इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका अन्तर्गतका विद्यालय र स्वास्थ्य केन्द्रमा आँखा तथा कानको निशुल्क परिक्षण शिविर निरन्तर सञ्चालन भइ रहेको छ । सोही क्रममा आज गाउँपालिकाको ७ नं. वडा स्थित गैंयाराज आभारभुत विद्यालयका ७७ जना विद्यार्थीको आँखा तथा कान परिक्षण सम्पन्न गरिएको हो । बालविकास देखि कक्षा ८ सम्मको विद्यार्थीहरुमा परिक्षण गर्दा दुई जनामा आँखाको समस्या देखिएको र अन्यको अवस्था सामान्य पाइएको विद्यालयका प्रधानध्यापक तारादेवी राईले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति संघ भोजपुर शाखा र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा हतुवागढी गाउँपालिकाको व्यवस्थापनमा गत साउन २१ गतेबाट सुरु भएको
इटहरी। धनकुटा नगरपालिका–६ सिरान बजारमा रहेको एउटा घर बाहिरबाट हेर्दा सामान्य घरजस्तै देखिन्छ । तर, घरभित्र पस्नेबित्तिकै दशकौँ पुरानो समयको झल्को दिने ऐतिहासिक सामग्री, तस्बिर, कागजात र स्मृतिचिह्न देखिन्छन् ।घरका दराज, भित्ताका कुनाकाप्चा र ¥याकमा सजाइएका सामग्रीमा कुनै समय नेपाली समाजको दैनिकीमा प्रयोग भएका रेडियो, ग्रामोफोन र टेलिफोनदेखि पुराना भाँडाकुँडा तथा कृषि औजारसम्म छन् । राणा शासनकालको इतिहास सम्झाउने चन्द्रशमशेरकालीन इँटा र माटाका पाइप तथा पुरानो धनकुटाको स्वरूप देखाउने दुर्लभ तस्बिर पनि यहाँ सुरक्षित छन् । त्यति मात्र होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका महत्वपूर्ण दस्त
इटहरी। सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीस्थित बर्जु ताल क्षेत्रमा रुख ढल्दा एक महिलाको निधन भएको छ ।आइतबार अचानक चलेको असाधारण हावाहुरीका कारणले स्थानीय ३५ वर्षीया सीता यादवको निधन भएको हो । बर्जु ताल क्षेत्रभित्र घाँस काट्न गएकी घाइते यादवलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा निधन प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनुभएकी यादवलाई उपचारका लागि मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्थानीयबासीका अनुसार बर्जु ताल आसपासको क्षेत्रमा घाँस काटिरहेका बेला अचानक हावाहुरी चलेपछि एउटा
इटहरी स् सुनसरी बराहक्षेत्र वडा नं। ६ का अर्जुन चन्द्रवंशी ६२ वर्ष पुगे । उनी जन्मेदेखि नै त्यही ठाउँमा बस्दै आए ।यस वर्ष भने सप्तकोशी नदीले कटान गरेर घर भएको नजिकै पुगेको छ । जसले गर्दा उनलाई कोशीले बगाउँला कि भन्ने चिन्ताले सताएको छ । अर्कातिर उब्जनी हुने उर्वर भूमि छाडेर अन्यत्र कहाँ जाने रु उनको प्रश्न छ । ‘यस वर्ष कोशीको कटान हेर्दै बस्यौ,’ चन्द्रवंशीले भने, ‘सधैंभर यसरी वस्न सकिन्छ जस्तो लाग्न छाडि सक्यो ।’ बराहक्षेत्र वडा नं। ६ र ९ मा पर्ने श्रीलंका टापुतर्फ यस वर्ष असारदेखि कटान गरेको अहिलेसम्म पनि रोकिएको छैन् । आँखाले हेर्दा निकै पर बग्ने खोला अब त आँगन छेउछाउ आइ पुगेको छ, उनले
इटहरी स् सुनसरीमा विद्यालय परिसरमा राजनीतिक दलका आन्तरिक गतिविधि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलसहित विद्यालय र स्थानीय तहलाई निर्देशन दिएको छ ।विद्यालयमा राजनीतिक दलका चुनाव, बैठक, तालिम, अभिमुखीकरण, आमसभा तथा भेला लगायतका कार्यक्रम सञ्चालन भइरहेको भन्दै गुनासो आएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी राममणि निरौलाद्वारा हस्ताक्षरित सूचनामा विद्यालय पठनपाठन र शैक्षिक गतिविधिका लागि मात्र प्रयोग हुनुपर्ने भएकाले राजनीतिक दलका कार्यक्रम सञ्चालन नगर्न सम्बन्धित दलहरूलाई आग्रह गरिएको छ ।प्रशासनले विद्यालय परिसरमा राजनीतिक गतिविधि हुन नदिन प्रधानाध्
