इटहरी । मोरङ पथरी शनिश्चरे–४ स्थित भगीरथ माध्यमिक विद्यालय परिसरमा निर्माणाधीन भगीरथ खेलमैदानको कामले तिव्रता पाएको छ । हाल प्याराफिट सहितको रंगशाला निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको हो । यस अभियानमा  देश बिदेशमा रहनु भएका नेपालीहरुबाट आर्थिक, भौतिक तथा नैतिक साथ–सहयोग जुटी रहेको  भगिरथ मावि खेल मैदान निर्माण समितिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो । उहाँका अनुसार प्याराफिट सहितको रंगशाला निर्माण कार्यका लागि देश तथा विदेशमा रहेका भागिरथ मा.विका पूर्व विद्यार्थीहरू र इच्छुक सहयोगदाताहरूलाई समेत अपिल गरिएकोले खेल मैदान निर्माण कार्यको लागि निर्माण समितिको बैंक खाता नम्बर र क्युआर कोष मार्फत सहयोग रकम संकलन भइरहेको छ । उहाँले हालसम्ममा दुई लाख ६० हजार ७ सय १ रूपैयाँ आर्थिक सहयोग सङ्कलन भएको पनि जानकारी दिनुभयो । यसैगरी, उक्त खेलमैदान व्यवस्थापनका लागि कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷०८३ को बजेटमार्फत प्रदेश सांसद मानबहादुर लिम्बूको पहलमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, पथरी शनिश्चरे ४ नं वडा कार्यालयले पनि चालु आर्थिक वर्ष २०८२÷०८३ को ५० हजार रूपैयाँ बजेट खेल मैदान सम्याउन खर्चिएको वडा अध्यक्ष लोकनाथ  न्यौपानेले जानकारी दिनुभएको छ ।