इटहरी। मोरङको लेटाङ नगरपालिका–९ जाँतेबाट पथरीतर्फ जाने सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको मृत्यु भएको हो। शुक्रबार राति करिब साढे १० बजे लेटाङ–९ जाँतेको धार्मिक चोकबाट करिब एक किलोमिटर दक्षिणतर्फको जंगल क्षेत्रमा मे १ प ७४६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको घेराबारी बस्ने २७ वर्षीय कुमार नेपाली र मोरङको पथरीशनिश्चरे बस्ने २५ वर्षीय सन्देश नेपालीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङ
इटहरी। सङ्घीय सरकारका श्रम तथा रोजगारमन्त्री रामजी यादवले देशको श्रम र रोजगारसहित स्थानीय समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सुनसरीको देवानगन्ज गाउँपालिकामा आयोजित सहिदप्रति श्रद्धाञ्जली तथा स्थानीय जनप्रतिनिधिसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री यादवले साउन १० को गोलीकाण्डमा निधन भएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।मन्त्री यादवले कप्तानगन्जस्थित श्रीरामचोक तथा सहिदचोक पुगेर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले प्रतिनिधि तथा स्थानीय तहका नेतृत्वबाट उठाइएका विषयलाई सम्बोधन गर्दै आफ्नो मन्त्राल
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपको तेस्रो संस्करण आजदेखि सुरु हुने भएको छ। प्रतियोगिता असोज २४ गतेसम्म सञ्चालन हुनेछ।मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित प्रस्तावित नगर रङ्गशालामा हुने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकका अनुसार पथरीशनिश्चरे गोल्डकपको तेस्रो संस्करणमा पहिलोपटक नेपाल पुलिस क्लब सहभागी हुने भएको छ। यस्तै, गत वर्ष २०८२ को विजेता सलहेस फुटबल क्लब सिराहा, न्युरोड टिम ९एनआरटी०, युकेएफसी पश्चिम बंगाल, झापा–११, रेडहर्स इलाम, आयोजक पथरी–११ र थ्री स्टार क्लबले प्रतियोगितामा सहभागिता जनाउनेछन्।खेलमै
इटहरी स् पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ । विदेशबाट फर्किएका तथा गाउँमै रहेका युवाले कृषि तथा पशुपालनलाई व्यवसायका रूपमा अघि बढाएका छन् ।उनीहरू व्यावसायिक रूपमा अलैँची, किवी, एभोकाडो, ओखर, चिराइतो खेती तथा बाख्रापालनमा जुटेका छन् । गाउँमै मिहिनेत गरेर कृषि तथा पशुपालनबाट आम्दानी गर्न सकिने भएपछि स्थानीय युवा त्यसतर्फ आकर्षित भएका हुन् । विदेशबाट फर्किएका केही युवाले विदेशमा सिकेको सीप र अनुभवलाई प्रयोग गर्दै व्यवसाय सञ्चालन गरेका छन् । उनीहरूले कृषि तथा पशुपालनलाई आत्मनिर्भर बन्ने माध्यम बनाएका छन् ।टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका युवा प
इटहरी। बुढेसकालमा आफ्नै छोराहरूको सहारा पाउनुपर्ने उमेरमा मोरङको रंगेली नगरपालिका–९ धनजुवाका महेन्द्र ऋषिदेव पाँच नातिनातिनाको भविष्यको चिन्ता बोकेर दिन काटिरहेका छन् ।महेन्द्रका दुई छोरा १५ वर्षदेखि सम्पर्कविहीन छन् । वर्षौँदेखि बस्दै आएको घरसमेत डोजरले भत्काइएपछि अहिले उनी श्रीमती र पाँच नातिनातिनासहित सुरक्षित बास र दुई छाक खानाको खोजीमा छन् । महेन्द्रका छोराहरू केसीकुमार ऋषिदेव र दीपचन्द ऋषिदेव करिब १५ वर्षअघि रोजगारीका लागि भारत गएका थिए । भारत पुगेपछि दुवै छोरा घर फर्किएका छैनन् । लामो समयदेखि उनीहरूले फोनसमेत नगरेको महेन्द्रले बताए । ‘छोराहरू गएपछि अहिलेसम्म फर्किएका छैनन् । फोन पनि गर्
