समाज

    Showing १,६८१-१,६९० of ११,०९७ items.
  • जोखिमपूर्ण 'महभीर' छिचोलिएसँगै खोटाङबासीको वर्षौँदेखिको सपना पुरा, दिक्तेल–तराई जोड्ने छोटो सडक सञ्चालनमा

    इटहरी  । महभीर फोडिएसँगै खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीको सडक सञ्चालनमा आएको छ। महभीर नजिक दुवैतर्फ सडक ट्रयाक जोडिए पनि भीरका कारण सडक सञ्चालनमा आउन सकेको थिएन। करिब पाँच महिनाको निरन्तर प्रयासपछि महभीर फोडिएसँगै पहिलो पटक छोटो दूरीको सडक जोडिएको हो। दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईका जिल्लासम्म पुग्ने सबैभन्दा छोटो मार्ग मानिन्छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको महभीरसम्म र सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट महभीरसम्म ट्रयाक केही वर्षअघि नै खोलिएको

    • प्रकाशित मितिः असार १४, २०८३
    • २७३ पटक पढिएको
  • इटहरीमा ७५औँ मदन भण्डारी जयन्ती विविध कार्यक्रमसहित मनाइयो

    इटहरी, असार १४ — ७५औँ मदन भण्डारी जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इटहरीको आयोजनामा नेकपा एमाले इटहरी उपमहानगर कमिटीको कार्यालयमा विविध सांस्कृतिक कार्यक्रम तथा दही–चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ।मदन भण्डारी फाउन्डेसन इटहरीका अध्यक्ष उमेश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य मिना श्रेष्ठ, मदन भण्डारी फाउन्डेसन सुनसरीका अध्यक्ष प्रहलाद पहरेदार, फाउन्डेसनका पदाधिकारी तथा सदस्यहरू, नेकपा एमालेका प्रदेश, जिल्ला र नगर कमिटीका नेता–कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उ

    • प्रकाशित मितिः असार १४, २०८३
    • ११६ पटक पढिएको
  • धरानमा अत्याधुनिक ‘स्मार्ट बसपार्क’ सञ्चालनमा

    इटहरी । धरान उपमहानगरपालिका–८, तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र निर्माण गरिएको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ। शनिबार आयोजित एक विशेष समारोहबिच धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले बसपार्कको औपचारिक उद्घाटन गर्नुभएको हो। करिब २७ कट्ठा जग्गामा फैलिएको यस बसपार्कमा भूमिगत पार्किङको सुविधसहित तीनतले टर्मिनल भवन निर्माण गरिएको छ। सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण दक्षिण–पश्चिमतर्फको केही भाग भने निर्माण हुन बाँकी रहेको धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिनुभयो।बसपार्कको बेसमेन्टमा करिब एक हजार ८४० वर्गमिटर क्

    • प्रकाशित मितिः असार १३, २०८३
    • २५७ पटक पढिएको
  • डिजिटल मार्केटिङ, एआई तथा सामाजिक सञ्जाल व्यवस्थापन तालिम सम्पन्न

    इटहरी । पर्यटन तथा होटल व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्दै प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले इटहरी–५ स्थित सत्सङ्ग प्यालेसमा सञ्चालन गरिएको तीनदिने निःशुल्क डिजिटल मार्केटिङ, एआई तथा सामाजिक सञ्जाल व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको सहयोग तथा नेपाल पर्यटन बोर्डको आयोजनामा असार ११ देखि १३ गतेसम्म सञ्चालन भएको तालिममा सुनसरी सहित कोशी प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष केशव गिरीले जानकारी दिनुभयो । संघका अध्यक्ष तेजबहादुर पुरीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्

    • प्रकाशित मितिः असार १३, २०८३
    • २४६ पटक पढिएको
  • भोक्राहा नरसिंहमा विद्यार्थीहरूको व्यक्तित्व विकाससम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

    सुनसरी। भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना तथा शिक्षा शाखाको समन्वयमा “विद्यार्थीहरूको व्यक्तित्व विकास सम्बन्धी एकदिने क्षमता अभिवृद्धि तालिम” सम्पन्न भएको छ। गाउँपालिकाभित्रका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा आयोजना गरिएको तालिमले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, प्रभावकारी सञ्चार सीप तथा सकारात्मक सोचको विकास गर्ने लक्ष्य राखेको थियो।तालिममा गाउँपालिकाको शिक्षा शाखाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले

