All Posts By कोशी प्रेस

    Showing १,००१-१,०१० of १३,५२५ items.
  • गार्मा माविमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम सुरु

    इटहरी। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयमा पहिलो पटक ‘सिक्दै कमाउँदै’ कार्यक्रम सुरु गरिएको छ । कोशी प्रदेश सरकारबाट विनियोजित बजेटमार्फत कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सहयोग र समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न जातका मौसमी तरकारी खेती गरिएको छ ।विद्यालयका प्रधानाध्यापक विनोदसिंह तामाङका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत प्राविधिक धार (कृषि) का विद्यार्थी यस कार्यक्रममा सहभागी भएका छन् । यस कार्यक्रमबाट विद्यार्थीको व्यावहारिक सीप अभिवृद्धि हुनुका साथै आर्थिक रूपमा समेत लाभान्वित हुने उहाँले बताउनुभयो । २०७० सालदेखि कृषि धारको पठनपाठन हुँदै आएको विद्

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ५८ पटक पढिएको
  • कुहिरोबाट पानी सङ्कलन गरी खानेपानी वितरण

    इटहरी। ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट पानी सङ्कलन गरी खानेपानी वितरण गर्न थालिएको छ । खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई वैकल्पिक प्रविधिमार्फत पानी उपलब्ध गराउने उद्देश्यले ‘फग हार्भेस्टिङ’ प्रविधि जडान गरी पानी सङ्कलन सुरु गरिएको हो ।खिजीदेम्बा गाउँपालिकाको समन्वयमा जर्मन संस्था डीआईजेड र आईकेआई ग्रान्टको आर्थिक सहयोग तथा स्मार्ट अर्थ नेपालको प्राविधिक सहयोगमा एक करोड रुपियाँभन्दा बढी लागतमा योजना सम्पन्न भएको हो । समुद्री सतहदेखि करिब दुई हजार ३३० मिटर उचाइमा रहेको मेले गुम्बा टोलमा कुहिरोबाट पानी सङ्कलन गर्ने १० वटा फग हार्भेस्टिङ युनिट जडान गरि

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ५५ पटक पढिएको
  • स्रोत नहुँदा भ्यु टावर अलपत्र

    इटहरी। स्रोत सुनिश्चित नभईकन ठुलो योजना सुरु गर्दा मोरङको बेलबारी–२, रमितेडाँडामा निर्माणाधीन भ्यु टावर चार वर्षदेखि अलपत्र भएको छ । तीन आर्थिक वर्षमा सङ्घीय र कोशी प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ६० लाख रुपियाँ खर्च भइसके पनि भ्यु टावरले पूर्णता पाएको छैन । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ मा ‘रमिते पर्यटन क्षेत्र’ विकास गर्ने गुरुयोजना निर्माण गरी आव २०७४/७५ मा ६० लाख रुपियाँ विनियोजन गर्नुभएको थियो । सोही बजेटबाट भ्यु टावरको जग निर्माण गरिएको रमिते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खगेन्द्रप्रसाद ओझाले बताउनुभयो ।

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ६१ पटक पढिएको
  • ओखलढुङ्गामा ३९५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल अन्तिम चरणमा

    इटहरी। ओखलढुङ्गा सदरमुकाममा ३९५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुलको मुख्य संरचनासहित अधिकांश काम सम्पन्न भएपछि बाँकी कामलाई तीव्रता दिइएको छ । निर्माणाधीन पुलमा घुमफिर तथा तस्बिर खिच्न स्थानीयको चहलपहलसमेत बढ्न थालेको छ ।सदरमुकामलाई आसपासका क्षेत्रसँग जोड्नुका साथै पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले पुल निर्माण गरिएको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, पुल्चोक, ललितपुरबाट पाँच करोड २९ लाख रुपियाँको लागतमा ठेक्कामार्फत पुल निर्माण भइरहेको छ । पुल निर्माणका लागि आगामी पुस ९ गतेसम्मको समयसीमा तोकिएको भए पनि निर्माण कम्पनीले पाँच महिनाअघि नै क

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ९८ पटक पढिएको
  • कोशी ब्यारेजबाट युवक बेपत्ता, खोजी तीव्र

    इटहरी। सुनसरी र सप्तरी जिल्लालाई जोड्ने सप्तकोशी नदीस्थित कोशी ब्यारेजको पुलबाट एक भारतीय युवक बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा भारतको अररिया, बिहारका २५ वर्षीय सञ्जीवकुमार शर्मा रहेको इलाका प्रहरी कार्यालय भण्टाबारीले जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार शर्मा कोशी ब्यारेजको पुलबाट नदीतर्फ बेपत्ता हुनुभएको हो । घटनालगत्तै सुनसरी र सप्तरीतर्फका सुरक्षाकर्मीले खोजी तीव्र बनाएका छन् । खोजीका लागि विपद् व्यवस्थापन सुरक्षा बेस भारदहबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर बिष्टको नेतृत्वमा टोली परिचालन गरिएको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय भण्टाबारीबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ७२ पटक पढिएको
  • ग्यासले गाउँका भान्साबाट हराउँदै दाउरा

