समाज

    Showing ४७१-४८० of ११,००२ items.
  • शहरका भान्सामा पुग्दै भोजपुरको ‘अकबरे खुर्सानी’

    इटहरी स् भोजपुरमा उत्पादित अकबरे ९डल्ले० खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख सहरमा राम्रो बजार पाउन थालेको छ ।गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका बाह्य जिल्ला तथा सहरमा निर्यात हुन थालेको हो । अकबरे खुर्सानीको व्यावसायिक खेती यहाँका अधिकांश किसानका लागि मुख्य आम्दानीको भरपर्दो स्रोत बनेको छ । परम्परागत खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने गरेपछि धेरै स्थानीय किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । हाल किसानले स्थानीयस्तरमै प्रतिकेजी १५० देखि २०० रुपैयाँसम्ममा खुर

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ४१ पटक पढिएको
  • महिलाको आर्थिक पहुँच बढाउने एजेन्डासहित सहाराको सञ्चालकमा राधिका

    इटहरी स्  महिलालाई वित्तीय पहुँचमा जोड्दै उद्यमशीलता र स्वरोजगारका अवसर विस्तार गर्ने योजनासहित राधिका चुडाल हुमागाईं सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको महिला सदस्य पदमा उम्मेदवार बनेकी छन्।नेपालकै उत्कृष्ट सहकारीमध्ये एकका रूपमा रहेको सहारा नेपालको आगामी असोज १० गते हुने निर्वाचनमा उम्मेदवारी दिएकी चुडालले सहकारीको साख जोगाउन सक्रिय, जुझारु र उद्यमशील नेतृत्व आवश्यक रहेको बताएकी छन्। महिला सशक्तीकरण, वित्तीय सेवामा महिलाको सहज पहुँच, महिला उद्यमशीलता, सहकारीमार्फत रोजगारी तथा स्वरोजगार सिर्जना र सदस्यको बचत तथा कर्जाका रूपमा परिचालित पुँजीको सुरक्षालाई उनले आफ्नो प्रा

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ६७ पटक पढिएको
  • कुशे औँसीमा बुवाको मुख हेर्न माइती हिँडेकी आमा–छोरीको दुर्घटनामा मृत्यु

    इटहरी स् कुशे औँसीका दिन बुवाको मुख हेर्न माइती हिँडेकी इलामकी कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठको अटो दुर्घटनामा मृत्यु भएको छ।इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी–कमेरे भित्री कच्ची सडकखण्डमा बिहीबार साँझ अटो दुर्घटनापछि आगलागी हुँदा गम्भीर घाइते भएका आमा–छोरीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम उदासका अनुसार इलाम नगरपालिका–७ तिल्केनी घर भएकी तथा फाकफोकथुम–६ हाङ्मासुली माइती भएकी २७ वर्षीया कविता श्रेष्ठको शुक्रबार बिहान ६ बजे बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो। उनकी ८ वर्षीया छोरी

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ९४ पटक पढिएको
  • विराटनगरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, चालकको ज्यान गयो

    इटहरी स्  विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ स्थित पोखरीया स्कुलनजिकै शनिबार बिहान करिब १ः५५ बजेतिर को ५ प २१७० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।प्रहरीका अनुसार कञ्चनबारीबाट भट्टा चोकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–९ बसपार्कका ४५ वर्षीय रविकुमार कामत गम्भीर घाइते भएका थिए ।घाइते कामतलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा बिहान करिब २ः३० बजे उनको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए । दुर

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • १७८ पटक पढिएको
  • परिवार बस्ने भनिएको कोठामा तस्करीको गोदाम, विराटनगरमा ६ लाखभन्दा बढीका कपडा बरामद

    इटहरी। विराटनगरमा परिवार बस्ने भन्दै घरको कोठा भाडामा लिएर तस्करी गरी ल्याइएका कपडा भण्डारण गर्ने गोदाम बनाएको पाइएको छ ।विराटनगर महानगरपालिका–८ मधुमारास्थित एक घरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भण्डारण गरिएको रेडिमेड कपडा बरामद गरेपछि यस्तो तथ्य खुलेको हो । सशस्त्र प्रहरीका अनुसार घरको कोठाबाट ११ बोरा कपडा बरामद भएको छ । बरामद कपडामा कुर्ता, टप्सलगायतका रेडिमेड कपडा छन् । बरामद भएको कपडाको मूल्य ५ देखि ६ लाख रुपैयाँभन्दा बढी हुन सक्ने प्रारम्भिक अनुमान सशस्त्र प्रहरीले गरेको छ । कपडासँगै एउटा इन्भर्टरसमेत बरामद गरिएको छ । प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अन

