समाज

    Showing १,६७१-१,६८० of ११,०९७ items.
  • पूर्वीहटलाइन दैनिकको आयोजनामा इटहरीमा नेपाली हिज्जे प्रतियोगिता, विश्वआदर्श मावि प्रथम

    इटहरी । पूर्वीहटलाइन दैनिकको आयोजनामा असार १३ गते शनिबार इटहरी–९ स्थित जनता माविको सभाहलमा सम्पन्न नेपाली हिज्जे प्रतियोगितामा इटहरी–४ मा अवस्थित विश्वआदर्श मावि पहिलो भएको छ । प्रतियोगितामा इटहरी–६ मा अवस्थित मोर्डन प्रिपेरोटरी मावि दोश्रो भएको छ भने इटहरी–१६ मा अवस्थित सरस्वति जब्दी मा.वि. तृतिय भएको छ । मकालु पुस्तक पसल  इटहरीका प्रोप्राइटर तीर्थराज भण्डारीको प्रमुख आतिथ्यता तथा पूर्वीहटलाईन दैनिकका प्रधान सम्पादक शालिग्राम पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संयोजक भाषासेवी तथा पुर्वीहटलाईन दैनिकका स्तम्भकार दिनेश पौडेल रहनुभएको थियो । सो नेपाली हिज्जे कार्यक्रममा पूर्व श

    • प्रकाशित मितिः असार १४, २०८३
    • १०० पटक पढिएको
  • समयसँगै परिवर्तित शिक्षामा जोड दिँदै लाइट गार्डेन एकेडेमीको दीक्षान्त समारोह सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैँचा–९, बुधबारेस्थित लाइट गार्डेन एकेडेमीले “समयसँगै परिवर्तित शिक्षा आजको आवश्यकता“ भन्ने मूल नाराका साथ आफ्नो १० औँ दीक्षान्त समारोह तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष एवं प्रिन्सिपल ऋषिराम पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा सुन्दरहरैँचा–९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि श्रेष्ठले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक, नैतिक र प्रविधिमैत्री शिक्षा दिन आवश्यक रहेकोमा जोड दिनुभयो। यस्तै, प्रिन्सिपल पाठकले विद्यालयले विगत एक दशकदेखि आधुनिक शिक्ष

    • प्रकाशित मितिः असार १४, २०८३
    • ४७२ पटक पढिएको
  • पर्यटनको सम्भावना उजागर गर्दै ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

    इटहरी । कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र पर्यटन सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य अनुभव र सम्भावना)’ पुस्तकमाथि शनिबार इटहरीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा सम्पन्न उक्त विशेष कार्यक्रममा सहभागी वक्ताहरूले कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना रहे तापनि त्यसको प्रभावकारी प्रचार–प्रसार, अध्ययन तथा प्रवद्र्धनका क्षेत्रमा अझै पर्याप्त काम हुन नसकेको धारणा राखेका छन्। कार्यक्रममा उपप्राध्यापक तथा अनुसन्धानकर्मी अर्जुन उप्रेती र पत्रकार विराट अनुपमले पुस्तकमाथि समीक्षात्मक प

    • प्रकाशित मितिः असार १४, २०८३
    • १८४ पटक पढिएको
  • पहिलो पाइला नेपाल प्रस्तावित इटहरी शाखा गठन, २३ सदस्यीय समिति चयन

    इटहरी । सामाजिक रूपान्तरण र युवाको सक्रिय सहभागिता मार्फत सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ पहिलो पाइला नेपालको प्रस्तावित इटहरी शाखा गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमबाट सुदीप खतिवडाको संयोजकत्वमा २३ सदस्यीय प्रस्तावित इटहरी शाखा समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा सुसान्त भट्टराई चयन हुनुभएको छ भने अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा समाज रूपान्तरणमा युवाको भूमिकाबारे अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले युवाको एकता, सहकार्य र सक्रियता मार्फत समाजमा सकारात्मक परिव

    • प्रकाशित मितिः असार १४, २०८३
    • १३० पटक पढिएको
  • पथरी शनिश्चरेमा कक्षा १२ अध्ययनरत् विद्यार्थीलाई बारिस्टा तालिम

    इटहरी । मोरङको पथरी शनिश्चरे –२ को वडा कार्यालयले कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बारिस्टा  तालिम दिएको छ । वडा अध्यक्ष नैना राईका अनुसार अनिवार्य सीप विकास कार्यक्रम अन्तर्गत वडा क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका ३६ जना विद्यार्थीले  तालिम लिएका हुन्। वडा कार्यालयको २ लाख २० हजार रुपैयाँ बजेटमा सञ्चालन गरिएको तालिमको उद्देश्य विद्यार्थीलाई अध्ययनसँगै रोजगारी र स्वरोजगारका लागि आवश्यक व्यावसायिक सीप प्रदान गर्नु रहेको  छ । तालिमका क्रममा सहभागीले कफी बनाउने कला, कफी मेसिन सञ्चालन, ग्राहक सेवा, सरसफाइ तथा क्याफे व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञान र व्यवहारि

    • प्रकाशित मितिः असार १४, २०८३
    • १५८ पटक पढिएको
  • इटहरी उद्योग वाणिज्य संघ निर्वाचन,कागजात नमिलेपछि चार सदस्य उम्मेदवारको उम्मेदवारी खारेज