    इटहरी।  ग्रामीण क्षेत्रमा दाउराबाट खाना पकाउने चलन हराउँदै गएको छ । दैनिक जीवनमा खाना पकाउनदेखि भोजभतेर पकाउन प्रयोग हुँदै आएको दाउरा पछिल्लो समय ग्रामीण भान्साबाट हराउँदै गएको हो । एलपी ग्यासको पहुँच बढेसँगै गाउँघरका चुलोबाट दाउरा विस्थापित हुँदै गएको हो । चतराका स्थानीय युवराज भट्टराई भन्नुहुन्छ,दाउराको तुलनामा सजिलो, छिटो र धुवाँरहित हुने भएकाले गाउँघरमा दाउराको विकल्पमा एलपी ग्यासको प्रयोग बढ्दै गएको छ । घरमा खाना पकाउने कामदेखि विवाह, काजकिरिया, भोजभतेर तथा अन्य सामाजिक र सांस्कृतिक कार्यव्रmममा समेत ग्यासबाट चल्ने चुलो प्रयोग हुन थालेको उहाँ बताउनुहुन्छ । प्रकाशपुरका ग्यास डिलर

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १०१ पटक पढिएको
  • पथरी शनिश्चरेमा प्याब्सन स्पेलिङ कन्टेस्ट: सुपर्व प्रथम, किराँत दोस्रो

    इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित सिन भिलेज पार्टी प्यालेसमा आइतबार पालिका स्तरीय ’प्याब्सन स्पेलिङ कन्टेस्ट’ सम्पन्न भएको छ । नगरका १९ विद्यालय सहभागी प्रतियोगितामा सुपर्व मोडेल स्कुल प्रथम, किराँत एकेडेमी दोस्रो र एभरेस्ट बोर्डिङ स्कुल तेस्रो भए । बाल्मिकी मेमोरियल र भूपू सैनिक बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका छन् । बराबर अंक भएपछि टाइब्रेकर मार्फत प्रथम र दोस्रो स्थान छनोट गरिएको प्रतियोगिता जनरल, जम्बल र मिस स्पेलिङ करेक्सन गरी तीन चरणमा सञ्चालन भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले विद्यार्थीको अंग्रेजी भाषाका चारै कौशल (सुनाइ, बोलाइ

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १६८ पटक पढिएको
  • कोशीमा पहिलोपटक हुने ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ समापन

    इटहरी । सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको हिकभिजनले कोशी प्रदेशमा पहिलोपटक आयोजना गरेको ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ समापन भएको छ ।एक्स्पो विराटचोकस्थित नेपालिरिका होटलमा २ दिन सम्म आयोजना गरिएको थियो । कोशी प्रदेशमा पहिलोपटक आयोजना भएको एक्स्पोको व्यवस्थापन एल्प नाइन टेक्नोलोजीज विराटनगर, प्यारागन आईटी सोलुसन इटहरी, आरएस कम्प्युटर दमक र तेजस्वी कम्प्युटर सपोर्ट बिर्तामोडले गरेको थियो । हिकभिजन र म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिको संयुक्त आयोजनामा भएको एक्स्पोमा आर्टिफिसियल इन्टेलिजेन्स एआई सहित सुरक्षा प्रणालीका क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधि तथा हिकभिजनका नवीनतम उत

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १२४ पटक पढिएको
  • रविन्द्र बरालको नेतृत्वमा नेल्टा कोशी प्रदेशको २१ सदस्यीय नयाँ कार्यसमिति चयन

    इटहरी । नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन नेल्टा कोशी प्रदेशको अध्यक्षमा रविन्द्र बराल सर्वसम्मत निर्वाचित हुनुभएको छ । मोरङको सुन्दरहरैँचा स्थित गोदावरी रिसोर्टमा आयोजित पाँचौँ नेल्टा कोशी प्रोभिन्स लिडरसिप सिम्पोजियम (नेतृत्व सम्मेलन) का क्रममा बरालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । बराल यसअघि  नेल्टा कोशी प्रदेशको महासचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश सिंह, उपाध्यक्षमा राजेन्द्र बराल, महासचिवमा केशव उप्रेती, सचिवमा नारायण सुवेदी, सदस्य सचिवमा रुद्रबहादुर थापा र कोषाध्यक्षमा कमलराज दाहाल चयन हुनुभएको

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १७२ पटक पढिएको
  • सोलुखुम्बुको पिके पिकमा ‘रेड पाण्डा म्याराथन’

    इटहरी। ‘रेड पाण्डा म्याराथन २०२६’ को तेस्रो संस्करण सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने भएको छ । दुर्लभ वन्यजन्तु रेड पाण्डाको दीर्घकालीन संरक्षण र बासस्थान पुनर्गठनका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी भदौ २० गते म्याराथन आयोजना गर्न लागिएको हो ।स्थानीय साझेदार संस्था हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाका अनुसार रेड पाण्डा नेटवर्कको आयोजना र ‘प्ले फर नेचर’को मुख्य आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । यसले पर्यटकीय जिल्ला सोलुखुम्बुको तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुर्‍याउने ल

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १९६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]