इटहरी। झापामा लागूऔषध कारोबार तथा ओसारपसारविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको छ। पछिल्ला तीन दिनमा जिल्लाका विभिन्न स्थानबाट ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन्।अर्जुनधारा, झापा गाउँपालिका र मेचीनगरका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा प्रहरीले लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। अर्जुनधारा नगरपालिका–७ स्थित वडा कार्यालय छेउबाट प्रहरीले लागूऔषध बिक्री गरिरहेको अवस्थामा अटो चालकलाई पक्राउ गरेको छ। शनिबार दिउँसो १२ः३० बजे मे १ ह २४४३ नम्बरको पहेँलो अटोमा लागूऔषध बिक्री गरिरहेको अवस्थामा अर्जुनधारा–७ का ३३ वर्षीय सागर दर्जी पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारम
इटहरी स् पूर्वी पहाडी जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि भएको छ । आइतबार राति ८स्१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पानीको बहाव बढेपछि कोशी ब्यारेजको मूल ५२ वटा र ४ वटा नहरको गरेर ५६ वटा ढोका मध्यै २७ वटा ढोका खुल्ला गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको र रातो झन्डा फहराइएको छ ।सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि कोशी नदी आसपासका बासि
इटहरी स् नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत ‘रमेश’ निर्वाचित भएका छन्। महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक बस्नेतले ४८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्।अध्यक्ष पदमा बस्नेतका प्रतिस्पर्धी एवाई कन्स्ट्रक्सनका सञ्चालक यज्ञबहादुर राईले ३३ मत प्राप्त गरे। संघको प्रथम उपाध्यक्षमा ४९ मतसहित दिलकुमार राई निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी मनोजकुमार राईले ३३ मत पाए। द्वितीय उपाध्यक्षमा शरण तामाङ निर्वाचित भएका छन्। महासचिवमा बलबहादुर राई निर्विरोध निर्वाचित हुँदा सचिवमा चन्द्रसिंह लिम्बु र कोषाध्यक्षमा सुवास राई चयन भएका छन्। सह–कोषाध्यक्षमा दिनेश राई निर्व
इटहरी स् ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन्।आठराई त्रिवेणी गाउँपालिका–हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको हो। दुर्घटनापछि ट्याक्टरमा सवार मेरिङदेन–६ नाल्बोका १४ वर्षीय समीर नाल्बो इलाका प्रहरी कार्यालय दोभान पुगेपछि घटनाबारे जानकारी दिएका थिए। प्रहरीका अनुसार ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा भेटिएको छ। तर चालक समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्र
इटहरी स् दशैँ आउन अब धेरै समय बाँकी थिएन। घरमा चाडपर्वको तयारी सुरु हुँदै थियो। परिवारका सदस्यहरूबीच भेटघाट र कुराकानीका योजना बन्दै थिए।सुनसरीको बराहक्षेत्र नगरपालिका–३ की २२ वर्षीया रुबिना धामी पनि यसपालि दशैँमा घर आउने तयारीमा थिइन्। रसुवाको होटेलमा काम गर्दै आएकी रुबिनाले परिवारलाई काम सकेर दशैँमा घर आउने र त्यसपछि विदेश जाने तयारी गर्ने बताएकी थिइन्। तर अहिले दशैँ आउनुअघि नै उनको घरमा सन्नाटा छाएको छ। रसुवामा आएको विनाशकारी बाढीपछि रुबिनासहित बराहक्षेत्रका पाँच जना स्थानीय १२ दिनदेखि परिवारको सम्पर्कमा छैनन्। बाढी आउनुभन्दा एक दिनअघि मात्र रुबिनाले आमाबुवासँग फोनमा कुराकानी गरेकी थिइन्। त
