इटहरी। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका पशुचौपायाका लागि पकाएको खोले (कुँडो) मा परेर एक बालकको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका तिलकसिंह लेछर्बो लिम्बूका चार वर्षीय छोरा सेसेहाङको मृत्यु भएको हो ।
फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार बिहीबार साँझ पकाइरहेको खोलेको भाँडोमा बालक अचानक डुबेका थिए । खोलेमा परेर गम्भीर घाइते भएका बालकको जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचारपछि थप उपचार गर्न सुविधा सम्पन्न अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपचारका लागि झापातर्फ लैजाने क्रममा पाँचथरको गोपेटार पु¥याउँदा बालकको मृत्यु भएको थियो । बिच बाटोमै बालकको मृत्यु भएपछि शव फिर्ता ल्याई प्रहरीको उपस्थितिमा कानुनी प्रक्रिया र घटनाको मुचुल्का उठाई शव पोष्टमार्टम (परीक्षण) गर्न जिल्ला अस्पताल पठाइएको पनि वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

