इटहरी | इटहरी उपमहानगरपालिका–२ मा अवस्थित संगित प्रतिष्ठान टोल विकास संस्थाले आफ्नो ९ औँ वार्षिक साधारणसभा गरिएको छ ।
संस्थाका अध्यक्ष विकास भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा सुनसरी क्षेत्र नं. ३(क) बाट निर्वाचित सांसद रोहित बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा सामाजिक लेखा परीक्षण संयोजक चुणामणि भट्टराईले सामाजिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै, संस्थामा महत्वपूर्ण सहयोग पुर्याउने बिमला खत्री (सुवेदी) र निर्मला खत्रीलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले संस्था सामाजिक र भौतिक विकासमा सक्रिय रहँदै आएको र आगामी दिनहरूमा समेत स्थानीयस्तरमा योगदान पुर्याउने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी, प्रमुख अतिथि सांसद कार्कीले संस्थाले समाजको समग्र विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै आवश्यक परेको खण्डमा आफूबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
महिला कार्यसमिति अध्यक्ष उर्मिला वाग्लेले कार्यक्रममा महिला समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
साधारणसभामा महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक मेदनकुमार घिमिरे, समाजसेवी बालकुमार अधिकारी, दुर्गा बस्नेत, संस्थाका पदाधिकारी, टोलवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
संस्थाले विगतमा एस.ई.ई. उत्तीर्ण सम्मान कार्यक्रम, स्वास्थ्य शिविर, टोल सरसफाइ, वृक्षरोपण, वार्षिक क्यालेन्डर प्रकाशन लगायतका विविध सामाजिक गतिविधिहरू गर्दै आएको जानकारी दिइएको छ।

