समाज

    Showing १,५३१-१,५४० of ११,०९७ items.
  • उदयपुरको त्रियुगा नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ मा कुल बजेटको ८४.७६ प्रतिशत खर्च, पुँजीगततर्फ ७९.८६ प्रतिशत प्रगति

    इटहरी । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ मा कुल विनियोजित बजेटको ८४।७६ प्रतिशत खर्च गरेको छ। आर्थिक वर्ष समाप्तिसम्मको वित्तीय विवरणअनुसार नगरपालिकाले चालु तथा पुँजीगत दुवै शीर्षकमा उल्लेखनीय खर्च गर्दै समग्र बजेट कार्यान्वयनमा सन्तोषजनक प्रगति हासिल गरेको छ। नगरपालिकाकी लेखा अधिकृत विनया बस्नेतका अनुसार चालु र पुँजीगत गरी कुल १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार ३७३ रुपैयाँ विनियोजन गरिएकोमा १ अर्ब २९ करोड ९५ लाख ८२ हजार १९१ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ८४।७६ प्रतिशत हो।चालुतर्फ १ अर्ब ७ करोड ७० लाख ५४ हजार ५४० रुपैयाँ विनियोजन गरिएकोमा ८९ करोड ८८ लाख ६२ हजार

    • प्रकाशित मितिः असार २६, २०८३
    • २२० पटक पढिएको
  • झापामा स्कुटी दुर्घटनाः एकको मृत्यु, एक गम्भीर घाइते

    इटहरी । झापाको कमल गाउँपालिकामा बिहीबार साँझ स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साँझ करिब ७ बजे कमल गाउँपालिका–२ स्थित छलफल चोकको भित्री सडकमा केर्खाबाट समयगढतर्फ जाँदै गरेको मे ११ प १६१८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा स्कुटीको पछाडि सवार धादिङको थाक्रे गाउँपालिका–११ स्थायी घर भई हाल कमल गाउँपालिका–६ बस्दै आएका ३० वर्षीय राजन तामाङको उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्‍याइएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा स्कुटी चालक इलामको माई नगरपालिका–१ स्था

    • प्रकाशित मितिः असार २६, २०८३
    • १८७ पटक पढिएको
  • पाँचथरको कुम्मायक गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२र८३ को खर्च विवरण सार्वजनिक,कुल विनियोजित बजेटको ८२।७४ प्रतिशत खर्च

    इटहरी। पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ मा विनियोजित कुल बजेटमध्ये ८२।७४ प्रतिशत खर्च भएको जनाएको छ।आर्थिक वर्षको अन्तिम दिन ९असार २५ गते बिहीबार मध्यरात० जारी गरिएको प्रेस विज्ञप्तिअनुसार चालुतर्फ ८७।०५ प्रतिशत र पुँजीगततर्फ ७२।४५ प्रतिशत बजेट खर्च भएको छ। दुवै शीर्षकको खर्च जोड्दा कुल बजेट खर्च ८२।७४ प्रतिशत पुगेको गाउँपालिकाले जनाएको हो। गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन गरिएका सबै कार्यक्रम तथा योजनाको कार्यान्वयन सम्पन्न गर्दै विनियोजित बजेट खर्च गर्न सफल भएको जनाएको छ।खर्च विवरण सार्वजनिक गर्दै गाउँपालिकाले कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने जनप्रतिनिधि, कर्म

    • प्रकाशित मितिः असार २६, २०८३
    • १६० पटक पढिएको
  • पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तीन वडामा रेबिज संक्रमण पुष्टि ,नवमीडाँडामा मरेको कुकुरको परीक्षण गर्दा भेटियो जीवाणु, स्थानीय त्रसित

