इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित सिन भिलेज पार्टी प्यालेसमा आइतबार पालिका स्तरीय ’प्याब्सन स्पेलिङ कन्टेस्ट’ सम्पन्न भएको छ ।
नगरका १९ विद्यालय सहभागी प्रतियोगितामा सुपर्व मोडेल स्कुल प्रथम, किराँत एकेडेमी दोस्रो र एभरेस्ट बोर्डिङ स्कुल तेस्रो भए । बाल्मिकी मेमोरियल र भूपू सैनिक बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका छन् । बराबर अंक भएपछि टाइब्रेकर मार्फत प्रथम र दोस्रो स्थान छनोट गरिएको प्रतियोगिता जनरल, जम्बल र मिस स्पेलिङ करेक्सन गरी तीन चरणमा सञ्चालन भएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले विद्यार्थीको अंग्रेजी भाषाका चारै कौशल (सुनाइ, बोलाइ, पढाइ, लेखाइ) मा शुद्धता र आत्मविश्वास बढाउन यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो।
नगर प्याब्सन अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन जिल्ला सल्लाहकार टीका प्रसाद दङ्गाल, नगर वरिष्ठ सल्लाहकार उपेन्द्र कँडेल, बाल्मीकि मेमोरियलका प्रिन्सिपल चन्द्र दुलाल र एभरेष्टका निर्देशक रविन कन्दङवा तथा अतिथिहरूको रहेको उपस्थिति थियो। कार्यक्रम सञ्चालन नगर सचिव सुजन बास्तोलाले गर्नुभएको थियो। विजयीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र द्वारा सम्मानित गरिएको छ ।


