समाचार

    Showing १७१-१८० of १३,२४३ items.
  • हर्क साम्पाङले जेठी श्रीमतीलाई अंश दिनुपर्ने अदालतको फैसला, आखिर के हो दिलमायासँगको मुद्दाको वास्तविकतारु

    इटहरी। धरानका तत्कालीन मेयर तथा हालका प्रतिनिधि सभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट निकाला गरेको दाबी गर्दै दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ ।फैसलामा वादी–प्रतिवादीबीच यसअघि कानूनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै पाँच अंशियार कायम गरी सम्पत्तिमा अंश छुट्याउनुपर्ने ठहर गरिएको छ । उपलब्ध अदालतको कागजातमा प्रतिवादीको नाम हर्कराज राई उल्लेख छ । दिलमायाले २०७३ असोज ६ गते दायर गरेको फिरादपत्रमा हर्कराजसँग २०५४ पुस ८ गते प्रेम विवाह भएको र उनीहरूबाट १७ वर्षकी छोरी एलिसा राई रहेको उल्लेख गरेकी छन् । आफूहरूबीच कानूनबमोजिम अंशबण

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १०६ पटक पढिएको
  • मिक्वाखोलाको सडक स्तरोन्नतिमा युवाको पहल

    इटहरी। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाअन्तर्गत खोक्लिङ–लिवाङ–साँवा–पापुङ सडक स्तरोन्नतिका लागि स्थानीय युवाले पहल थालेका छन् ।लामो समयदेखि ठुला तथा मालवाहक सवारीसाधन सहज रूपमा सञ्चालन हुन नसकेको सडकलाई तत्काल सञ्चालनयोग्य बनाउने उद्देश्यले युवाले सरोकारवाला निकायबिच समन्वय र सहजीकरणका लागि समिति गठन गरेका हुन् ।किरण लिवाङको अध्यक्षतामा १५ सदस्यीय सडक सरोकार समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा नुपु शेर्पा, सचिवमा मिथुन साँवा तथा सदस्यमा राजन कार्की, दोर्ची शेर्पा, रनध्वोज थलङ, अजय थलङ, नरेश साँवा, सूर्य लिम्बू, रिमोश लिम्बू, सिंहमान साँवा, प्रणय थलङ, मोतिहाङ थलङ, दावा छेतेन शेर्पा र सुरे

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ६५ पटक पढिएको
  • शतिसालेलाई तालतलैया गोल्डकपको उपाधि

    इटहरी। इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको शतिसाले फुटबल क्लबले जितेको छ ।  इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा शतिसालेले उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो शतिसालेका लागि विनोद राईले पहिलो हाफको ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा विकास परियारले ३१औँ र साजन बर्देवाले ३७औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गर्नुभएको हो । उपाधिसँगै शतिसालेले ट्रफीसहित नगद एक लाख ११ हजार १११ रुपियाँ प्राप्त गरेको छ भने उपविजेता फ्युजन फुटबल क्लबले ट्रफीसहित नगद ५५ हजार ५५५ रुपिय

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ४५ पटक पढिएको
  • ३९८ किलो गाँजासहित स्कार्पियो नियन्त्रणमा

    इटहरी। मोरङ प्रहरीले विराटनगरबाट ३९८ किलो लागुऔषध गाँजासहित एक स्कार्पियो नियन्त्रणमा लिएको छ ।विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा शनिबार राति प्रहरीले आकस्मिक चेकजाँच गर्ने क्रममा गाँजासहितको स्कार्पियो नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कार्पियोले प्रहरीको चेकिङ टोली देखेपछि युटर्न गरी भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो ।दुर्घटनापछि प्रहरीले स्कार्पियो जाँच गर्दा गाडीभित्र लुकाइछिपाइ रा

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ८८ पटक पढिएको
  • तानले बदल्दै महिलाको दैनिकी

    इटहरी। तेह्रथुमको लालीगुराँस नगरपालिका–७ की पुष्पाञ्जली केप्छाकी मगर बिहानको घरायसी काम सकेर तानमा बस्नुहुन्छ । केही समयअघिसम्म घरायसी काममै बित्ने गरेको उहाँको दैनिकी अहिले तानसँगै फेरिएको छ । ढाका बुन्ने सिप सिकेपछि उहाँले घरमै बसेर आम्दानीसमेत गर्न थाल्नुभएको हो । आफ्नो आम्दानीको मात्रा बचतसमेत गर्न थाल्नुभएको  छ ।  उहाँ भन्नुहुन्छ, “बेरोजगार बसेर अरूको भर पर्नुभन्दा आफ्नै सिपले केही कमाउन पाउँदा आत्मविश्वास बढेको छ । अहिले परिवारको खर्चमा पनि सहयोग गर्न सिकेकी छु । घरमै बसेर व्यवसाय गर्न पाइने भएकाले यो काम महिलाका लागि निकै उपयुक्त छ । मगर जस्तै लालीगुराँस नगरपालिकाका धेरै महिला

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ५३ पटक पढिएको
  • धनकुटाको सिंहदेवी घुमाउने पोखरीः पर्यटकीय सम्भावना उच्च, पूर्वाधार निर्माणको माग

    इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१ देउराली स्थित सिंहदेवी घुमाउने पोखरी प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल हो । शान्त वातावरण, हरियाली र पोखरीको मनमोहक दृश्यले यहाँ पुग्ने जो–कोहीलाई केहीबेर रोकिएर प्रकृतिसँग रमाउन आकर्षित गर्छ । पोखरी निर्माण तथा संरक्षणका लागि भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ भने महालक्ष्मी नगरपालिका–१ को वडा कार्यालयको समन्वयमा काम अघि बढाइएको छ । यसको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी भू–संरक्षण तथा हरियाली उपभोक्ता समूहले लिएको छ । तर, पोखरीको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने

    • प्रकाशित मितिः असोज १०, २०८३
    • १४९ पटक पढिएको
  • आस्थाको प्रतीक थामडाँडाकी कालिका

    इटहरी।ओखलढुंगा जिल्ला, चम्पादेवी गाउँपालिका(६ घोराखोरी र भदौरेको शिरभाग थामडाँडामा कालिकादेवीको मन्दिर छ। यो मन्दिर कसले स्थापना गरेको हो भन्ने कुनै प्रमाण हालसम्म फेला पार्न सकिएको छैन। जनश्रुतिअनुसार यो मन्दिर १८२५ सालपछि स्थापना भएको बुझिन्छ।१८२५ भदौ १५ गते इन्द्रजात्राका दिन पृथ्वीनारायण शाहले काठमाडौंमाथि आक्रमण गरी विजय हासिल गरेका थिए। त्यसपश्चात् नेपालका बाइसे–चौबिसे राज्य एकीकरण गर्न अरुण नदी पूर्वीतिर पनि एकीकरण गरी विशाल नेपाल बनाउने सिलसिलामा पूर्वी नेपाल जाँदा थामडाँडा उच्च भएको र कतैतिरबाट पनि शत्रु पक्षले आक्रमण गर्न नसक्ने भएको हुँदा यस स्थानमा कोटगढी बनाउनुका साथै कालिकादेवीको

    • प्रकाशित मितिः असोज १०, २०८३
    • १६४ पटक पढिएको
  • कांग्रेस उदयपुरको क्षेत्रीय अधिवेशनस् नेतृत्वमा आकांक्षी बढे, सहमतिमै नेतृत्व चयन गर्न चुनौती

    इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको छ। दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा क्षेत्रीय सभापति, प्रदेशसभा सभापति, महाधिवेशन प्रतिनिधिलगायत विभिन्न पदमा आकांक्षी बढेसँगै नेतृत्व चयनमा सहमति जुटाउने प्रयास चुनौतीपूर्ण बन्दै गएको छ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्कुलरअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया असोज १० गतेदेखि सुरु भएको हो। स्थानीय अवस्था र तयारीअनुसार मिति केही तलमाथि हुन सक्ने भए पनि असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्न

    • प्रकाशित मितिः असोज १०, २०८३
    • २८९ पटक पढिएको
  • कोशी प्रदेशमा सिमसार पर्यटन

    इटहरी। पूर्वी नेपालको झापादेखि धनकुटा सिराहासम्म ७७ वटा सिमसार सरकारी अभिलेखमा सूचीकृत छन् तर पनि एक दर्जनजतिको संख्या अझै थपिन्छ, जुन साना सिमसार क्षेत्र भनेर सूचीकृतमा परेका छैनन् । झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहाको अर्को एउटा साझा पहिचान छ, सिमसार ।कुनै ठाउँमा पोखरी छ, कतै दलदल, कतै जंगलभित्रको प्राकृतिक दह, कतै नदीले बनाएको बाढीमैदान त कतै चुरेबाट झरेको पानी जम्मा भएको जलक्षेत्र । यी सबैले मिलेर पूर्वी नेपालको सिमसार प्रणाली बनाउँछन् । राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण तथा व्यवस्थापन मास्टर प्लानको जिल्ला वार अभिलेख अनुसार यी ६ जिल्लामा ७५ वटा सिमसार सरकारी अभिलेखमा छन् । झापाम

    • प्रकाशित मितिः असोज १०, २०८३
    • १२५ पटक पढिएको
  • दीपेन्द्र धिमालको भावपूर्ण अन्त्येष्टिः हजारौँ मलामीको उपस्थितिमा जातीय परम्पराअनुसार अन्तिम संस्कार

    इटहरी । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा पूर्वराष्ट्रिय फुटबल खेलाडी दीपेन्द्र धिमालको शनिबार अन्त्येष्टि गरिएको छ । पेटको क्यान्सरका कारण ५९ वर्षको उमेरमा निधन हुनुभएका धिमाललाई अन्तिम बिदाइ गर्न मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । धिमालले आफ्नो खेलजीवनको सुरुवात गर्नुभएको सोही ऐतिहासिक मैदानमा पार्थिव शरीरलाई परिक्रमा गराएपछि अन्तिम यात्राका लागि अघि बढाइएको थियो। उक्त श्रद्धाञ्जली सभामा कोशी प्रदेशसभा सदस्यहरू भीम पराजुली, विद्या चाम्लिङ र शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रस

    • प्रकाशित मितिः असोज १०, २०८३
    • १०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]