    इटहरी। पाँचथरको फाल्गुनन्द गाउँपालिकामा रेबिज संक्रमण देखिएको छ। गाउँपालिका–१ नवमीडाँडामा मरेको कुकुरको प्रारम्भिक परीक्षणबाट रेबिज संक्रमण पुष्टि भएको हो।यसअघि गाउँपालिका–६ र ७ मा पनि मरेका कुकुरमा रेबिज संक्रमण पुष्टि भएको थियो। लगातार विभिन्न वडामा रेबिज देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको छ। फाल्गुनन्द गाउँपालिका–१ को साविक नवमीडाँडा–६ डिहिटार क्षेत्रमा रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएको बेवारिसे कुकुर मरेपछि स्थानीयले पशुपन्छी सेवा शाखालाई जानकारी गराएका थिए। त्यसपछि शाखाको प्राविधिक टोली घटनास्थलमा पुगेर नमुना परीक्षण गर्दा प्रारम्भिक नतिजामा रेबिज पुष्टि भएको गाउँपालिकाको पशुपन्छी से

    • प्रकाशित मितिः असार २६, २०८३
    • १९३ पटक पढिएको
  • एडिबीको लगानीमा बन्दै गरेको काँकडभिट्टा–लौकही सडक खण्ड: दमक र इटहरी आयोजना कार्यालय अन्तर्गतका पाँचै प्याकेजको काम सुस्त, थपियो मध्यपूर्व द्वन्द्वको असर

    इटहरी । विस्तार भइरहेको महेन्द्र राजमार्गको काँकडभिट्टा–लौकही सडकखण्डको ठेक्का अवधि २०८३ साल माघ १८ गते सकिँदै छ, हालसम्म भौतिक प्रगति आधाभन्दा कम छ । यो सडकको पाँच खण्डमा ठेक्का लगाइएको छ । पूर्वतर्फ काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर, पूर्वतर्फका तीन सय मिटरभन्दा लामा तीन वटा पुलको ठेक्का अलग अलग लगाइएको छ । काँकडभिट्टा–लौकही सडक आयोजना एसियन डेभलपमेन्ट बैङ्क ९एडिबी० पूर्वी कार्यालय दमकका योजना प्रमुख सुनीलबाबु पन्तका अनुसार १० अर्ब छ करोडमा युरो एसियन कन्सट्रक्सन कर्पोरेसन अजरबैजान र कालिका कन्स्ट्रक्सनले संयुक्त रूपमा काम गरिरहेका छन् । पूर्वी खण्डका तीन वटा लामा पुल कन्क

    • प्रकाशित मितिः असार २६, २०८३
    • ३३९ पटक पढिएको
  • झापाको गौरादह नगरपालिकाद्वारा विद्यालयका सवारीसाधनमा सुरक्षा मापदण्ड अनिवार्य गर्न निर्देशन, लापरबाही गर्ने विद्यालयलाई परिपत्र

    इटहरी । झापाको गौरादह नगरपालिकाले विद्यालयका सवारीसाधन सञ्चालनमा लापरबाही बढेको भन्दै त्यसलाई सुरक्षित र व्यवस्थित बनाउन विद्यालयहरूलाई निर्देशन दिएको छ।नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र जारी गर्दै विद्यालयका सवारीसाधनमा अनिवार्य रूपमा सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएको हो। जेठको दोस्रो साता सर्जक एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत बालक आरोग्य चिमरियालाई ठक्कर दिँदा मृत्यु भएको थियो। बसबाट ओर्लने क्रममा बस चलाउँदा चिमरियाको मृत्यु भएपछि यस घटनाले एक साताभन्दा बढी समय तनाव सिर्जना गरेको थियो। झापामा पछिल्लो तीन महिनाको अवधिमा आधा द

    • प्रकाशित मितिः असार २६, २०८३
    • १३५ पटक पढिएको
  • तीन वर्षमा १८ हजारबाट ४ हजारमा झर्‍यो कोशीको डेंगी संक्रमण, मोरङ, झापा र संखुवासभामा बढी प्रभाव, इलाम र सोलुखुम्बुमा न्यून, ढुक्क नहुन चिकित्सकको आग्रह

