इटहरी । कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र पर्यटन सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य अनुभव र सम्भावना)’ पुस्तकमाथि शनिबार इटहरीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा सम्पन्न उक्त विशेष कार्यक्रममा सहभागी वक्ताहरूले कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना रहे तापनि त्यसको प्रभावकारी प्रचार–प्रसार, अध्ययन तथा प्रवद्र्धनका क्षेत्रमा अझै पर्याप्त काम हुन नसकेको धारणा राखेका छन्। कार्यक्रममा उपप्राध्यापक तथा अनुसन्धानकर्मी अर्जुन उप्रेती र पत्रकार विराट अनुपमले पुस्तकमाथि समीक्षात्मक प
इटहरी । सामाजिक रूपान्तरण र युवाको सक्रिय सहभागिता मार्फत सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ पहिलो पाइला नेपालको प्रस्तावित इटहरी शाखा गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमबाट सुदीप खतिवडाको संयोजकत्वमा २३ सदस्यीय प्रस्तावित इटहरी शाखा समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा सुसान्त भट्टराई चयन हुनुभएको छ भने अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा समाज रूपान्तरणमा युवाको भूमिकाबारे अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले युवाको एकता, सहकार्य र सक्रियता मार्फत समाजमा सकारात्मक परिव
इटहरी । मोरङको पथरी शनिश्चरे –२ को वडा कार्यालयले कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बारिस्टा तालिम दिएको छ । वडा अध्यक्ष नैना राईका अनुसार अनिवार्य सीप विकास कार्यक्रम अन्तर्गत वडा क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका ३६ जना विद्यार्थीले तालिम लिएका हुन्। वडा कार्यालयको २ लाख २० हजार रुपैयाँ बजेटमा सञ्चालन गरिएको तालिमको उद्देश्य विद्यार्थीलाई अध्ययनसँगै रोजगारी र स्वरोजगारका लागि आवश्यक व्यावसायिक सीप प्रदान गर्नु रहेको छ । तालिमका क्रममा सहभागीले कफी बनाउने कला, कफी मेसिन सञ्चालन, ग्राहक सेवा, सरसफाइ तथा क्याफे व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञान र व्यवहारि
इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन अन्तर्गत चार जनामाथि दाबी विरोध परेको छ।उम्मेदवारीविरुद्ध परेको दाबी–विरोधमाथिको छानबिन गरी निर्वाचन समितिले दोस्रो नामावली प्रकाशन गरेको जनाएको छ। मनोनयन दर्ताका क्रममा पेश गरिएका फारम तथा आवश्यक कागजात नमिलेको भन्दै दाबी विरोध परेको हो। महेन्द्र रेग्मी, विष्णु डाँगी, सुरेश कार्की र मुक्ति दाहालको उम्मेदवारीविरुद्ध दाबी विरोध परेको हो। उनीहरूले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए।निर्वाचन समितिका अनुसार मनोनयन दर्ता गराउँदा पेश गरिएका फारम तथा आवश्यक कागजातमा त्रुटि र असंगति देखिएपछि चारै जनाको उम्मेदवारी खारेज भएको हो । समितिले दाबी विरोधमाथिको का
इटहरी । शनिबार राति परेको चट्याङ लागेर इलामको रोङ गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार रोङ गाउँपालिका–६ का ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भएको हो।टिनको छानो र टाटीको भित्तो भएको दुईतले घरको बरन्डामा चट्याङ पर्दा मोक्तानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङका कारण घरमा रहेको विद्युत् मिटर बक्ससमेत जलेको छ।जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी मौसम उदासका अनुसार घटनास्थल सुरक्षित रहेको छ भने घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ।
इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिका–५ मा विपद् व्यवस्थापन तथा सरसफाइ अभियानमा खटिएका एक वडा सदस्यमाथि कार्यस्थलमै कुटपिट भएको छ। अविरल वर्षापछि प्रभावित क्षेत्रको पहिरो व्यवस्थापन तथा सरसफाइको काममा संलग्न रहनुभएका वडा सदस्य छबिन्द्र योङहाङमाथि वीरेन्द्र भनिने स्थानीय मनराज सुहाङले कुटपिट गरेका हुन्। गत असार ४ र ५ गतेको वर्षापछि वडा क्षेत्रमा उत्पन्न विपद्को व्यवस्थापनका लागि खटिरहेका बखत वडा सदस्य योङहाङमाथि असार १२ गते बिहान आकस्मिक आक्रमण भएको हो।आक्रमणकारी सुहाङले योङहाङलाई हेल्मेटले टाउको र छातीमा प्रहार गरेको बताइएको छ। आक्रमणबाट गम्भीर घाइते हुनुभएका योङहाङको हाल झापास्थित बी एन्ड सी अस
इटहरी । विराटनगरमा पोडवे सेवा सञ्चालनका लागि परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति प्रदान गरिएको छ । कोशी प्रदेश लगानी प्राधिकरणले कोशी राजमार्ग अन्तर्गत विराटनगर रानीदेखि बसपार्कसम्म सात किलोमिटर दुरीमा पोडवे यातायात परियोजनाको सम्भाव्यता अध्ययन, निर्माण तथा सञ्चालनका लागि अनुमति दिएको हो । काठमाडौं पोडवे कम्पनी प्रालिले करिब छ अर्ब ७६ करोड रुपियाँ ९अमेरिकी डलर चार करोड ५१ लाख० अनुमानित लागतसहित प्राधिकरणमा प्रस्ताव पेस गरेको थियो । यसलाई अनुमोदन गर्दै बोर्डको ३३ औँ बैठकले डिपिआरका लागि अनुमति दिएको लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा। सरोज कोइरालाले जानकारी दिनुभयो ।&nb
इटहरी। वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । सधैँ जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको उहाँले बताउनुभयो । सडक अवरुद्ध भएपछि साना सवारीसाधनका लागि एकतर्फी रूपमा आवतजावत गर्नसक्ने गरी पहिरो पन्छाउने प्रसाय भइरहेको प्रजिअ ढकालले बताउनुभयो । लगातार लेदो सडकमा
इटहरी । महभीर फोडिएसँगै खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीको सडक सञ्चालनमा आएको छ। महभीर नजिक दुवैतर्फ सडक ट्रयाक जोडिए पनि भीरका कारण सडक सञ्चालनमा आउन सकेको थिएन। करिब पाँच महिनाको निरन्तर प्रयासपछि महभीर फोडिएसँगै पहिलो पटक छोटो दूरीको सडक जोडिएको हो। दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईका जिल्लासम्म पुग्ने सबैभन्दा छोटो मार्ग मानिन्छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको महभीरसम्म र सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट महभीरसम्म ट्रयाक केही वर्षअघि नै खोलिएको
इटहरी, असार १४ — ७५औँ मदन भण्डारी जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इटहरीको आयोजनामा नेकपा एमाले इटहरी उपमहानगर कमिटीको कार्यालयमा विविध सांस्कृतिक कार्यक्रम तथा दही–चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ।मदन भण्डारी फाउन्डेसन इटहरीका अध्यक्ष उमेश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य मिना श्रेष्ठ, मदन भण्डारी फाउन्डेसन सुनसरीका अध्यक्ष प्रहलाद पहरेदार, फाउन्डेसनका पदाधिकारी तथा सदस्यहरू, नेकपा एमालेका प्रदेश, जिल्ला र नगर कमिटीका नेता–कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.