इटहरी । बाढीले अवरुद्ध बनाएको मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथरको दोभाने खोलामा स्थानीयवासीले काठेपुल निर्माण गरेपछि सवारीसाधन आवागमन सुचारु भएको छ।पाँचथरको याङवरक गाउँपालिका–१ र २ तथा छिमेकी जिल्ला ताप्लेजुङका सादेवा र कालिखोलाका बासिन्दालाई थर्पु हुँदै सदरमुकामसम्म आवतजावतको सुविधा दिँदै आएको उक्त सडकखण्डको दोभाने खोलामा जेठ ८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यातायात सेवा ठप्प भएको थियो। यसअघि २०८० साल असार २ गते आएको बाढीले यहाँको पक्की मोटरेबल पुल बगाएको थियो। त्यसयता पटकपटक आउने बाढीले डाइभर्सन बगाउने समस्या दोहोरिँदै आएको थियो।पछिल्लो पटक लामो समयसम्म सडक सञ्चालन हुन नसकेपछि स्थानीयवासील
इटहरी । सैनिक नागरिक सम्बन्ध विस्तार अभियान अन्तर्गत पूर्वी पृतना हाताभित्र सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्र पूर्वी नेपालका सर्पदंशपीडितका लागि भरोसाको केन्द्र बनेको छ । इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्रले स्थापनाकालदेखि अहिलेसम्म १८ हजारभन्दा बढी सर्पदंशका बिरामीको उपचार गरी जीवन जोगाएको छ । केन्द्रको स्थापना २०६९ सालमा भएको केन्द्रले सर्पदंशका बिरामीलाई प्रभावकारी सेवा प्रदान गरेको केन्द्रका अध्यक्ष दिवस पोख्रेल बताउनुहुन्छ । उहाँका अनुसार सुनसरीसँगै मोरङ, धनकुटा, सप्तरी, उदयपुरलगायत भारतीय सीमावर्ती क्षेत्रबाट समेत सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रमा हा
इटहरी । धनकुटाको हिले र पाख्रीबास बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि ग्यास डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले संयुक्त रूपमा अनुगमन गरेका हुन्।अनुगमन टोलीले हिले र पाख्रीबास बजारका करिब आधा दर्जन ग्यास डिलर तथा बिक्री केन्द्रको निरीक्षण गरेको थियो। धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेका अनुसार बजारमा ग्यास बढी मूल्यमा बिक्री भइरहेको गुनासो बढेपछि अनुगमनलाई तीव्रता दिइएको हो। उहाँले बजारमा ग्यासको अभाव भएपछि कालोबजारी हुन सक्ने सम्भावना रहेकाले उपभोक्ता ठगिनबाट जोगाउन अनुगमन गरिएको बताउनुभयो। अनुगमनका क्रममा कत
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका जिल्लाका पर्यटकीय स्थलबाट सार्वजनिक गरिएको छ। आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिताबाट पर्यटन प्रवर्धनका लागि ताप्लेजुङको पर्यटकीय क्षेत्रमार्फत खेल तालिका सार्वजनिक गरिएको हो। लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फकताङलुङ गाउँपालिकाको ५ हजार ३ सय मिटरको उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७ सय मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित आठसय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एकसाथ खेल तालिका सार्वजनिक गरिएको हो।सार्वजनि
इटहरी । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ ।अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका छन् । अघिल्लो आव २०८१/८२ मा जम्मा ७८७ जना मात्र यो सेवा लिएका थिए । त्यस्तै, आव २०८०/८१ मा भने अस्पतालबाट ८१९ जनाले प्रसूति सेवा लिएका थिए । अस्पताल
