समाचार

    Showing १,१६१-१,१७० of १३,३२८ items.
  • रेविज प्रभावित क्षेत्रमा खटियो पशु चिकित्सकको टोली

    इटहरी । पशु चौपायामा रेविजको संक्रमण देखिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकामा विज्ञसहितको पशु चिकित्सक तथा स्वास्थ्यकर्मीको संयुक्त टोली परिचालन गरिएको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इलाममा कार्यरत डा. राघवेन्द्र तिवारीको नेतृत्वमा पशु स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न निकायका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शुक्रबारदेखि काम थालेको हो ।  टोलीमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डे, पशुरोग अन्वेषण प्रयोगशाला, विराटनगरका पशु चिकित्सक सरिलाल चौधरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ताप्लेजुङका डा। रोशन दाहाल

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ६८ पटक पढिएको
  • मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने

    ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रम’मार्फत विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको हो ।  गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले चालु आर्थिक वर्षमा विपन्न तथा लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा गर्ने भएको हो । ‘स्वस्थ्य नागरिक, स्वस्थ्य मैवाखोला’ को अवधारणालाई अघि सारेको नीतिको कार्यान्वयनअन्तर्गत विपन्न नागरिकको स्वास्थ्य बिमा पालिकाले गरी दिनेभएको छ ।  स्वास्थ्य बिमा कार्यक्रमका लागि चालु आवमा ३५ लाख रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ६९ पटक पढिएको
  • ताप्लेजुङमा खाना पकाउने एलपी ग्यासको अभाव

    इटहरी। ताप्लेजुङमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । मागअनुसार ग्यास सिलिन्डर आपूर्ति हुन छोडेपछि ताप्लेजुङमा खाना पकाउने ग्यासको अभाव भएको हो ।सदरमुकाम फुङ्लिङ बजारसहितका क्षेत्रमा खाना पकाउने ग्यासको अभाव भएको छ । उपभोक्ताका अनुसार पछिल्लो करिव एक सातायता जिल्लामा एलपी ग्यासको अभाव भएको छ । खाना पकाउने ग्यासको अभाव भएसँगै उपभोक्ताहरु समस्यामा पर्न थालेका छन् । फुङ्लिङ बजार, सुकेटार बजार, दोभान बजार लगायतका क्षेत्रमा एलपी ग्यासको अभाव भएको छ । खाली सिलिन्डर साट्नलाई विक्री केन्द्रहरुमा सम्पर्क गर्दा ग्यास नभएको व्यापारीले बताउने गरेका फुङ्लिङ नगरपालिका–५ बुद्धचौकका स्थानीय उपभोक्ता विक्र

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १२९ पटक पढिएको
  • कप्तानगञ्ज घटनाबारे ज्ञापनपत्र बुझाइयो, पाँच बुँदे माग

    इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा(३ कप्तानगञ्जमा भएको गोलीकाण्डको विषयलाई लिएर नेपाली कांग्रेस सुनसरीले प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत् प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा गोलीकाण्डको निष्पक्ष छानबिन, घाइतेहरूको निःशुल्क उपचार, पीडित तथा प्रभावित नागरिकलाई क्षतिपूर्ति, गृहमन्त्रीले पीडित परिवारसँग गरेको सहमति पूर्ण रुपमा कार्यान्वयन तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्नुपर्नु सहितको पाँच बुँदे माग राखिएको छ । नेपाली कांग्रेस सुनसरीले राखेको मागहरू तीन दिनभित्र कार्यान्वयन गर्न सरकारलाई अल्टिमेटम दिएको छ

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १४४ पटक पढिएको
  • एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसको २३औँ स्थापना दिवस इटहरीमा मनाइयो

    इटहरी । विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि आवश्यक शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले आफ्नो २३ औँ स्थापना दिवस इटहरी शाखामा विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको संस्थाले इटहरी शाखामार्फत सन् २०१६ देखि पूर्वी नेपालका विद्यार्थीहरूलाई शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको छ। स्थापना दिवसका अवसरमा विश्वभर रहेका संस्थाका ९० भन्दा बढी शाखा तथा कार्यालयहरू स्मार्ट बोर्डमार्फत एकै समयमा जोडिएर विशेष कार्यक्रम सम्पन्न गरेका थिए। कार्यक्रममा इटहरी शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। संस्थाका अ

