इटहरी स् चाडपर्व नजिकिएसँगै झापाको बिर्तामोड क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन्। पछिल्लो एक सातामा बिर्तामोडका तीन ठाउँमा चोरी भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बिर्तामोड–२ स्थित सांगवेद संस्कृत माध्यमिक विद्यालयसहित दुईवटा निजी घरमा चोरी भएको छ। विशेषगरी घरमा कोही नभएको मौका छोपी नगद तथा गरगहना चोरी भएको पाइएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले चाडपर्वको समयमा घरधनी बाहिर जाने क्रम बढ्ने भएकाले चोरीलगायत आपराधिक गतिविधि हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्। उनका अनुसार विजयादशमी, दीपावली र छठ पर्व नजिकिँदै गर्द
इटहरी स् मोरङको केराबारीमा पानी भरिएको भाँडोमा डुबेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ।केराबारी गाउँपालिका–१ तेलेङ पाटीगाउँकी दियाना मगरको मंगलबार मृत्यु भएको हो। प्रहरीका अनुसार उनी फडीन्द्र मगरकी छोरी हुन्। दिउँसो करिब २ः३० बजे घरमा खेल्ने क्रममा जाँड पकाउन प्रयोग हुने फोसीमा भरिएको चिसो पानीमा बालिका डुबेकी थिइन्। आमा यमुना मगरले बालिकालाई भाँडोमा डुबेको अवस्थामा फेला पारेकी थिइन्।त्यसपछि तत्काल धनकुटाको डाँडाबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो। तर, स्वास्थ्य केन्द्रका चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए। घटनाबारे डाँडाबजार प्रहरी चौकीले मंगलबार साँझ करिब ६ः१०
इटहरी स् सुनसरीको दुहबीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई प्रहरीसहित पाँच जना घाइते भएका छन्।दुहबी नगरपालिका–२ स्थित भित्री सडकखण्डमा मंगलबार राति करिब ९ः३० बजे दुर्घटना भएको हो। प्रहरीका अनुसार नेपाल प्रहरी विशेष सुरक्षा गणतर्फ प्रवेश गर्दै गरेको प्रदेश १–०२–०५६ प ४२७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को २७ प ९६८६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा प्रदेश १–०२–०५६ प ४२७६ नम्बरको मोटरसाइकल चालक प्रहरी सहायक हवल्दार धीरज चौधरी र पछाडि सवार प्रहरी जवान बाबुराम बुढाथोकी घाइते भएका छन्। चौधरीको बायाँ खुट्टा र टाउकोमा तथा बुढाथोकीको टाउको र देब्रे खुट्टामा चोट ल
इटहरी स् झापाको कन्काईमा घरबाटै लागूऔषधको कारोबार गरिरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा कन्काई नगरपालिका–३ सुरुङ्गाका ३५ वर्षीय फियाज मोमिन रहेका छन्। ‘बादशाह’ नामले चिनिने मोमिनलाई सोमबार राति करिब १० बजे आफ्नै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट वरिष्ठ प्रहरी नायब निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले मोमिनको घरमा खोजतलास गरेको थियो। त्यसक्रममा प्लास्टिकसहित २५ ग्राम १० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बरामद ब्राउन सुगर १३९ वटा पोकामा राखिएको अवस्थामा थियो। लागूऔषधस
इटहरी। सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–१०, जल्पापुरमा अज्ञात व्यक्तिले साँढे ९गोरु०माथि तातो पानी खन्याउँदा गम्भीर घाइते भएको घटना सार्वजनिक भएको छ ।घटनाको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएपछि इनरुवा नगरपालिकाको पशु स्वास्थ्य शाखाले चासो देखाएको छ । सामाजिक सञ्जालमा साँढेमाथि गरिएको क्रूरतापूर्वक कार्यको दृश्य सार्वजनिक भएलगत्तै इनरुवा नगरपालिकाका पशु शाखा प्रमुख डा।राजकुमार यादवको नेतृत्वमा गएको विशेषज्ञ चिकित्सकको टोलीले घटनास्थल जल्पापुर पुगेर घाइते साँढेको उपचार सुरु गर्नुभएको छ । केही दिनअघि अज्ञात व्यक्तिले क्रूरतापूर्वक साँढेको शरीरमा अत्यधिक तातो पानी खन्याएका थिए । यसबाट साँढेको
