इटहरी। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना प्रतिवादीलाई प्रहरीले कोशीका विभिन्न चारवटा जिल्लाबाट पक्राउ गरेको छ ।प्रहरीका अनुसार मोरङबाट १० जना, झापाबाट ४ जना, सुनसरी तथा ओखलढुंगाबाट १–१ जना पक्राउ परेका हुन् । बुधबार पक्राउ परेकाबाट ५ वर्ष ३ महिना ११ दिन कैद तथा ३ लाख ३४ हजार ५ सय रुपैयाँ जरिबाना असुल भएको प्रहरीले जनाएको छ ।
इटहरी। कोशी प्रदेश सरकारले ‘जेनजी आन्दोलन’का क्रममा गत वर्ष कोशी प्रदेशसभा सचिवालयअन्तर्गत क्षति तथा नष्ट भएका सम्पत्ति मिनाहा गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को बैठकले मोरङका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा उक्त सम्पत्ति मिनाहा गर्ने निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले आन्दोलनका क्रममा नष्ट भएका सम्पत्ति मिनाहासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्णय गरिएको जानकारी दिनुभयो।मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर
इटहरी। मासु बजारको उचित व्यवस्थापन नहुँदा उदयपुरका ग्रामीण क्षेत्रका किसानले परम्परागत रूपमा पाल्दै आएका खसी हचुवाको भरमा बेच्न बाध्य छन् । गाउँघरका किसानले पालेका खसीबोकाको तौल गरेर बिक्रीवितरण गर्ने माध्यम नहुँदा घाटा भए पनि बर्सेनि मोलमोलाइमा बिक्री गर्ने गरेको किसान बताउँछन् ।उदयपुरका पहाडी क्षेत्रमा पराम्परागत रूपमा खसी पाल्ने किसान सबैको पीडा यस्तै छ । अहिले उदयपुरको ग्रामीण क्षेत्रमा खसीको मासुको मूल्य प्रतिकिलो नौ सय रुपियाँ छ । जुन मूल्य गाईघाट, कटारी, बेल्टारलगायतका बजारक्षेत्रमा काटेर मासु बिक्री गर्दा दुई सयभन्दा बढी पाइन्छ । ‘पहाडी क्षेत्रका गाउँमा पनि विभिन्न समूह तथा कृषक सहकारी
इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ Bajaj मोटरसाइकल खरिद गर्न सकिने विशेष ‘दशैं धमाका’ योजना सञ्चालन हुने भएको छ।असोज २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले पुरानो बाइकको Highest Valuation, नयाँ बाइक खरिदमा Lowest EMI, On-the-Spot Finance तथा निःशुल्क हेल्मेट प्राप्त गर्न सक्नेछन्।‘दशैं धमाका–Game of Power’ अभियानअन्तर्गत पुरानो बाइकको मूल्यांकन गरी नयाँ Bajaj मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था गरिएको हो। कार्यक्रम इटहरी–६ स्थित पुरानो यातायात जाँच विकास क्षेत्र, पूर्व लाइनमा सञ्चालन हुनेछ।सञ्चालक जयन्त सन्थलियाले दशैंको अवसरमा ग्राहकलाई
इटहरी । मोरङको बेलबारी नगरपालिका–४ स्थित प्रगति तीन – पैने टोलमा गणेश मन्दिर निर्माण गरिएको छ । स्थानीयस्तरमा धार्मिक तथा सामाजिक गतिविधिका लागि उपयुक्त सार्वजनिक स्थलको अभाव रहेकाले मन्दिर निर्माण गर्ने अवधारणा अघि बढाइएको हो । मन्दिर निर्माण समितिका अध्यक्ष पुष्पनारायण अधिकारीका अनुसार वडा कार्यालयको केही सहयोग तथा विभिन्न दाताहरूबाट प्राप्त सहयोग रकमबाट मन्दिर निर्माण गरिएको हो। करिब ७ लाख ५० हजार रुपैयाँको लागतमा मन्दिरको मुख्य संरचना निर्माण सम्पन्न गरिएको उहाँले बताउनुभयो । स्थानीयको सहयोग र सहभागितामा मन्दिर निर्माणको काम अघि बढाइएको भए पनि अझै केही निर्माण तथा व्यवस्थापनका काम बाँकी रह
