All Posts By कोशी प्रेस

    Showing १,०११-१,०२० of १३,४९२ items.
  • फिदिमका अधिकांश मासु पसल मापदण्डविपरीत

    इटहरी। पाँचथरको सदरमुकाम फिदिममा सञ्चालित अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत रहेको पाइएको छ। नियामक निकायले शुक्रबार फिदिममा गरेको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रहरी कार्यालय तथा पाँचथर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले फिदिमका आठ वटा मासु पसलको अनुगमन गरेका थिए। अनुगमनका क्रममा अधिकांश पसलमा मासु सुरक्षित राख्ने व्यवस्था, सरसफाइ, मूल्यसूची तथा उपकरणको स्वच्छतामा कमजोरी देखिएको अनुगमन टोलीले

    • प्रकाशित मितिः साउन ३०, २०८३
    • ७७ पटक पढिएको
  • इटहरीमा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

    इटहरी । लायन्स क्लब अफ इटहरी पाथीभरा र लियो क्लब अफ इटहरी पाथीभराको संयुक्त आयोजनामा ‘लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न भएको छ । इटहरी–२ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई लागुऔषधका प्रकार, प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असर, कानुनी व्यवस्था तथा दुव्र्यसनबाट बच्ने उपायबारे सचेतना मूलक प्रशिक्षण दिइएको थियो। लियो क्लब अफ इटहरी पाथीभराका अध्यक्ष आयुश ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट जीएसटी को–अर्डिनेटर लायन भोजराज दाहाल रहनुभएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दुर्गा पौड

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १६४ पटक पढिएको
  • कोशी प्रदेशका ५२ भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुख सहभागी समीक्षा गोष्ठी सम्पन्न

    इटहरी । कोशी प्रदेशअन्तर्गत रहेका भूमि प्रशासन तथा नापी कार्यालयहरूको काम, सेवा प्रवाह तथा समसामयिक विषयमा समीक्षा गर्न आयोजना गरिएको समीक्षा गोष्ठी सम्पन्न भएको छ। कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका ५२ वटा भूमि प्रशासन कार्यालय तथा नापी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको गोष्ठीमा भूमि प्रशासन तथा नापी क्षेत्रका समस्या, सेवा प्रवाहमा देखिएका चुनौती तथा समाधानका उपायबारे छलफल गरिएको थियो। गोष्ठीको अध्यक्षता कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव कृष्णप्रसाद सापकोटाले गर्नुभएको थियो भने आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथिका रूपमा सहभा

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १७० पटक पढिएको
  • इटहरीमा क्याफे व्यवसाय विस्तारसँगै ‘सोरा’ले विद्यार्थीलाई लक्षित गर्दै सेवा सुरु

    इटहरी । पछिल्लो समय इटहरीमा कफी संस्कृतिसँगै क्याफे व्यवसाय तीव्र रूपमा विस्तार भइरहेको छ । विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गर्दै नयाँ–नयाँ क्याफे सञ्चालनमा आउने क्रम बढिरहेको छ ।युवापुस्ता तथा विद्यार्थीलाई लक्षित गर्दै विभिन्न क्याफे सञ्चालनमा आउने क्रम बढिरहेका बेला इटहरी–९ अस्पताल लाइनमा ‘सोरा’ क्याफेले आजदेखि आफ्नो सेवा सुरु गरेको हो । करिब ५० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको सोरा क्याफेमा हाल १२ जना कर्मचारी कार्यरत छन् । क्याफेका सञ्चालक मिलन चौधरी र आशिष् बल्मपाकी हुनुहुन्छ । ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राख्दै क्याफेलाई व्यवस्थित रूपमा अगाडि बढाउने लक्ष्य राखिएको छ । व

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २४९ पटक पढिएको
  • इट्टा उत्पादनमा रोक निर्णयविरुद्ध मन्त्रालयमा निवेदनस् निर्णय फिर्ता लिन उद्योगीको माग

    इटहरी । सरकारले माघ १ गतेभन्दा अगाडि इट्टा उत्पादन नगर्न दिएको निर्देशनप्रति कडा आपत्ति जनाउँदै एबि ब्रिक एण्ड टाइल इन्डस्ट्रिज प्रा। लि।, दुहबी(१० सुनसरीका प्रबन्ध निर्देशक भीम घिमिरेले सो निर्णय तत्काल पुनरावलोकन गरी खारेज गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसमक्ष निवेदन पेश गर्नुभएको छ। मन्त्रालय, उद्योग विभाग र कोशी प्रदेश सरकारका निकायहरूबाट जारी निर्देशनले उद्योग सञ्चालन, लगानी, श्रमिकको रोजगारी, बैंकिङ कर्जा तथा निर्माण क्षेत्रमा गम्भीर असर पर्ने उहाँको भनाइ छ।  मौसम, तापक्रम र माटोको अवस्थामा निर्भर रहने मौसमी प्रकृतिको उद्योगमा प्रशासनिक आदेशद्वारा कृत्रिम उत्पादन अव