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन अन्तर्गत चार जनामाथि दाबी विरोध परेको छ।उम्मेदवारीविरुद्ध परेको दाबी–विरोधमाथिको छानबिन गरी निर्वाचन समितिले दोस्रो नामावली प्रकाशन गरेको जनाएको छ। मनोनयन दर्ताका क्रममा पेश गरिएका फारम तथा आवश्यक कागजात नमिलेको भन्दै दाबी विरोध परेको हो। महेन्द्र रेग्मी, विष्णु डाँगी, सुरेश कार्की र मुक्ति दाहालको उम्मेदवारीविरुद्ध दाबी विरोध परेको हो। उनीहरूले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए।निर्वाचन समितिका अनुसार मनोनयन दर्ता गराउँदा पेश गरिएका फारम तथा आवश्यक कागजातमा त्रुटि र असंगति देखिएपछि चारै जनाको उम्मेदवारी खारेज भएको हो । समितिले दाबी विरोधमाथिको का

    • प्रकाशित मितिः असार १४, २०८३
    • १२८ पटक पढिएको
  • इलामको रोङमा चट्याङ लागेर एक वृद्धको मृत्यु

    इटहरी । शनिबार राति परेको चट्याङ लागेर इलामको रोङ गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार रोङ गाउँपालिका–६ का ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भएको हो।टिनको छानो र टाटीको भित्तो भएको दुईतले घरको बरन्डामा चट्याङ पर्दा मोक्तानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङका कारण घरमा रहेको विद्युत् मिटर बक्ससमेत जलेको छ।जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी मौसम उदासका अनुसार घटनास्थल सुरक्षित रहेको छ भने घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ।

    • प्रकाशित मितिः असार १४, २०८३
    • १९५ पटक पढिएको
  • पाँचथरको हिलिहाङ गाउँपालिकामा विपद् व्यवस्थापनमा खटिएका वडा सदस्यमाथि कुटपिट, वडाध्यक्षद्वारा घटनाको भर्त्सना

    इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिका–५ मा विपद् व्यवस्थापन तथा सरसफाइ अभियानमा खटिएका एक वडा सदस्यमाथि कार्यस्थलमै कुटपिट भएको छ। अविरल वर्षापछि प्रभावित क्षेत्रको पहिरो व्यवस्थापन तथा सरसफाइको काममा संलग्न रहनुभएका वडा सदस्य छबिन्द्र योङहाङमाथि वीरेन्द्र भनिने स्थानीय मनराज सुहाङले कुटपिट गरेका हुन्। गत असार ४ र ५ गतेको वर्षापछि वडा क्षेत्रमा उत्पन्न विपद्को व्यवस्थापनका लागि खटिरहेका बखत वडा सदस्य योङहाङमाथि असार १२ गते बिहान आकस्मिक आक्रमण भएको हो।आक्रमणकारी सुहाङले योङहाङलाई हेल्मेटले टाउको र छातीमा प्रहार गरेको बताइएको छ। आक्रमणबाट गम्भीर घाइते हुनुभएका योङहाङको हाल झापास्थित बी एन्ड सी अस

    • प्रकाशित मितिः असार १४, २०८३
    • १३४ पटक पढिएको
  • विराटनगरमा ६ अर्ब ७६ करोडको लगानीमा पोडवे चलाउन अनुमति,रानीदेखि बसपार्कसम्मको ७ किलोमिटरमा साउनदेखि विस्तृत अध्ययन सुरु हुने

    इटहरी । विराटनगरमा पोडवे सेवा सञ्चालनका लागि परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति प्रदान गरिएको छ । कोशी प्रदेश लगानी प्राधिकरणले कोशी राजमार्ग अन्तर्गत विराटनगर रानीदेखि बसपार्कसम्म सात किलोमिटर दुरीमा पोडवे यातायात परियोजनाको सम्भाव्यता अध्ययन, निर्माण तथा सञ्चालनका लागि अनुमति दिएको हो । काठमाडौं पोडवे कम्पनी प्रालिले करिब छ अर्ब ७६ करोड रुपियाँ ९अमेरिकी डलर चार करोड ५१ लाख० अनुमानित लागतसहित प्राधिकरणमा प्रस्ताव पेस गरेको थियो । यसलाई अनुमोदन गर्दै बोर्डको ३३ औँ बैठकले डिपिआरका लागि अनुमति दिएको लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा। सरोज कोइरालाले जानकारी दिनुभयो ।&nb

    • प्रकाशित मितिः असार १४, २०८३
    • २०१ पटक पढिएको
  • वर्षासँगै आएको लेदो र पहिरोले इलामको राजदुवाली र रोङ खण्ड अवरुद्ध, मेची राजमार्ग ठप्प हुँदा चार जिल्लाका यात्रु अलपत्र

    इटहरी। वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । सधैँ जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको उहाँले बताउनुभयो ।  सडक अवरुद्ध भएपछि साना सवारीसाधनका लागि एकतर्फी रूपमा आवतजावत गर्नसक्ने गरी पहिरो पन्छाउने प्रसाय भइरहेको प्रजिअ ढकालले बताउनुभयो । लगातार लेदो सडकमा

    • प्रकाशित मितिः असार १४, २०८३
    • ११८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]