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ नम्बर वडा कार्यालयले ‘वडाध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत २८ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । वडा कार्यालयले आज एक कार्यक्रम आयोजना गरी विपन्न तथा आवश्यकतामा रहेका २८ घरपरिवारलाई तीन महिनाका लागि पुग्ने गरी खाद्यान्न सामग्री वितरण गरेको हो। प्रत्येक परिवारलाई ४५ किलो चामल, ३ किलो दाल र नुन वितरण गरिएको वडा अध्यक्ष भीमकुमार राईले बताउनुभयो । वडा अध्यक्ष राईले वडाभित्र आर्थिक तथा सामाजिक रूपमा कमजोर परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले ‘वडाध्यक्ष मेरो साथी’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रम मार्फत स्थानीयस्तरमै नागरिकका
इटहरी । बराहक्षेत्र नगरपालिकाले आउँदो चाडबाडलाई लक्षित गर्दै नगर क्षेत्रमा बजार अनुगमनलाई तीव्रता दिएको छ । उपभोक्ता अधिकारको सुनिश्चितता, गुणस्तरीय वस्तुको उपलब्धता र मूल्यमा एकरूपता कायम गर्ने उद्देश्यले नगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी बनाएको हो। यसै क्रममा बुधबार बराहक्षेत्र वडा नं. ६ स्थित चक्रघट्टी बजार क्षेत्रमा रहेका किराना, फेन्सी, हार्डवेयर पसल तथा होटलहरूमा विशेष अनुगमन गरिएको छ । अनुगमनका क्रममा उपभोग्य मिति सकिएका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ भने नियम विपरीत म्याद नाघेका सामग्री बिक्री गर्ने पसलहरूलाई जरिवाना र सचेत गराइएको छ । अनुगमन टोलीले पसल दर्ता, कानुनी प्रम
इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ स्थित वसन्तपुर बजार क्षेत्रमा सामूहिक सरसफाइ अभियान सम्पन्न भएको छ । वडा नम्बर २ को कार्यालयको आह्वानमा सञ्चालन गरिएको अभियानमा प्रत्येक घरधुरीबाट एक जना प्रतिनिधि सरसफाइ सामग्री सहित सहभागी भएका थिए । वसन्तपुर बसपार्कस्थित गुराँस स्तम्भ देखि बजार क्षेत्र सम्म गरिएको सरसफाइका क्रममा सडक तथा नालीमा राखिएका व्यापारिक सामान, निर्माण सामग्री, काठ, दाउरा लगायतका अव्यवस्थित सामग्री हटाइएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । सरसफाइ कार्यक्रममा वडा अध्यक्ष तथा जनप्रतिनिधि, इलाका प्
इटहरी। झापाको बिर्तामोड नगरपालिका–४ अन्नपूर्ण चोकमा बुधबार बिहान भएको आगलागीबाट दुईवटा फर्निचर उद्योग तथा सोरुम पूर्णरूपमा जलेर क्षतिग्रस्त भएका छन्।प्रहरीका अनुसार आगलागी १३ः०४ बजे पूर्णरूपमा नियन्त्रणमा आएको छ। आगलागीबाट घरधनी देवी लिम्बुका छोरा हर्कजङ्ग सुब्बाले सञ्चालन गरेको देवी उडन फर्निचर फ्याक्ट्री एन्ड सोरुम पूर्णरूपमा जलेर क्षति भएको छ। त्यस्तै, सोही घरसँग जोडिएको कृष्णकुमारी राईको घर भाडामा लिएर दिव्याश्री अग्रवालले सञ्चालन गरेको जय ट्रेड फर्निचर फ्याक्ट्री एन्ड सोरुमसमेत पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।आगलागीका कारण पछाडि रहेका अन्य दुईवटा घरमा समेत आगोको रापले सामान्
इटहरी। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको साझेदारीमा मानवअधिकार, सामाजिक सचेतना तथा विकास केन्द्र ९हुसाडेक० नेपाल, धनकुटाले सञ्चालन गरेको ‘रिभाइभिङ स्प्रिङ्स एन्ड स्ट्रेन्थेनिङ लाइभलिहुड्स अफ आठपहरिया राई कम्युनिटी थ्रु इको–टेक्नोलोजिज एन्ड ट्रेडिसनल नलेज’ परियोजना सम्पन्न भएको छ ।धनकुटा नगरपालिका–८ मा सन् २०२५ नोभेम्बर २४ देखि सञ्चालन गरिएको परियोजनाको प्रगति समीक्षा तथा समापन कार्यक्रम बुधबार धनकुटामा सम्पन्न भएको हो । परियोजनामार्फत आठपहरिया राई समुदायको जीविकोपार्जन सुदृढीकरणसँगै प्राकृतिक पानीका मुहानको संरक्षण तथा पुनर्जीवन, स्थानीय परम्परागत ज्ञान र सीपको संरक्षण तथा वातावरणम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.