इटहरी। सुनसरीको धरानमा नेपाली साहित्य तथा समावेशी बहुभाषिक साहित्यमा योगदान पुर्याउने पाँच जना स्रष्टा तथा साहित्यप्रेमी व्यक्तित्व सम्मानित भएका छन्।जनसांस्कृतिक महासङ्घ, नेपाल कोशी प्रदेश समितिको आयोजनामा विमलस्मृति पुस्तकालयमा आयोजित स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा शङ्कर सुनुवार, शकुन्तला त्रिखत्री, नेत्रप्रसाद काफ्ले, देव सुब्बा इजम र टङ्क राजवंशी सम्मानित हुनुभएको हो। सम्मानित स्रष्टाहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको आयोजक जनसांस्कृतिक महासङ्घ, नेपाल कोशी प्रदेश समितिले जनाएको छ। कार्यक्रम प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यता तथा कार्यक्रम संयोजक प्रा।डा। खेमराज खनालको
इटहरी । खोटाङमा भेटिएको द्वन्द्वकालीन विस्फोटक पदार्थ ‘नेपोलाइट’ नेपाली सेनाले डिस्पोज गरेको छ। जिल्ला सदरमुकामस्थित बेसक्याम्पमा आइतबार साँझ विस्फोटक पदार्थ भेटिएको थियो।द्वन्द्वकालमा उक्त बेसक्याम्पमा सुरक्षा फौजको क्याम्प रहेको थियो। सोही समयमा राखिएको विस्फोटक पदार्थ स्थानीयले जमिन खन्ने क्रममा आइतबार साँझ फेला पारेका हुन्। व्यक्तिको जग्गामा रहेको उक्त बेसक्याम्पमा सशस्त्र द्वन्द्वका बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौज राखिएको थियो। उक्त स्थानबाट क्याम्प सारिएको लामो समय भइसके पनि बेलाबेला विस्फोटक पदार्थ भेटिने गरेको छ।आइतबार स्थानीयले फुटसल ग्राउन्डको पर
इटहरी। विद्यालय तहको पढाइसँगै विद्यार्थीलाई अनुशासित, जिम्मेवार र असल नागरिकका रूपमा विकास गर्ने उद्देश्यले पूर्वी नेपालका विद्यालयमा राष्ट्रिय सेवा दल ९एनसिसी० तालिम सञ्चालन हुँदै आएको छ । नेपाली सेनाले राष्ट्रिय सेवा दलमार्फत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई जुनियर र सिनियर डिभिजन अन्तर्गत तालिम दिँदै आएको हो । तालिममा विद्यार्थीलाई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, समय व्यवस्थापन, आत्मरक्षा, विपत् व्यवस्थापन तथा सामाजिक जिम्मेवारीलगायतका विषयमा व्यावहारिक ज्ञान र सिप प्रदान गरिँदै आएको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय केराबारी, मोरङका शिक्षा अधिकृत तथा प्रमुख सेनानी सुरे
इटहरी स् झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएका आधारभूत सेवाको स्तरमा सुधार गरी नागरिकले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माण गर्ने तयारी अघि बढाएका छन्।सरकारले अघि सारेको शासकीय सुधारको मर्मअनुसार प्रशासनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने उद्देश्यले विद्यमान सेवा प्रणालीको पुनर्संरचना ९रि–इन्जिनियरिङ० को गृहकार्य भइरहेको पोखरेलले बताएका छन्। उनका अनुसार सेवा प्रणाली सुधारका लागि गठन गरिएको ‘रिफर्म टिम झापा’ सार्वजनिक बिदाका दिनसमेत काममा खटिएको छ। सेवा लिन आउने नागरिकले अनावश्यक झन्झट, लामो प्र
इटहरी। झापामा लागूऔषध कारोबार तथा ओसारपसारविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको छ। पछिल्ला तीन दिनमा जिल्लाका विभिन्न स्थानबाट ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन्।अर्जुनधारा, झापा गाउँपालिका र मेचीनगरका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा प्रहरीले लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। अर्जुनधारा नगरपालिका–७ स्थित वडा कार्यालय छेउबाट प्रहरीले लागूऔषध बिक्री गरिरहेको अवस्थामा अटो चालकलाई पक्राउ गरेको छ। शनिबार दिउँसो १२ः३० बजे मे १ ह २४४३ नम्बरको पहेँलो अटोमा लागूऔषध बिक्री गरिरहेको अवस्थामा अर्जुनधारा–७ का ३३ वर्षीय सागर दर्जी पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारम
