इटहरी। विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान दिने उद्देश्यले सुनसरीको वराहक्षेत्र १० मा रहेको श्री प्रकाश माध्यमिक विद्यालयले विद्यार्थीलाई कम्प्युटर सिकाउन सुरु गरेको छ । विद्यार्थीलाई कम्प्युटर सीपसँग जोड्ने छुट्टाछुट्टै समूह बनाएर शनिवबार र आइतबार कम्प्युटर सिकाउन थालिएको विद्यालयले जनाएको छ । विद्यालयमा उपलब्ध १७ वटा कम्प्युटर मर्मतसम्भार गरी विद्यार्थीलाई प्रयोगात्मक रूपमा कम्प्युटर शिक्षा दिन थालिएको प्रकाश माविले जनाएको छ । विद्यालयका अनुसार कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीलाई समूह विभाजन गरी कम्प्युटर कक्षा सञ्चालनमा ल्याइएको हो । नियमित पठनपाठन प्रभावित नहोस
इटहरी। विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुने भएको छ ।कोशी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते सम्मेलन तय भएको हो ।सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुनेछन् । कोशी प्रदेश सरकारले सम्मेलनको आवश्यक तयारी सुरु गरेको जानकारी दिएको छ। प्रदेशमा देखिएका समस्या र संघीयतालाई बलियो बनाउने एजेण्डा तय गरिएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघियतामा देखिएका चुनौती र असल अभ्यासहरूका बारेमा छलफल हुने बताए । प्रदेशहरुको आर्थिक समृद्धि र सुशासनको बाटो अवलम्बन गर्नका लागि मुख्यमन्त्री सम्मेलन आयोजना गरिन लागिएको उनले जानकारी दिए ।सरकारले कोशी प्रदेश योजना आयोगलाई मुख्यमन्
इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनसरी क्षेत्र नं. २ बाट पेशागत कोटातर्फ महाधिवेशन प्रतिनिधिका लागि पवन अधिकारीले दाबी प्रस्तुत गरेका छन् ।दुई दशक लामो पत्रकारिता अनुभव, पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका र सार्वजनिक संस्थामा काम गरेको अनुभवलाई आधार बनाउँदै अधिकारीले महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी अघि सारेका हुन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै उनले पेशागत क्षेत्रबाट प्रतिनिधित्वको आकांक्षा व्यक्त गरेका हुन् । १४ औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका अधिकारी यसपटक पनि उम्मेदवारको दाबी गर्दै अघि बढेका छन् । अधिकारी १४ औँ महाधिवेशनमा झिनो म
इटहरी। झापाको मेचीनगर–१० धुलावारी माइती भएकी हेमा मण्डलको हत्या गरेको आरोपमा उनका श्रीमान् विप्लव कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।भारतको नक्सलवारीमा श्रीमान्सँगै भाडाको कोठामा बस्दै आएकी हेमाको शव केही दिनअघि कुहिएको अवस्थामा कोठाभित्र फेला परेको थियो । हेमाको मृत्यु स्वाभाविक नभई हत्या भएको भन्दै माइती पक्षले भारतीय प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले हेमाका पति विप्लव कुमारलाई पक्राउ गरेको हो । पक्राउ परेका विप्लवलाई भारतीय प्रहरीले शनिबार सिलिगुडी अदालतमा पेश गरेको छ ।माइती पक्षका अनुसार करिब दुई वर्षअघि विप्लव कुमार कामका
इटहरी। धरानका तत्कालीन मेयर तथा हालका प्रतिनिधि सभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट निकाला गरेको दाबी गर्दै दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ ।फैसलामा वादी–प्रतिवादीबीच यसअघि कानूनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै पाँच अंशियार कायम गरी सम्पत्तिमा अंश छुट्याउनुपर्ने ठहर गरिएको छ । उपलब्ध अदालतको कागजातमा प्रतिवादीको नाम हर्कराज राई उल्लेख छ । दिलमायाले २०७३ असोज ६ गते दायर गरेको फिरादपत्रमा हर्कराजसँग २०५४ पुस ८ गते प्रेम विवाह भएको र उनीहरूबाट १७ वर्षकी छोरी एलिसा राई रहेको उल्लेख गरेकी छन् । आफूहरूबीच कानूनबमोजिम अंशबण
