सुनसरी / कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएकी रुक्मिणी कोइराला इटहरी २ निवासी हुन् । उनी एमालेको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा माओबादीकी चम्पादेवी कार्कीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।भूमिगत गतिविधिबाट राजीतिमा सक्रिय बनेकी कोइराला ०४६ सालपछि राजनीतिमा उदाएकी नेत्री हुन् ।नेकपा एमालेका त्यागी नेता स्व. ओम कोइरालाकी बुहारी (भाइकी श्रीमती) उनी घरको बुहारीका रूपमा काम गर्थिन् । त्यसबेला कोइराला परिवारमा मदन भण्डारीसहितका एमाले नेताहरू आउँथे । भूमिगत गतिविधि पनि उनको घरबाटै सञ्चालन हुन्थ्यो ।त्यसैबेलादेखि पार्टीका नेताहरूसँग चिरपरिचित रहेकी उनले ०४६ सालबाट सक्रिय रूपमा राजनीतिमा
सुनसरी / कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।बिहीबार विराटनगरमा भएको राष्ट्रियसभा निर्वाचनमा सिटौला विजयी भएका हुन् । उनले राप्रपाका उद्धव पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । सिटौलाले कूल ५,२९२ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रतिष्पर्धी राप्रपाका पौडेलले ४,५६२ मत प्राप्त गरे । कोसीमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो।महिला पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्की र नेकपा एमालेबाट रुक्मिणी कोइराला, अन्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौ
तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बिच शहरी विकास मन्त्री सीता गुरुङले गाउँपालिकाको प्रसाशकीय भवनको शिलान्यास गरेकी हुन ।शिलान्यास गर्दै मन्त्री गुरुङले स्थानीय संस्कृती हाम्रो सांस्कृतिक पहिचान च्याब्रङमा भवनको शिलान्यास गरिएकोले भोलीको दिनमा भवन निमार्णको लागी शहरी विकास मन्त्रालय र आफ्नो क्षेत्रबाट लाग्ने प्रतिबद्धता गरेकी छिन् ।तेह्रथुमको विकासको निम्ती विगत लामो बर्षदेखी आफ्नो ठाउँबाट काम गर्दै आएकोमा समग्र जिल्लाको विकासको निम्ती मैले धेरै योजनाहरुमा बजेट विनियोजन गरी विकासलाई जोड दिँदै आएको उनले बताइन् । छथर गाउँपालिकाले
इटहरी / इटहरी २ की महिसा सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर विपन्न परिवारलाई सिरक वितरण गरेकी छन् ।बुधबार आफ्नो १६ औँ जन्मोत्सवको अवसर पारेर सापकोटाले इटहरी २ स्थित नवजागृति टोलका विपन्न तथा असहाय परिवारलाई सिरक वितरण गरेकी हुन् ।बुबा चिन्तामणी सापकोटा र आमा रमा सापकोटासहित स्थानीय बुद्विजीवीहरूसहितको सहभागितामा सिरक वितरण गरिएको हो ।विपन्न तथा असहाय सात घर परिवारलाई सिरक वितरण गरिएको सापकोटाले बताइन् ।उनकाअनुसार जन्मोत्सवको अवसरमा फजुल खर्च गर्नुको सट्टा समाजमा योगदान पुगोस् भन्ने उदेश्यले सिरक वितरण गरिएको हो ।
इटहरी / इटहरी वडा नम्बर १७ मा दुई महिने व्युटिसियन तालिम सञ्चालन हुदै छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा जनचेतना आमा समुहको आयोजनामा दुई महिने व्युटिसियन तालिम सञ्चालन हुदै छ । माघ २ गतेदेखि सुरू भएको तालिम चैत २ गते सम्म सञ्चालन हुने छ । सो तालिममा २८ जना सहभागी छन् । बिहान साढे १० बजेदेखि सुरू भएर ३ बजेसम्म सञ्चालन हुदै आएको छ । गरिव विपन्न समुहमा आबद्ध महिलाहरूलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिदै आएको तालिम प्रशिक्षक सुमित्रा शर्मा खतिवडाले बताउनुभयो ।यस तालिम सिकेर आफ्नै पार्लर खोलेर रोजगारी सञ्चालन गर्न सकिने तालिममा सहभागीले बताउनुभयो । महिला तथा बालबालिकाहरू