इटहरी स् पूर्वी पहाडी जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि भएको छ । आइतबार राति ८स्१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पानीको बहाव बढेपछि कोशी ब्यारेजको मूल ५२ वटा र ४ वटा नहरको गरेर ५६ वटा ढोका मध्यै २७ वटा ढोका खुल्ला गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको र रातो झन्डा फहराइएको छ ।सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि कोशी नदी आसपासका बासि
इटहरी स् नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत ‘रमेश’ निर्वाचित भएका छन्। महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक बस्नेतले ४८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्।अध्यक्ष पदमा बस्नेतका प्रतिस्पर्धी एवाई कन्स्ट्रक्सनका सञ्चालक यज्ञबहादुर राईले ३३ मत प्राप्त गरे। संघको प्रथम उपाध्यक्षमा ४९ मतसहित दिलकुमार राई निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी मनोजकुमार राईले ३३ मत पाए। द्वितीय उपाध्यक्षमा शरण तामाङ निर्वाचित भएका छन्। महासचिवमा बलबहादुर राई निर्विरोध निर्वाचित हुँदा सचिवमा चन्द्रसिंह लिम्बु र कोषाध्यक्षमा सुवास राई चयन भएका छन्। सह–कोषाध्यक्षमा दिनेश राई निर्व
इटहरी स् ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन्।आठराई त्रिवेणी गाउँपालिका–हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको हो। दुर्घटनापछि ट्याक्टरमा सवार मेरिङदेन–६ नाल्बोका १४ वर्षीय समीर नाल्बो इलाका प्रहरी कार्यालय दोभान पुगेपछि घटनाबारे जानकारी दिएका थिए। प्रहरीका अनुसार ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा भेटिएको छ। तर चालक समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्र
इटहरी स् दशैँ आउन अब धेरै समय बाँकी थिएन। घरमा चाडपर्वको तयारी सुरु हुँदै थियो। परिवारका सदस्यहरूबीच भेटघाट र कुराकानीका योजना बन्दै थिए।सुनसरीको बराहक्षेत्र नगरपालिका–३ की २२ वर्षीया रुबिना धामी पनि यसपालि दशैँमा घर आउने तयारीमा थिइन्। रसुवाको होटेलमा काम गर्दै आएकी रुबिनाले परिवारलाई काम सकेर दशैँमा घर आउने र त्यसपछि विदेश जाने तयारी गर्ने बताएकी थिइन्। तर अहिले दशैँ आउनुअघि नै उनको घरमा सन्नाटा छाएको छ। रसुवामा आएको विनाशकारी बाढीपछि रुबिनासहित बराहक्षेत्रका पाँच जना स्थानीय १२ दिनदेखि परिवारको सम्पर्कमा छैनन्। बाढी आउनुभन्दा एक दिनअघि मात्र रुबिनाले आमाबुवासँग फोनमा कुराकानी गरेकी थिइन्। त
इटहरी । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका छ अक्सिजन उद्योग बन्द भएका छन् । ती उद्योग बन्द हुँदा स्वास्थ्य संस्था र अन्य औद्योगिक उपभोक्ता प्रभावित भएका छन् ।कोरोना सङ्क्रमणले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेका बेला सुनसरी–मोरङ औद्योगिक कोरिडोरका छ वटा अक्सिजन उद्योग पूर्ण क्षमतामा सञ्चालन भएका थिए । देशभरमा अक्सिजनको माग बढ्दा उत्पादन क्षमता वृद्धि गरेर आपूर्ति प्रणाली सहज बनाइएको थियो । तर कोरिडोरमा सबैभन्दा ठुलो क्षमताको विनायक अक्सिजन उद्योग सञ्चालन गर्दै आएका पवन शारडाका अनुसार अभावको व्यवस्थापन गर्न सक्ने क्षमता भएका कोरिडोरका उद्योग अहिले नराम्रोसँग असजिलोमा परिरहेका छन् । जसका कारण
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.