इटहरी । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका छ अक्सिजन उद्योग बन्द भएका छन् । ती उद्योग बन्द हुँदा स्वास्थ्य संस्था र अन्य औद्योगिक उपभोक्ता प्रभावित भएका छन् ।कोरोना सङ्क्रमणले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेका बेला सुनसरी–मोरङ औद्योगिक कोरिडोरका छ वटा अक्सिजन उद्योग पूर्ण क्षमतामा सञ्चालन भएका थिए । देशभरमा अक्सिजनको माग बढ्दा उत्पादन क्षमता वृद्धि गरेर आपूर्ति प्रणाली सहज बनाइएको थियो । तर कोरिडोरमा सबैभन्दा ठुलो क्षमताको विनायक अक्सिजन उद्योग सञ्चालन गर्दै आएका पवन शारडाका अनुसार अभावको व्यवस्थापन गर्न सक्ने क्षमता भएका कोरिडोरका उद्योग अहिले नराम्रोसँग असजिलोमा परिरहेका छन् । जसका कारण
इटहरी । मोरङको सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड–२०२६’बाट सम्मानित हुनुभएको छ । स्थानीय परिवेशबाट सुरु भएको विद्यालयलाई गुणस्तरीय, संस्कारयुक्त र विद्यार्थीकेन्द्रित शिक्षाका माध्यमबाट अघि बढाउँदै अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल उहाँलाई ‘बेस्ट कन्ट्रीब्युसन इन एजुकेसन फिल्ड’ विधामा सम्मान गरिएको हो। काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ नेपाल एन्ड इन्टरनेशनल समिट’ समारोहमा पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले खनाललाई सम्मानपत्र प्र
इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेश कार्यसमितिको आयोजनामा इनरुवा–३ स्थित ॐसाई पार्टी प्यालेसमा हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रदेशका ३० विद्यालयका १५० विद्यार्थी सहभागी प्रतियोगिताका विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगिता अन्तर्गत माध्यमिक तह अंग्रेजी हस्तलेखनतर्फ अभा इंगलिस स्कुल प्रथम, ग्रीन पीस एकेडेमी द्वितीय र हिमालय इंगलिस स्कुल तृतीय भए । प्राथमिकतर्फ रेस्नल एकेडेमी प्रथम, हरित तारा स्कुल द्वितीय र अभा इंगलिस तृतीय बने। यस्तै, नेपाली हस्तलेखन माध्यमिकतर्फ अरिहन्त इंगलिस बोर्डिङ स्कु
इटहरी । थारू समुदायको कला, संस्कृति, पहिचान र प्रतिभाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिस थारू हेरिटेज २६४९ को फाइनल कार्यक्रम सम्पन्न भएको छ । दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारको प्रमुख आतिथ्यता तथा ंसदस्य सचिव एवम् प्रमुख कार्यकारी अधिकृत गीतनारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। प्रतियोगिताको निर्णायक मण्डलमा मिस नेपाल इन्टरनेसनल २०१८ की मुख्य निर्णायक रोनाली अमात्य, मिस्टर थारू नेपाल २०१८ का विजेता रविन चौधरी तथा म्यान अफ द वल्र्ड २०२५ प्रकाश चौहान रहनुभएको थियो । महिला विधातर्फ शृष्टि चौधरी विजेता बन्न सफल भएकी छन् भने न
इटहरी । कृष्ण जन्माष्टमीको अवसरमा इटहरीमा निकालिएको राधाकृष्ण रथयात्रामा सहभागी भक्तजनलाई १८ डी पाथिभरा इन्टरटेनमेन्ट इटहरीले निःशुल्क पानी वितरण गरेको छ । इटहरीको सेन्टर प्लाजाको पहिलो तलामा सञ्चालनमा आएको ‘१८ डी पाथिभरा इन्टरटेनमेन्ट’ले धार्मिक तथा सामाजिक उत्तरदायित्वअन्तर्गत रथयात्रामा सहभागी हजारौँ भक्तजनलाई पानी वितरण गरेको छ। लायन्स तथा लियो क्लब इटहरी एक्टिभको आयोजना र १८ डी पाथिभराको सहयोगमा उक्त पानी वितरण कार्यक्रम सम्पन्न भएको हो। उक्त मनोरञ्जन केन्द्रमा मोसन सिट, ३ डी भिजुअल, हावा, कम्पन र पानीको छिटा जस्ता आधुनिक प्रविधि मार्फत डाइनोसर वल्र्ड, हरर एक्सपेरियन्स र रोलर कोस्टर सहित
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.