सुनदरहैचा / स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङले स्व. चुडामणि न्यौपानेको स्मृतिमा "सामाजिक संजालको प्रयोग नबिनतम ज्ञानको प्राप्ति कि समयको दुरुपयोग" विषयमा आधारीत रहेर भएको मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा मोरङक निजी तथा सामुदायिक ३७ बिधालयका बिध्यार्थिलाइ पछि पार्दै "सामाजिक संजालको प्रयोग नबिनतम ज्ञानको प्राप्ति " पक्षबाट सामुदायिक बिध्यालय श्री सजिलाल मावि की आरती अधिकारी प्रथम भएकी छिन् ।प्रतिनिधि सभा सदस्य ऋषि केस पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संयोजक राजेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्
विराटनगर : सार्वजनिक लेखा समिति सभापति तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा संचालन भएका आयोजनाहरुको अनुगमन गरेका छन् ।सोमबार पूर्वाधार विकास कार्यालय मोरङका कार्यालय प्रमुख शुशील श्रेष्ठसहितको टोली लगेर पोखरेलले सुनवर्षी र रतुवामाई नगरपालिकामा सञ्चालन भइरहेका आयोजनाहरुको अनुगमन गरेका हुन् ।अनुगमनका क्रममा पोखरेलले रोकिएका आयोजनाहरुको याथाशीघ्र निर्माण सुरु गर्न, चालु योजनाहरुको निर्माण सम्पन्न गर्न र बाँकी रहेकाको डिपिआर तयार गरेर काम अघि बढाउन सरोकारवाललाई निदेर्शन दिएका छन् ।उनले डाइनियाँ पथरी सडकखण्ड अन्र्तगत अमरदह बजारमा चाडै कालोपत्रे सम्पन्न गर्न निर्देशन दिएका
मोरङ/ बेलबारी नगरपालिकाले सोमबारे हटियामा १ दिन भक्का बेच्न ३० रुपैया कर लिएको बिषयले यतिबेला नगरपालिकाको आलोचना शुरु भएको छ । सामान्य ब्यबसाय गर्नका लागि समेत नगरपालिकाले खुद्रा ब्यबसायीहरुको ढाड सेक्नेगरी कर असुलेको तर सुबिधा चाँहि केही नदिएको भन्दै आलोचना शुरु भएको हो । बेलबारीमा लाग्ने सोमबारे हटियामा भक्का ब्यापारका लागि आएका खुद्रा ब्यबसायीहरु सँग चर्को कर असुली गरेको भन्द्यै आलोचना भईरहेको छ ।सामान्यतय एउटा भक्काको ५ रुपैयादेखि १० रुपैया सम्म पर्ने गरेको छ । तर त्यहि भक्का बेच्न कर चाँहि ३० रुपैया तिर्नुपर्छ,यो त अन्याय नै भयो ब्यबसायीहरु गुनासो गर्छन ।
सुन्दरहरैंचा / भारतको हैदरावादमा सम्पन्न भएको १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल विजेता दिपा विष्टलाई सुन्दरहरैँचा नगरपालिकाले सम्मान गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा एक कार्यक्रम गर्दै सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले खादा ओढाएर सम्मान गरेका थिए । दिपालाई हाैसला र सम्मान स्वरूप नगद एक लाख पचास हजार सहित नगरपालिकाले सम्मान गर्ने घाेषणा गरेको छ । भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग तथा उन्नति टेक्निकल ईन्स्टिच्युट प्रा.लिको प्राविधिक सहयोगमा क्रिष्टम माला बनाउने तालिम उद्घाटन गरिएको छ ।इटहरी ३ का २५ जना बढी महिलाहरूलाई इटहरी उपमहानगरपालिका वडा नम्बर ३ ले क्रिष्टम माला बनाउने तालिम दिएर स्वरोजगारी बनाउन तालिम दिएको हो । १० दिन सम्म हुने तालिममा इटहरी ३ का १८ वटा टोल विकास संस्थाका १ जना प्रतिनिधिलाई तालिम दिइने भएको हो । सो तालिममा आर्थिक अवस्था कमजोर भएका महिलालाई प्राथमिताका दिएर तालिम गराइएको हो । महिलाहरूलाई सक्षम बनाउने र मालाको बजार धेरै रहेकाले माला उत्पादन गरेर बेच्न नसके मालाको बजारीकरण सो संस्थाल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.