समाचार

    Showing ११-२० of १३,२४३ items.
  • गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत भेटिए

    इटहरी। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो क्षेत्रबाट फर्कने क्रममा बेपत्ता भएका एक चिनियाँ पर्यटकको शव जटिल र विकट भौगोलिक खोचबाट फेला पारी निकालिएको छ ।छिमेकी मुलुक चीनका नागरिक चेन छियान गोक्यो क्षेत्र भ्रमण गरी फर्कने क्रममा हराएपछि खोजी तीव्र पारिएको थियो । नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको संयुक्त टोलीले खोजी गर्ने क्रममा मृतकको शव फोर्चे क्षेत्रस्थित थाङ्गे भीरबाट करिब पाँच सय मिटर तल विशाल चट्टानी खोचमा लडेर मृत अवस्थामा फेला पारेको हो । हेलिकप्टरबाहेक अन्य माध्यमबाट उद्धार कार्य गर्न लगभग असम्भव मानिएको उक्त गहिरो र जटिल चट्टानी खोचबाट सुरक्षाकर्

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ६१ पटक पढिएको
  • धनकुटाको विकास प्रगति तथ्यांकमा सार्वजनिक गर्न पूर्वमन्त्री राईको आग्रह

    इटहरी। धनकुटामा एक वर्षको अवधिमा भएका विकास निर्माण तथा सरकारी कार्यक्रमको प्रगति समीक्षा गर्दा खानेपानी, सडक, पुल, भवन, स्वास्थ्य संस्थालगायतका पूर्वाधार निर्माणको अवस्थासहित तथ्यांक प्रस्तुत गर्नुपर्ने पूर्वमन्त्री राजेन्द्रकुमार राईले बताउनुभएको छ ।जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा बिहीबार आयोजित ‘स्थानीय तहको असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान तथा आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले जिल्लामा भएका कामको वास्तविक अवस्था तथ्यांकका आधारमा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूले आ–आफ्नो क्

    • प्रकाशित मितिः असोज २२, २०८३
    • २५ पटक पढिएको
  • ‘प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकप’को तयारी पूरा

    इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा पहिलोपटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ‘प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप–२०८३’ प्रतियोगिता असोज २३ गतेदेखि श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने भएको हो ।प्रकाशपुर युवा जमातको आयोजनामा हुने प्रतियोगितामा पूर्वी नेपालका आठ वटा फुटबल टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताका खेल साँझ ६ बजेदेखि सुरु हुनेछन् । प्रकाशपुर युवा जमातका अध्यक्ष मनिष मगरका अनुसार वराहक्षेत्र नगरपालिकामै पहिलोपटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । दिवङ्गत प्रदीप राईको स्मृतिमा प्रतियोगिता

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ३५३ पटक पढिएको
  • कोशीमा फरार प्रतिवादीविरुद्ध प्रहरीको खोजी अभियान, १६ पक्राउ

    इटहरी स् विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना प्रतिवादीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ ।अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २१ गते ९बुधबार० पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङबाट १० जना, झापाबाट ४ जना, सुनसरी १ जना र ओखलढुङ्गाबाट १ जनालाई पक्राउ गरेको हो ।पक्राउ परेकाहरूबाट ५ वर्ष ३ महिना ११ दिन कैद सजाय र ३ लाख ३४ हजार ५ सय रुपैँया जरिवानावापतको रकम असुल उपर भएको

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ४४ पटक पढिएको
  • ब्राउनसुगर स् इटहरीका एकसहित चार जना नियन्त्रणमा

    इटहरी स् सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।इटहरी उपमहानगरपालिका–१९ अमाहा चोकबाट प्रहरीले बुधबार साँझ स्कुटरसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी–१९ पटेरुवा बस्ने १९ वर्षीय अमन चौधरी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र प्रहरी चौकी तरहराबाट खटिएको संयुक्त प्रहरी टोलीले पकलीबाट अमाहातर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प २७९० नम्बरको स्कुटर रोकी जाँच गर्ने क्रममा चौधरीको साथबाट ब्राउनसुगर ५०० मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ ।त्यसैगरी, बराहक्षेत्र नगरपालिका–३ नयाँबस्तीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ४० पटक पढिएको
  • पानी र चुदारोले जोगाएको ठेकी बनाउने सीप