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १६७ पटक पढिएको
  • खोलेमा डुबेर बालकको मृत्यु

    इटहरी। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका पशुचौपायाका लागि पकाएको खोले (कुँडो) मा परेर एक बालकको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका तिलकसिंह लेछर्बो लिम्बूका चार वर्षीय छोरा सेसेहाङको मृत्यु भएको हो ।फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार बिहीबार साँझ पकाइरहेको खोलेको भाँडोमा बालक अचानक डुबेका थिए । खोलेमा परेर गम्भीर घाइते भएका बालकको जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचारपछि थप उपचार गर्न सुविधा सम्पन्न अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।उहाँका अनुसार उपचारका लागि झापातर्फ लैजाने क्रममा पाँचथरको गोपेटार पु¥याउँदा बालकको मृत्यु भ

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १७२ पटक पढिएको
  • शान्ति सुरक्षामा नयाँ अनुभूति दिलाउने प्रतिवद्धता

    ताप्लेजुङ। ताप्लेजुङको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाइँले शान्ति सुरक्षामा नयाँ अनुभूति दिलाउने बताउनुभएको छ । जिल्लाको प्रहरी नेतृत्वको जिम्मेवारीमा आउनुभएका प्रनाउ बजगाइँले शान्ति सुरक्षा व्यवस्थापनमा अनुभूति हुनेगरी काम गर्ने बताउनुभएको हो । शुक्रबार बिहान स्थानीय पत्रकार तथा सञ्चारकर्मीसँग परिचयात्मक भेटघाट गर्दै प्रनाउ बजगाइँले शान्ति सुरक्षालाई बजबुत बनाउन आफूले प्रयास गर्ने बताउनुभयो ।  सरोकारवाला सबै पक्षको समन्वय र सहकार्यमा सुरक्षा निकायप्रतिको जिम्मेवारी र कर्तव्य बहन गर्नमा कमी हुन नदिने उहाँले बताउनुभयो । जिल्लामा शान्ति सुरक्षालाई असर गर्नेगरी लागुऔषध, मादक

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ९६ पटक पढिएको
  • बाँदर धपाउन पालिएका कुकुरमै रेबिजको जोखिम

    इटहरी। पाँचथरका गाउँघरमा बाँदरले बाली नष्ट गर्न थालेपछि खेतबारी जोगाउन कुकुर पाल्ने चलन बढेको छ । बाली र घरको सुरक्षाका लागि पालिएका कुकुर रेबिज संक्रमणको जोखिममा पर्न थालेपछि गाउँघरमा नयाँ चुनौती थपिएको छ ।बाँदर धपाउन तथा बाली जोगाउन विशेषगरी वनजङ्गल छेउका गाउँमा कुकुर पाल्ने चलन बढेको हो । कतिपयले सौखले नभई बाध्यताले दुई–तीनवटासम्म कुकुर पाल्ने गरेका छन् । बाली जोगाउने क्रममा कुकुरलाई छाडा छाड्नुपर्ने अवस्था हुने भएकाले अन्य कुकुर तथा रेबिज संक्रमित जङ्गली जनावरको सम्पर्कमा पुग्ने जोखिमसमेत बढेको छ । रेबिजको प्रकोप बढेपछि फिदिम नगरपालिकाले भने कुकुरलाई धमाधम भ्याक्सिन दिने अभियान सञ्चालन गरि

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ११७ पटक पढिएको
  • ताप्लेजुङमा सहुलियत दरमा चामल बिक्री सुरु

    इटहरी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ । बिहीबारदेखि नै खाद्य व्यवस्थाले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको हो ।कम्पनीको सातौँ वार्षिक उत्सवको अवसरमा प्रतिबोरा (२५ किलोग्रामकोलाई) एक सय २५ रुपियाँ छुटमा चामल बिक्रीको कार्य सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङका कार्यालय प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि दुई हजार तीन सय रुपियाँमा बिक्री भइरहेको २५ किलोग्रामको स्टिम जिरा मसिनो चामल छुट सहित हाल उपभोक्ताले दुई हजार एक सय पचहत्तर रुपियाँमा पाउने भएका छन् । यस्तै यसअघि एक हज

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ६९ पटक पढिएको
  • झापामा किसानलाई मलको अभाव नहुने

    इटहरी।  कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको छ । हालसम्म जिल्लामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डिएपी किसानलाई वितरण गरिएको छ ।त्यस्तै, पोटास ३७.०५० मेट्रिक टन (७४१ बोरा) वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयका प्रमुख दीपककुमार राजवंशीले बताउनुभयो । धान रोपाइँको मुख्य चरण लगभग सकिएकाले अब किसानले आवश्यकताअनुसार मल प्रयोग गर्ने समय सुरु भएको छ । उहाँका अनुसार मल मौज्दात रहेकाले किसानले चिन्ता गर्नुपर्ने अवस्था छैन । कार्यालयमा हाल युरिया १३० मेट्रिक टन र डिएपी ५४ मेट्रिक टन मौज्दात रहेको छ । धान रोपाइँपछि धानको वृद्धि र उत्पाद

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]