इटहरी / इटहरी वडा नम्बर १७ मा दुई महिने व्युटिसियन तालिम सञ्चालन हुदै छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा जनचेतना आमा समुहको आयोजनामा दुई महिने व्युटिसियन तालिम सञ्चालन हुदै छ । माघ २ गतेदेखि सुरू भएको तालिम चैत २ गते सम्म सञ्चालन हुने छ । सो तालिममा २८ जना सहभागी छन् ।
बिहान साढे १० बजेदेखि सुरू भएर ३ बजेसम्म सञ्चालन हुदै आएको छ । गरिव विपन्न समुहमा आबद्ध महिलाहरूलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिदै आएको तालिम प्रशिक्षक सुमित्रा शर्मा खतिवडाले बताउनुभयो ।
यस तालिम सिकेर आफ्नै पार्लर खोलेर रोजगारी सञ्चालन गर्न सकिने तालिममा सहभागीले बताउनुभयो ।
महिला तथा बालबालिकाहरूमा आत्मनिर्भर र आत्मविश्वास बढाउनको लागि तालिम सन्चालन गर्दै आएको इटहरी उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्यले बताउनुभयो । पाँच लाखको बजेट छुटा्एर तालिमको आयोजना गरिएको वडा अध्यक्ष आचार्यले जानकारी दिए ।
वडाले विभिन्न किसिमका तालिम दिएर स्थानीयहरुलाई आत्मनिर्भर बनाउन प्रयास गर्दै आएको छ ।