इटहरी स् अर्गानिक चिया उत्पादनमार्फत पाँचथरलाई देश–विदेशमा चिनाउँदै आएकी उद्यमी शान्ता बास्कोटा कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।कांग्रेस पाँचथरकी जिल्ला सदस्यसमेत रहेकी बास्कोटा १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनले अब पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। पूर्वगृह राज्यमन्त्री दीपक बास्कोटाको राजनीतिक पृष्ठभूमि रहेको पाँचथरमा बास्कोटाले आफ्नै राजनीतिक र सामाजिक पहिचानसहित कांग्रेसको यात्रालाई निरन्तरता दिँदै
इटहरी। पितृको उद्धार हुने धार्मिक विश्वासका कारण सुनसरीको धरान उपमहानगरपालिका २० नम्वर वडामा रहेको विष्णुपादुका मन्दिरमा पितृश्राद्ध तथा पूजाआराधनाका लागि दैनिक श्रद्धालु श्राद्ध गर्न आउने गर्नुभएको छ । नेपाल सहित भारत र भुटानबाट समेत श्रद्धालु आउने गरेको बताइएको छ । धार्मिक आस्थाका कारण प्रसिद्ध यस मन्दिर क्षेत्रमा श्रद्धा गरे पितृहरूको उद्धार हुने विश्वासका साथ पितृश्राद्ध गर्न आफन्तहरु विष्णुपादुका मन्दिर आउने गर्नुभएको हो ।विष्णुको पाउ रहेको पवित्र तीर्थस्थलका रूपमा मानिने यस क्षेत्रमा श्राद्ध गरे पितृहरूले मुक्ति पाउने धार्मिक विश्वास रही आएको छ । कोकाको जल अर्पण गर्दा पितृको उद्धार
इटहरी। सुनसरीको सीमावर्ती कोशी गाउँपालिका क्षेत्रबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहीबार साँझ कोशी गाउँपालिका–१, लौकही भन्सार गेटबाट लागुऔषधसहित दुई जना र भोक्राहा नरसिंह गाउँपालिका–६, ईस्राइल कामतस्थित चेकपोस्टबाट एक जना पक्राउ परेका हुन् ।लौकहीस्थित सशस्त्र प्रहरी बल, नेपाल ९बीओपी० लौकहीबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र।१–०२–०५३ प ४६९६ नम्बरको बजाज कम्पनीको २०० सीसीको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो । शंकास्पद लागेर चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध फेला परेपछि कोशी गाउँपालिका–४, जुधगन्जका २५ वर्षीय शम्सेर आलम र
इटहरी। ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको ९।९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत आयोजना चार महिनादेखि ठप्प छ । गत जेठमा आएको बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द भएको हो ।रिडी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित आयोजनाको बाँधस्थल, बालुवा थिग्राउने पोखरी, पाइपलाइन र विद्युत् गृहमा बाढीले क्षति पुर्याएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु हुन नसक्दा आयोजनाबाट विद्युत् उत्पादन हुन सकेको छैन । आयोजनाका सामाजिक परिचालक तथा हेडबक्स इन्चार्ज टीकाराम मिश्रका अनुसार प्रतिकूल मौसमका कारण पुनर्निर्माणको काम सुरु गर्न ढिलाइ भएक
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षको अधिवेशनमा अवसर नपाएका नेता–कार्यकर्ता संस्थापन इतर समूहको अधिवेशनमा सहभागी हुन थालेका छन्। संस्थापन पक्षको वडा तथा क्षेत्रीय अधिवेशनमा प्रतिनिधित्व सुनिश्चित गर्न नसकेका कतिपय नेता–कार्यकर्ता इतर समूहबाट पुनः अधिवेशन प्रक्रियामा जोडिएका हुन्।असोज ३ र ४ गते सम्पन्न संस्थापन पक्षको वडा अधिवेशनमा समेटिन नसकेका तथा असोज १० गते सम्पन्न क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुन नसकेका नेता–कार्यकर्ता इतर पक्षको अधिवेशनमा सहभागी भएको पाइएको छ। संस्थापन इतर पक्षले शुक्रबारदेखि वडा अधिवेशन सुरु गरेको छ। त्यसक्रममा बिर्त
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.