इटहरी। कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला धनकुटाका गाउँमा स्थानीयबासी अझै पनि विद्युतको पहुँचभन्दा बाहिर रहेका छन् । जिल्लाका सहर तथा गाउँमा सडक पहुँचसम्म विद्युत विस्तार भएपनि केही ठाउँका स्थानीयबासी भने अझै पनि विद्युतको पहुँचभन्दा बाहिर रहेका हुन् ।धनकुटाको पाख्रीबास नगरपालिका–७, मुगास्थित थाक्लेकी ६० वर्षीय तारा तामाङको घरमा अझै पनि विद्युत पुगेको छैन । गाउँमा सबैको घरमा साँझ परेपछि उज्यालो बत्ती बल्छ । तर उहाँको घरमा भने साँझ परेपछि कुपी बल्छ । गाउँको बस्तीभन्दा उहाँको घर केही टाढा रहेको छ । करिब दुई दशक अगाडि गाउँमा विद्युतको विस्तार भएपनि तामाङ कुपीको भरमा बस्दै आउनुभएको छ । उहाँको परिवा
इटहरी। चाडबाडको मौसम सुरु भएसँगै बजारमा घिउ तथा नौनी ९बटर० को चरम अभाव देखिएको छ । दसैँतिहारलगायतका चाड नजिकिँदै गर्दा घिउको माग ह्वात्तै बढेको छ । बजारमा माग अनुसार आपूर्ति हुन नसक्दा एक महिनाको अवधिमै घिउको मूल्य प्रतिकिलो दुई सय रुपियाँसम्मले वृद्धि भइसकेको छ । मूल्य बढे पनि उपभोक्ताले बजारमा सहज रूपमा घिउ पाइरहेका छैनन् । भर्खरै सम्पन्न हरितालिका तिजमा दर खाने बेलादेखि नै घिउको चर्को अभाव हुँदा उपभोक्ता तथा मिठाई व्यवसायीले निकै सास्ती भोग्नु परेको थियो । विगतमा कोशी प्रदेशका बजारमा निजी डेरी तथा सहकारी संस्थाले प्रतिकेजी ७५० रुपियाँमा नौनी बिक्री गर्दै आएका थिए । घिउको मौज्दात पनि ल
इटहरी ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा २४१ तोलाभन्दा बढी सुन र २७ किलोग्राम चाँदी सङ्कलन भएको छ । देशकै एक प्रसिद्ध तीर्थस्थल पाथीभरामा हालसम्म उक्त परिमाणमा सुन र चाँदी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार हालसम्म कुल २४० तोला ९१ लाल एक नम्बरी सुन सङ्कलन भएको छ । त्यस्तै पाथीभरामा हाल २७।१२८ किलोग्राम असली चाँदी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । कार्यकारी निर्देशक हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलन भएको उक्त परिमाणको सुन र चाँदी रिफाइन गरी एकनम्बरको बनाइएको छ । केही सुनका गहाना दुरुस्तै राखिएको छ भने २४० तोला ९१ लाल सुन भ
इटहरी । उत्तरी मोरङको लेटाङ–१ का किसानले परम्परागत खाद्यबाली हटाउँदै नगदे बाली विस्तार गरिरहेका छन् । लेटाङ–१, साग्माका चन्द्रबहादुर राई, कुवापानीका शुक्र राई र सन्दर राई, ठोक्रेका रोहित मास्के र आठबिसेका यमप्रसाद राईले विगत १० वर्षदेखि व्यावसायिक कफी खेती गरिरहनुभएको छ । चन्द्रबहादुर राईले विद्यालयमा शिक्षण गर्दागर्दै स्वैच्छिक अवकाश लिएर २०७२ सालमा कफी खेती विस्तार गर्नुभयो । त्यसबेला चन्द्र सरप्रति स्थानीय छिमेकी साथीभाइ कोही पनि सन्तुष्ट थिएनन् । भएको जागिर छोडेर धेरै कमाउन कफी खेतीमा हात हालेको आरोप लाग्यो । चन्द्रबहादुर राईले कफी खेती विस्तार गर्न छोड्नु भएन । राईले ५० रोपनीमा कफी र
इटहरी । कोशी प्रदेशमा वन पैदावारको उत्पादन बढ्दै गए पनि बिक्री हुन नसक्दा डिपो तथा घाटगद्दीमा ११ करोड रुपियाँभन्दा बढी मूल्यको काठ थन्किएको छ । सरकारी मूल्य बजारको मागअनुकूल नहुँदा काठ बिक्रीमा समस्या भएको वन अधिकारीहरूले बताएका छन् । कोशी प्रदेश वन निर्देशनालय, धरानको पछिल्लो मौज्दात विवरणअनुसार प्रदेशका विभिन्न डिभिजन वन कार्यालयअन्तर्गत राष्ट्रिय, सामुदायिक, कबुलियती तथा साझेदारी वनका डिपोमा एक लाख ३२ हजार ५७४।१३ क्युबिक फिट काठ बिक्री नभई थन्किएको छ । सरकारी राजस्व दररेटअनुसार यसको अनुमानित मूल्य ११ करोड ४५ लाख ४४ हजार ९४६ रुपियाँ हुन्छ ।उदयपुरमा राष्ट्रिय वनतर्फ १५ हजार र सामुदायिक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.