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १८४ पटक पढिएको
  • धनकुटा उद्योग वाणिज्य संघको प्रगति विवरण सार्वजनिक, आगामी भदौ ६ गते नयाँ कार्यसमितिको निर्वाचन हुने

    इटहरी । धनकुटा उद्योग वाणिज्य संघले आफ्नो कार्यकालमा कोभिड–१९ महामारी व्यवस्थापनदेखि व्यवसायीको हित संरक्षण, स्थानीय उत्पादनको बजारीकरण र लगानी प्रवद्र्धनसम्म उल्लेखनीय काम गरेको जनाएको छ। नयाँ कार्यसमिति चयनका लागि निर्वाचन नजिकिँदै गर्दा संघको वर्तमान कार्यसमितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गरेको हो। धनकुटा उद्योग वाणिज्य संघले आफ्नो कार्यकालको सुरुवात विश्वव्यापी कोभिड–१९ महामारीको चुनौतीबीच भएको स्मरण गर्दै महामारी नियन्त्रण र व्यवसायीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ। संघका अध्यक्ष विजय सन्तोष राईका अनुसार महामारीका बे

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १३२ पटक पढिएको
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    झापा : झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ देखि दिउँसो ४ बजेसम्म १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।  दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरौनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा ‘डेड–इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेसन परीक्षण गर्नुपर्ने भएका कारण विद्युत् सेवा कटौती गर्न लागिएको हो ।सबस्टेसन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रंगेली, उर्लाबारी, पथरीलगायतका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुने आयोजना प्रमुख दर्शन राय यादवले बताए ।

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १३२ पटक पढिएको
  • कक्षा ८ अधुरै छोडेका बालबालिकाका लागि वैकल्पिक शिक्षा

    झापा : कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय बाहिर रहेका १२५ जना बालबालिकालाई लक्षित गर्दै वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ।  २०६३ असोज २ गतेपछि जन्मिएका र आधारभूत तह कक्षा ८ उत्तीर्ण गर्न नसकेका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा पूरा गराउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गर्न लागिएको हो।  अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को व्यवस्था कार्यान्वयन गर्दै नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशित गरी पढ्न छुटेका बालबालिकालाई पढ्न आउन अनुरोध गरेको छ।वडा नम्बर ६ मा २९, वडा नम्बर ४ मा १९, वडा नम्बर २ मा १७, वडा नम्बर ५ मा १७, वडा नम्बर ३ मा १६, वडा नम्बर ९ मा १४,

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १४० पटक पढिएको
  • इन्भर्टर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा इलेक्ट्रिसियन गम्भीर घाइते

    मोरङ : मोरङको उर्लाबारीमा इन्भर्टर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जना इलेक्ट्रिसियन गम्भीर घाइते भएका छन्।   बिहीबार राति करिब ८स्३० बजे उर्लाबारी नगरपालिका–३, नमुना मार्गस्थित कृष्णप्रसाद खतिवडाको घरमा बिग्रिएको इन्भर्टर मर्मत गर्ने क्रममा उर्लाबारी–१ निवासी २९ वर्षीय खेमराज आचार्यलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।  करेन्ट लागेपछि बेहोस भएका आचार्यलाई तत्काल उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति ९स्२० बजे विराटनगरस्थित नर्सिङ होममा रिफर गरिएको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार उनको अवस्

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ११५ पटक पढिएको
  • इलाममा ग्यास संकट गहिरियो, विद्यार्थीदेखि सर्वसाधारणसम्म समस्यामा

    इलाम : इलाम सदरमुकामसहित उत्तरी इलाममा करिब एक सातादेखि खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि उपभोक्ताको जनजीवन प्रभावित बनेको छ। ग्यास नपाउँदा विशेषगरी सदरमुकाममा कोठा भाडामा लिएर अध्ययन गरिरहेका विद्यार्थी तथा सर्वसाधारण दैनिक जीवन सञ्चालन गर्न कठिनाइमा परेका छन्।  उपभोक्ताका अनुसार मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि करिब एक महिनादेखि इलाममा ग्यासको आपूर्ति प्रभावित हुँदै आएको छ। वैकल्पिक सडकमार्फत साना सवारीसाधनबाट सीमित परिमाणमा ग्यास ल्याइए पनि पछिल्लो एक सातादेखि भने आपूर्ति पूर्ण रूपमा ठप्प भएको ग्यास व्यवसायीहरूको भनाइ छ।  सदरमुकाममा बस्दै अध्ययन

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ८८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]