    इटहरी स् आधुनिक प्रविधि र विद्युत्बाट चल्ने उपकरणको प्रयोग बढ्दै गएको अहिलेको समयमा पनि जिल्लाको केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधिको जगेर्ना भइरहेको छ ।विशेषगरी ठेकी निर्माणमा अहिले पनि पानी र चुदारोको प्रयोग गरिँदै आएको छ । यसले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राखेको छ । महालक्ष्मी नगरपालिका वडा नं ४ का दीर्घबहादुर पौडेल एक वर्षेमा करिब १०० ठेकी बनाउँदै आएका छन् । उनले फुर्सदका समयमा मात्रै ठेकी बनाउने काम गर्दै आएको बताए । खेतीपातीको याममा लगाउने र बाली उठाउने यामबाहेकका समयमा ठेकी बनाउने काम गर्दै आएको उनको भनाइ छ । उनले बनाउने ठेकी सानोदेखि ठूलो आकारसम्मका हुन्छन् ।यसमा दुईदे

    • प्रकाशित मितिः असोज २२, २०८३
    • २५ पटक पढिएको
  • सचिवलाई थप जिम्मेवारीदेखि सम्पत्ति मिनाहासम्म, कोशी सरकारका यस्ता निर्णय

    इटहरी स् कोशी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको प्रशासनिक नेतृत्वको जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामकृष्ण अधिकारीलाई दिएको छ ।बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि अधिकारीलाई सामाजिक विकास मन्त्रालयको कामकाजसमेत सम्हाल्ने गरी थप जिम्मेवारी तोकेको हो । मन्त्रालयको नियमित प्रशासनिक कामकाज सञ्चालनमा सहजता ल्याउने उद्देश्यले अधिकारीलाई थप जिम्मेवारी दिइएको प्रदेश सरकारले जनाएको छ ।बैठकले प्रदेश योजना आयोगको वार्षिक प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ५२ पटक पढिएको
  • विराटनगरमा महिला कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम सम्पन्न

    इटहरी स् महिलालाई आफ्ना कानुनी अधिकार, संवैधानिक संरक्षण तथा न्याय प्राप्त गर्ने उपायबारे सचेत गराउने उद्देश्यले विराटनगर–२० मा ‘महिला कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम’ सम्पन्न भएको छ।सामाजिक उत्तरदायित्वको भावनासहित श्रेया बिष्टको व्यक्तिगत पहलमा सञ्चालित कार्यक्रममा करिब ५० जना महिलाको प्रत्यक्ष सहभागिता रहेको थियो। कार्यक्रमले महिलालाई आफ्नो तथा परिवारका सदस्यका कानुनी अधिकारबारे जानकारी गराउँदै अधिकारका लागि आवाज उठाउने आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।कार्यक्रममा विभिन्न विज्ञ तथा प्रशिक्षकले समसामयिक कानुनी तथा सामाजिक विषयमा प्रशिक्षण दिएका थिए। श्रेया बिष्टले बलात्

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ९ पटक पढिएको
  • झापामा चार करोडभन्दा बढीको अवैध सामान बरामद

    इटहरी स् झापामा सशस्त्र प्रहरीले तीन महिनाको अवधिमा भन्सार छली तथा अवैध चोरी–निकासी र पैठारीका चार करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। बरामद सामानसहित चार जनालाई नियन्त्रणमा लिई ३५ वटा सवारीसाधनसमेत आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।सशस्त्र प्रहरी बल नेपाल नं। २ गण हेडक्वार्टर झापाका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को साउनदेखि असोजसम्म चार करोड १५ लाख ६२ हजार ३७३ रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरिएको हो। गणका अनुसार साउनमा एक करोड ५५ लाख पाँच हजार ६२६ रुपैयाँ, भदौमा एक करोड ४८ लाख एक हजार ८१८ रुपैयाँ र असोजको हालसम्म एक करोड १२ लाख ५४ हज

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ३० पटक पढिएको
  • झापामा बजार अनुगमन तीव्र, अखाद्य वस्तु बरामददेखि जरिवानासम्म

    इटहरी स्  झापामा चाडपर्व लक्षित बजार अनुगमनलाई प्रशासनले तीव्रता दिएको छ। कनकाईको सुरुङ्गा र मेचीनगरका बजारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ। अखाद्य अमिलोजन्य पदार्थ बिक्रीका लागि राखेको भेटिएपछि एक व्यवसायीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।जिल्ला प्रशासन कार्यालय झापाले सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा बजारमा अनुगमन गरेको थियो। घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधिसहितको टोलीले बजारका विभिन्न

    • प्रकाशित मितिः असोज २२, २०८३
    • २१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]