईका जिल्लामा यस्तो पानी उत्पादन गर्ने बेच्ने काम हुँदै आएको छ । कानुनी मान्यता नपाएको यस्तो पानी, उद्योगले उत्पादन गरेर बिक्री गर्दा नियामक निकाय पनि मौन छ । उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्छ भनेर उत्पादन अनुमति नदिने गरिए पनि बजारमा निर्बाध बिक्रीवितरणमा हुँदा नियामक निकाय आँखा चिम्लन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पलाल राईले निर्देशिकामै नभएको कुरालाई कुन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.