इटहरी । पछिल्लो समय इटहरीमा कफी संस्कृतिसँगै क्याफे व्यवसाय तीव्र रूपमा विस्तार भइरहेको छ । विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गर्दै नयाँ–नयाँ क्याफे सञ्चालनमा आउने क्रम बढिरहेको छ ।
युवापुस्ता तथा विद्यार्थीलाई लक्षित गर्दै विभिन्न क्याफे सञ्चालनमा आउने क्रम बढिरहेका बेला इटहरी–९ अस्पताल लाइनमा ‘सोरा’ क्याफेले आजदेखि आफ्नो सेवा सुरु गरेको हो । करिब ५० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको सोरा क्याफेमा हाल १२ जना कर्मचारी कार्यरत छन् । क्याफेका सञ्चालक मिलन चौधरी र आशिष् बल्मपाकी हुनुहुन्छ । ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राख्दै क्याफेलाई व्यवस्थित रूपमा अगाडि बढाउने लक्ष्य राखिएको छ । विशेषगरी विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गरि सोरा क्याफे सञ्चालनमा आएको हो ।
अस्पताल लाइन र शैक्षिक क्षेत्रभएकाले अन्य क्याफेको तुलनामा मूल्यलाई समेत केही सुलभ बनाउने प्रयास गरिएको छ । क्याफेमा कफीसँगै विभिन्न बेकरीका परिकारलाई समेत विशेष प्राथमिकता दिइएको छ । कफी खान मात्र नभई बेकरीका परिकारको स्वाद लिन, साथीभाइसँग भेटघाट गर्न तथा अध्ययनका लागि समेत सहज हुने गरी सोरा क्याफेले आफ्नो सेवा सुरु गरेको सञ्चालक आशिष् बल्मपाकीले बताउनुभयो ।
सोरा क्याफेको अर्को विशेषता भनेको बिहानैदेखि सेवा उपलब्ध हुनु हो । इटहरी–९ अस्पताल लाइनमा रहेको सोरा क्याफेले बिहान ५ बजेदेखि नै सेवा प्रदान गर्नेछ । बिहानै कफी तथा बेकरीका परिकार लिन चाहने विद्यार्थी, कर्मचारी तथा अन्य ग्राहकलाई समेत यसले सहज हुने अपेक्षा गरिएको छ ।