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ८८ पटक पढिएको
  • भदौमा मात्रै सर्पदंशबाट ४ जनाको मृत्यु, सुनसरीमा अस्पताल खोज्दाखोज्दै गइरहेको छ ज्यान

    इटहरी : आठ वर्षीया आस्वानालाई गोमन सर्पले डस्यो । परिवारले समय खेर नफाली उनलाई उपचारका लागि दौडायो ।इटहरी–५ का आश्विन चौहानकी छोरी आस्वानालाई बुधबार साँझ करिब ५ः३० बजे सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएको करिब १५ मिनेटमै परिवारले उनलाई सेनाको सर्पदंश उपचार केन्द्र इटहरी पु¥यायो । तर, त्यहाँ १२ वर्षमुनिका बालबालिकाको उपचार नहुने जानकारी पाएपछि परिवारले उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥यायो । धरान पुगेपछि पनि उपचारका लागि आवश्यक पीआईसीयू खाली नभएको भन्दै उनलाई अन्यत्र लैजान भनियो । त्यसपछि परिवारले आस्वानालाई विराटनगरतर्फ दौडायो ।इटहरीबाट धरान र धरानबाट विराटनग

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • १५८ पटक पढिएको
  • सिदिङवाको पर्यटन दूतमा अमिर

    इटहरी। ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी अमिर राईलाई पर्यटन दूत घोषणा गरेको छ ।सिदिङवा गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गाउँपालिकाले राईलाई नगद ५५ हजार ५५५ रुपियाँसहित सम्मान गर्दै पर्यटन दूत घोषणा गरेको हो । तिम्बुङ पोखरी क्षेत्रमा आयोजित तिम्बुङ अन्तराष्ट्रिय ट्रेल रनका अवसरमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर राई र प्रमुख प्रशासकीय अधिकृत प्रमेश शिवासहितले संयुक्त रूपमा राईलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।सिदिङवा गाउँपालिकाका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र राष्ट्र

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ७३ पटक पढिएको
  • उदयपुरको बेलकामा पहिरो, तीन घर बगे

    इटहरी। उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङ डाँडानजिक जमिन धसिएर शुक्रबार राति गएको पहिरोले स्थानीयका तीनवटा घर बगाएको छ ।बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीका अनुसार गाउँको माथिबाट जमिन नै धसिएर आएको पहिरोले मेहेरमान राई, वीरसिंह राई र बमप्रसाद राईका घर बगाएको हो । पीडितमध्येका मेहेरमान राईलाई राति नै पहिरोले घरसँगै करिब चार सय मिटर तल बगाएर लगे पनि उहाँ शनिबार बिहान सकुशल सम्पर्कमा आउनुभएको नगरप्रमुख कार्कीले बताउनुभयो ।पहिरोमा तीनवटा घर बग्नुका साथै अन्य सातवटा घरसमेत जोखिममा रहेकाले ती घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको नगरप्रमुख कार्कीले बताउनुभयो ।

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ५३ पटक पढिएको
  • भोटेकोशी बाढीमा बेपत्ता घिमिरेको कुशको शव बनाएर दाहसंस्कार

    इटहरी। भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता हुनुभएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहा लाइनटोलका ४२ वर्षीय देवेन्द्र घिमिरेको कुशको शव बनाएर हिन्दू धर्म परम्पराअनुसार स्थानीय त्रियुगा नदी किनारको घाटमा दाहसंस्कार गरिएको छ ।बाढीमा बेपत्ता भएको १८ दिन बितिसक्दा पनि छोरा सम्पर्कमा नआएको र खोजतलास गर्दा पनि कतै फेला नपरेपछि सनातन धर्म परम्पराअनुसार कुशको शव बनाएर त्रियुगा नदीको घाटमा अन्तिम संस्कार गरिएको घिमिरेका बुवा उद्धव घिमिरेले बताउनुभयो । उहाँका अनुसार शनिबारदेखि १३ दिने काजक्रिया सुरु गरिएको छ । कुशबाट बनाइएको स्वर्गीय घिमिरेको पार्थिव शरीरमा उहाँका छोरा उज्ज्वल घिमिरेले दागबत्ती द

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ७० पटक पढिएको
  • रेडस्टार विद्यालयमा बाल दिवस तथा बुबाको मुख हेर्ने दिन विशेष कार्यक्रम

    इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालयले बाल दिवस तथा बुबाको मुख हेर्ने दिनको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना बुवालाई ढाका टोपी लगाइदिँदै सम्मान गर्नुका साथै बुबाको मुख हेर्ने संस्कारलाई संरक्षण र प्रवद्र्धन गरेका हुन्। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत तथा नाटक प्रस्तुत गर्दै आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिले कार्यक्रमको वातावरण थप उल्लासमय बनेको थियो। विद्यालयका क्याप्टेन नवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि  पथरी शन

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • १६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]