इटहरी स् सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा हावाहुरीले रुखको हाँगा भाँचिँदा लागेर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बर्जु–६ चिमडीका हेमनारायण यादवकी ३८ वर्षीया श्रीमती सीता यादव रहेकी छन् । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार आइतबार दिउँसो करिब २ बजेतिर गाईवस्तुका लागि घाँस काट्न बर्जु ताल नजिक पुगेका बेला उनलाई हावाहुरीले भाँचिएको सिमलको हाँगाले लागेको थियो ।हाँगाले लागेर गम्भीर घाइते भएकी यादवलाई उपचारका लागि विराटनगरस्थित मोरङ सरकारी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि दिउँसो ४ः२८ बजेतिर बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पताल
इटहरी स् चालू आर्थिक वर्ष २०८३र८४ को बजेट समयमै कार्यान्वयन गरी योजना सम्पन्न गर्ने उद्देश्यले झापाको बुद्धशान्ति गाउँपालिका–१ ले कामलाई तीव्रता दिएको छ।वडा कार्यालयले होक्से चोकदेखि वडा कार्यालय जोड्ने सडक कालोपत्रेको काम अघि बढाएको छ। करिब डेढ किलोमिटर लामो उक्त सडक असोजभित्रै कालोपत्रे गर्ने लक्ष्यसहित काम सुरु गरिएको वडा कार्यालयले जनाएको छ। वडा अध्यक्ष अनिल वाग्लेका अनुसार संघ र प्रदेश सरकारबाट विनियोजन भएका योजनाको काम समयमै सम्पन्न गर्न पहिलो चरणका आवश्यक तयारी पूरा गरिएको छ। चालू आर्थिक वर्षमा बुद्धशान्ति–१ मा संघ र प्रदेशबाट २९ भन्दा बढी योजना परेका छन्।‘संघ र प्रदेशबाट आए
इटहरी । शटल धनकुटा स्पोट्र्स क्लबको आयोजनामा धनकुटामा सञ्चालित तीन विधाको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गत प्रदेशस्तरीय ‘बी लेभल’ पुरुष डबल्सको उपाधि प्रतिक विष्ट र कर्ण तामाङको जोडीले जितेको छ। उनीहरूले सञ्जोकहाङ लिम्बू र प्रकाश राईको जोडीलाई सोझो सेटमा पराजित गरे। यस विधामा अनमोल बुर्जा मगर र उत्सब उप्रेती तथा विशाल पराजुली र रोमिन राईको जोडी तेस्रो भएका छन्। यस्तै, राष्ट्रियस्तरीय भेट्रान्सतर्फ शिखर श्रेष्ठ र इन्द्रकुमार योङहाङको जोडीलाई पराजित गर्दै गणेश राई र दिपक आङ्दाम्बेको जोडीले उपाधि हात पारेको छ। यस विधामा मनोज लिम्बू र विजेन प्रधान तथा राम योञ्जन र श्रवण
इटहरी स् कोशी प्रदेशमा डेंगु संक्रमण फैलिने क्रम बढ्दै गएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार झापा डेंगु संक्रमणको सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ।जनस्वास्थ्य अधिकृत स्मृति लुईँटेलका अनुसार सन् २०२६ सेप्टेम्बर १९ सम्म प्रदेशका १३ जिल्लामा गरी ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। त्यसमध्ये झापामा मात्रै २२८ जनामा संक्रमण देखिएको छ। झापापछि सुनसरीमा २०३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यस्तै ओखलढुंगामा १२२, खोटाङमा ८२, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, संखुवासभामा १८, मोरङमा २०, धनकुटामा चार, सोलुखुम्बुमा तीन, तेह्रथुममा तीन र ताप्लेजुङमा एक जनामा संक्रमण पुष्टि भएको निर्देश
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।सोमबार बिहान ५ः५० बजे करेन्ट लागेर २० वर्षीय शिवम विकको मृत्यु भएको हो । मेसिन चलाउने क्रममा करेन्ट लागेर विक घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि इटहरी सामुदायिक अस्पताल लगिएको थियो ।त्यहाँबाट थप उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । विराट शिक्षण अस्पतालमा चिकित्सकले ६ः१२ बजे विकलाई मृत घोषणा गरेको सुनसरी प्रहरीले जनाएको छ । उदयपुरको चौदण्डीगढी गाउँपालिका घर भएका विक निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.