इटहरी। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाअन्तर्गत खोक्लिङ–लिवाङ–साँवा–पापुङ सडक स्तरोन्नतिका लागि स्थानीय युवाले पहल थालेका छन् ।लामो समयदेखि ठुला तथा मालवाहक सवारीसाधन सहज रूपमा सञ्चालन हुन नसकेको सडकलाई तत्काल सञ्चालनयोग्य बनाउने उद्देश्यले युवाले सरोकारवाला निकायबिच समन्वय र सहजीकरणका लागि समिति गठन गरेका हुन् ।किरण लिवाङको अध्यक्षतामा १५ सदस्यीय सडक सरोकार समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा नुपु शेर्पा, सचिवमा मिथुन साँवा तथा सदस्यमा राजन कार्की, दोर्ची शेर्पा, रनध्वोज थलङ, अजय थलङ, नरेश साँवा, सूर्य लिम्बू, रिमोश लिम्बू, सिंहमान साँवा, प्रणय थलङ, मोतिहाङ थलङ, दावा छेतेन शेर्पा र सुरे
इटहरी। इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको शतिसाले फुटबल क्लबले जितेको छ । इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा शतिसालेले उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो शतिसालेका लागि विनोद राईले पहिलो हाफको ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा विकास परियारले ३१औँ र साजन बर्देवाले ३७औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गर्नुभएको हो । उपाधिसँगै शतिसालेले ट्रफीसहित नगद एक लाख ११ हजार १११ रुपियाँ प्राप्त गरेको छ भने उपविजेता फ्युजन फुटबल क्लबले ट्रफीसहित नगद ५५ हजार ५५५ रुपिय
इटहरी। मोरङ प्रहरीले विराटनगरबाट ३९८ किलो लागुऔषध गाँजासहित एक स्कार्पियो नियन्त्रणमा लिएको छ ।विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा शनिबार राति प्रहरीले आकस्मिक चेकजाँच गर्ने क्रममा गाँजासहितको स्कार्पियो नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कार्पियोले प्रहरीको चेकिङ टोली देखेपछि युटर्न गरी भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो ।दुर्घटनापछि प्रहरीले स्कार्पियो जाँच गर्दा गाडीभित्र लुकाइछिपाइ रा
इटहरी। तेह्रथुमको लालीगुराँस नगरपालिका–७ की पुष्पाञ्जली केप्छाकी मगर बिहानको घरायसी काम सकेर तानमा बस्नुहुन्छ । केही समयअघिसम्म घरायसी काममै बित्ने गरेको उहाँको दैनिकी अहिले तानसँगै फेरिएको छ । ढाका बुन्ने सिप सिकेपछि उहाँले घरमै बसेर आम्दानीसमेत गर्न थाल्नुभएको हो । आफ्नो आम्दानीको मात्रा बचतसमेत गर्न थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, “बेरोजगार बसेर अरूको भर पर्नुभन्दा आफ्नै सिपले केही कमाउन पाउँदा आत्मविश्वास बढेको छ । अहिले परिवारको खर्चमा पनि सहयोग गर्न सिकेकी छु । घरमै बसेर व्यवसाय गर्न पाइने भएकाले यो काम महिलाका लागि निकै उपयुक्त छ । मगर जस्तै लालीगुराँस नगरपालिकाका धेरै महिला
इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१ देउराली स्थित सिंहदेवी घुमाउने पोखरी प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल हो । शान्त वातावरण, हरियाली र पोखरीको मनमोहक दृश्यले यहाँ पुग्ने जो–कोहीलाई केहीबेर रोकिएर प्रकृतिसँग रमाउन आकर्षित गर्छ । पोखरी निर्माण तथा संरक्षणका लागि भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ भने महालक्ष्मी नगरपालिका–१ को वडा कार्यालयको समन्वयमा काम अघि बढाइएको छ । यसको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी भू–संरक्षण तथा हरियाली उपभोक्ता समूहले लिएको छ । तर, पोखरीको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.