    इटहरी । कोशी प्रदेशमा पछिल्ला तीन आर्थिक वर्षयता डेंगी संक्रमण क्रमशः घट्दै गएको देखिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा डेंगी संक्रमितको संख्या अघिल्ला वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको हो।निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा कोशी प्रदेशमा चार हजार ८२३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा यो संख्या छ हजार ८६३ थियो भने आर्थिक वर्ष २०८०र८१ मा १८ हजार ६७ जनामा संक्रमण देखिएको थियो।चालु आर्थिक वर्षमा प्रदेशका तराईका तीन जिल्लामा तीन हजार ७६२ र पहाडी तथा हिमाली ११ जिल्लामा एक हजार ६१ जनामा संक्रमण पुष्टि भएक

    • प्रकाशित मितिः असार २६, २०८३
    • १६० पटक पढिएको
  • दुग्ध उत्पादन बढाउन बुढीगंगा गाउँपालिकाको विशेष अभियान, ५० प्रतिशत साझेदारीमा दूध प्रवद्र्धन कार्यक्रम सुरु

    इटहरी । मोरङको बुढीगंगा गाउँपालिकालाई दुग्ध उत्पादनको प्रमुख केन्द्र बनाउने उद्देश्यका साथ स्थानीय सरकारले कृषि र पशुपालन क्षेत्रमा लगानी बढाउन थालेको छ। गाउँपालिकाले कृषि तथा पशु सेवा शाखा मार्फत ५० प्रतिशत लागत साझेदारीमा दूध प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको हो। यसै कार्यक्रमअन्तर्गत वडा नम्बर ६ मा रहेको सुकचर कृषि फर्मलाई २० लाख रुपैयाँ लागतको परियोजनामा गाउँपालिकाले १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यो अनुदान रकमबाट फर्मले दूधलाई करिब एक सातासम्म सुरक्षित राख्न सकिने अत्याधुनिक मिल्क चिलिङ प्रणाली, दही बनाउने मेसिन, दूध उमाल्ने मेसिनका साथै दूध संकलन र ढुवानीका लागि इलेक्ट्रिक

    • प्रकाशित मितिः असार २५, २०८३
    • २५८ पटक पढिएको
  • लालीगुराँसमा :(मेडपा)को वार्षिक समीक्षा गोष्ठी सम्पन्न ः उद्यमशीलता र आर्थिक समृद्धितर्फ अर्को महत्वपूर्ण कदम

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकाको सभाहलमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत आयोजित वार्षिक समीक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ । गोष्ठीमा आर्थिक वर्षभरि सञ्चालन गरिएका उद्यम विकास, सीपमूलक तालिम, स्वरोजगार सिर्जना, उत्पादन प्रवद्र्धन तथा उद्यमी सशक्तीकरणका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । कार्यक्रमबारे जानकारी दिँदै मेडपा कार्यक्रमका संयोजक छत्रबहादुर श्रेष्ठले वार्षिक समीक्षा गोष्ठीले कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै आगामी कार्ययोजनालाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको बताउनुभयो। उहाँ

    • प्रकाशित मितिः असार २५, २०८३
    • १७४ पटक पढिएको
  • डिजिटल रूपान्तरण र संस्थागत अनुभवः इटहरीका व्यवसायीको भरोसा बन्दै काफ्ले

    इटहरी । इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचनको मिति नजिकिएसँगै ’साझा समूह’ का अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेको पक्षमा व्यावसायिक माहौल बलियो बन्दै गएको छ।  तीन दशक देखि पशुपति ग्रुपमार्फत स्थापित उद्यमी काफ्लेले संघमा लगातार तीन कार्यकाल सदस्य र भवन निर्माण समितिको कोषाध्यक्ष भई कुशल नेतृत्व सम्हालिसक्नुभएको छ । काफ्लेले यसपटक परम्परागत चुनावी शैलीभन्दा फरक, वैज्ञानिक र प्रविधिमैत्री “मुठ्ठा देखि मोबाइल“ को अवधारणा अघि सार्नुभएको छ । मोबाइल एप मार्फत सदस्यता र नवीकरण, डिजिटल भुक्तानी र एकीकृत व्यावसायिक इकोसिस्टम निर्माण गर्ने उहाँको योजनाले विशेष गरी युवा र साना व्यवसायीहरू आकर

    • प्रकाशित मितिः असार २५, २०८३
    • २७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]