    • प्रकाशित मितिः असार १३, २०८३
    • ३०० पटक पढिएको
  • भोजपुरमा डेङ्गी सङ्क्रमण फैलिन नदिन स्वास्थ्य कार्यालय र प्रहरीको संयुक्त पहल, प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान चलाइने

    इटहरी । पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।अभियानअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनमा आज भोजपुरमा पनि र्‍यालीसहितको सचेतना कार्यक्रम गरिएको हो ।स्थानीयस्तरका नागरिकलाई रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ डेङ्गी रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सृजना बनमालीले बताइन् । अभियानअन्तर्गत अब जिल्ला तहमा डेङ्गी नियन्त्रणका लागि प्रत्येक शुक्रबार आआफ्नो तहबाट ‘खोज र नष्ट गर’ अभियान हुनेछ ।डेङ्गीको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन भइरहेको उक्त अभियानलाई प्रभावका

    • प्रकाशित मितिः असार १३, २०८३
    • १४६ पटक पढिएको
  • भारतबाट नेपाल आउँदै गरेका इटहरीका २५ वर्षीय निशान कार्की १ दशमलव २९ ग्राम ब्राउनसुगरसहित भोक्राहा नरसिंहबाट पक्राउ

    इटहरी । सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा गरिएको चेकजाँचका क्रममा इटहरी उपमहानगरपालिका–१७ निवासी २५ वर्षीय निशान कार्की पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका कार्कीको शरीर तथा साथमा रहेको सामान जाँच गर्दा १ दशमलव २९ ग्राम ब्राउनसुगर लागूऔषध फेला पारेको जनाएको छ।बरामद गरिएको लागूऔषधसहित कार्कीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।

    • प्रकाशित मितिः असार १३, २०८३
    • ३५० पटक पढिएको
  • लागूऔषध दुरुपयोगविरुद्ध जनचेतना, सर्वसाधारणलाई पानी वितरण

    इटहरी । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सरल उपचार तथा पुनःस्थापना केन्द्रले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । “लागूऔषध होइन, स्वस्थ जीवन रोजौँ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा दुव्र्यसनलाई अपराध नभई उपचारयोग्य रोगका रूपमा हेर्नुपर्ने सन्देश दिइएको थियो। केन्द्रका प्रतिनिधि रोहित गुरुङले दुव्र्यसनबाट प्रभावित व्यक्तिलाई अवसर, माया र उचित उपचार उपलब्ध गराएमा उनीहरूमा सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो । कार्यक्रमका क्रममा अत्यधिक गर्मीलाई मध्यनजर गर्दै बाटोमा हिँड्ने सर्वसाधारणलाई निःशुल्क खानेपानी वितरण गर्नुका साथै लागूऔषध दुरुपयोग विरुद

    • प्रकाशित मितिः असार १३, २०८३
    • १४१ पटक पढिएको
  • मोरङमा चैते धानको उत्पादन बढ्यो, उचित मूल्य नपाउँदा किसान मार्कामा

    इटहरी । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ ।  गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढे पनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् ।जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिए । गत वर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ८५७ हेक्टर पुगेको उनले बताए । गत वर्ष ५ दशमलव ७१ उत्पादकत्व भएकोमा यस वर्ष वृद्धिभई ५ द

    • प्रकाशित मितिः असार १३, २०८३
    • १६४ पटक पढिएको
  • विराटनगरका कांग्रेस नेता अभिषेक गिरी कारागारको रकम असुली आरोपमा पक्राउ

    इटहरी ।  मोरङ प्रहरीले विराटनगरका विवादास्पद व्यक्ति अभिषेक गिरीलाई पक्राउ गरेको छ।जिल्ला कारागार मोरङका कैदीबन्दीलाई उपलब्ध गराइने रकम अनियमित रूपमा असुलेको आरोपमा शनिबार बिहान उनलाई विराटनगर महानगरपालिका–४ स्थित घरबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले गिरीलाई कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको पुष्टि गरे।कारागारका कैदीबन्दीलाई प्राप्त हुने रकम उनले लिएको आरोप छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कटवालले बताए। प्रहरीका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा शनिबार बिहानै विश

    • प्रकाशित मितिः असार १३, २०८३
    • १५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]