इटहरी। कोशी प्रदेशसभाको बुधबार बसेको बैठममा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दा सभामुख अम्बरबहादुर विष्टले स्वीकृत भएको घोषणा गरेपछि विधेयक सदनमा पेस भएको हो। बैठकमा बोल्दै कोशी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विशेष समयमा नवनियुक्त मन्त्रीहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए।नेता थापाले सरकार पटकपटकको परिवर्तनले गर्दा जनतामा नैराश्यता आएको टिप्पणी गर्दै प्रतिपक्ष भनेको व
इटहरी । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका –३ को वडा कार्यालय भवन पहिरोले पुरिएको छ । पछिल्लो केही दिन यता परेको लगातारको वर्षापछि आएको पहिरोले वडा कार्यालय भवनमा बस्न नमिल्ने गरी क्षति गरेको छ । वडा अध्यक्ष लाक्पा गेलु शेर्पाका अनुसार वडा कार्यालयसँगै रहेको अस्थायी प्रहरी चौकीसमेत जोखिममा परेपछि तत्कालका लागि सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । पहिरोका कारण वडा कार्यालय तथा प्रहरी चौकी रहेको क्षेत्र थप जोखिमपूर्ण बनेपछि सम्भावित क्षति रोक्न स्थानान्तरण गरिएको हो ।वडा कार्यालय भवनमा पहिरोले गरेको क्षतिको विवरण तथा जोखिम क्षेत्रको अवस्थाबारे थप मूल्याङ्कन भइरहेको अध्यक्ष शेर्
इटहरी । सप्तकोशी नदीको तीव्र कटानका कारण जोखिममा परेका बराहक्षेत्र नगरपालिका–९ स्थित श्रीलंका टप्पुका सात घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।सप्तकोशी नदीले निरन्तर कटान गर्न थालेपछि अति जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्थासहित स्थानान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए। श्रीलंका टप्पुको चिलिया र गरैयालगायतका क्षेत्रमा सप्तकोशी नदीले तीव्र कटान गरिरहेको छ। कटान नियन्त्रणका लागि बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकासँगै स्थानीयवासीको समन्वयमा अस्थायी तटबन्ध निर्माण भइरहेको नगरप्रमुख कार्कीले बताए। कटान नियन्त्रणका लागि गत
इटहरी। सुनसरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य लालबिक्रम थापाले देवानगञ्ज गोलीकाण्डसँग जोडेर आफूलाई कारबाही सिफारिस गरिएको भन्दै भइरहेको प्रचारप्रति आपत्ति जनाएका छन्।आधिकारिक प्रतिवेदन सार्वजनिक नभइसकेको अवस्थामा आफ्नो नाम जोडेर भ्रमपूर्ण प्रचार गरिएको थापाको दाबी छ। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले आफू अपराधी नभएको र घटनामा संलग्न दोषीलाई कानुनी कठघरामा उभ्याउन आफू लागिपरेको बताएका छन्। 'आमा ! म अपराधी होइन । अपराधीलाई कानूनको कठघरामा उभ्याउने तपाईंको बहादुर छोरो हुँ,' उनले लेखेका छन्। थापाले आफूविरुद्ध भइरहेको प्रचारलाई झुटो, आधारहीन र योजनाबद्ध भन्दै सुनसरी–४ का सांसद द
इटहरी। वर्षा याममा पहिरोको जोखिमसँगै सडक क्षतिका कारण प्रभावित बनेको इलामको फिक्कल–अन्तु सडक पुनःनिर्माणपछि पर्यटक सवार ठुला सवारीसाधन सञ्चालन हुन थालेका छन् । गत बर्षको असोज १८ र १९ गतेको विपद्बाट क्षतिग्रस्त सडकमा पुनःनिर्माणको काम अघि बढेपछि अन्तु क्षेत्रमा पर्यटकको आवागमन सहज भएको हो । फिक्कल–अन्तु सडक खण्डमा आपतकालीन सडक पुनःस्थापनाको काम धमाधम हुँदैछ । बाढी पहिरोले सडक क्षति भएपछि उक्त क्षेत्रमा ठुला सवारी साधन सञ्चालनमा समस्या पर्दैआएको थियो । बार्षिक एक लाखभन्दा बढी पर्यटकले यात्रा गर्ने सडक खण्डको जोखिमयुक्त क्षेत्रमा सडक पुनःस्थापना र पहिरो नियन्त्रण गर्न २०८२ फागुनमा ठेक्का सम्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.