तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बिच शहरी विकास मन्त्री सीता गुरुङले गाउँपालिकाको प्रसाशकीय भवनको शिलान्यास गरेकी हुन ।
शिलान्यास गर्दै मन्त्री गुरुङले स्थानीय संस्कृती हाम्रो सांस्कृतिक पहिचान च्याब्रङमा भवनको शिलान्यास गरिएकोले भोलीको दिनमा भवन निमार्णको लागी शहरी विकास मन्त्रालय र आफ्नो क्षेत्रबाट लाग्ने प्रतिबद्धता गरेकी छिन् ।
तेह्रथुमको विकासको निम्ती विगत लामो बर्षदेखी आफ्नो ठाउँबाट काम गर्दै आएकोमा समग्र जिल्लाको विकासको निम्ती मैले धेरै योजनाहरुमा बजेट विनियोजन गरी विकासलाई जोड दिँदै आएको उनले बताइन् । छथर गाउँपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले नेपालको संविधानले संघीयताको सफल कार्यान्वयका लागि मार्गनिर्देशन गरे बमोजिम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार विचको सहकार्य, समन्वय र सहयोगमा मात्र जनअपेक्षित विकास कार्यहरु सञ्चालन गर्न सम्भव भएको छथर गाउँकार्यपालिकाको कार्यालयले संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरी विभिन्न विकासात्मक कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्दै आएको बताए ।
गाउँपालिका अध्यक्ष तिगेलाले सोही अवसरमा छथरको ६ वटा महत्वपुर्ण ध्यानाकर्षणहरु कोशी प्रदेशको गौरवको योजनाको रूपमा रहेको ७६२ मेघावट तमोर जलासययुक्त आयोजना तेह्रथुम जिल्लाको समृद्दीको मेरूदण्ड रहेको र यस छथर पालिकाको भुगोलमा मुख्य निर्माण स्थल रहने आयोजनाले छथरेजनताको जिवनमा आमुल रूपान्तरणमा योगदान समेत गर्ने भएकाले अविलम्ब प्रारम्भ गर्न आवश्यक पहलकदमी ,तेह्रथुम धन्कुटा जिल्लाको छथर गाउँपालिका, लालिगुरास नगरपालिका, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउपालिकाको संगमफस्थल पटेक डाँडामा बुद्द पार्क निर्माण गरी वसन्तपुर, चित्रे, मार्घापोखरी, शुक्रवारे, डङ्डङ्गे, सिधुवा बजारलाई पर्यटकीय चक्र सहित तमोर(पटेक तिनजुरे मिल्के जल्जले पर्यटन विकासमा आवश्यक पहलका लागी ध्यानाकर्षण गराएका छन ।
त्यस्तै तेह्रथुम जिल्लाको छथर गाउँपालिका र आठराई गाउँपालिकामा तिब्र बजारिकरण, पुर्वधार विकासको पर्याप्तता, मध्यपहाडी लोक मार्ग र तमोर करिडोरको संगम, तमोर जलासय युक्त आयोजनाको सम्भाब्यता र अनुमानित बसोवास, नगरपालिका का सुचक र मापदण्ड का आधारमा जिल्लाको २ पालिकालाई नगरपालिका घोषणा गर्ने कार्यमा पहल कदमी लिन अनुरोध गरेका छन ।
छथर गाउँपालिकाको मात्र नभई जिल्ला र कोशी प्रदेश भरी नै दुग्ध किसानहरूको विगत ६ महिना यताको दुग्ध शुल्क प्रप्त नभई किसानहरू प्रताडित रहेको र किसानहरूमा क्रमश निरासा छाई रहेकोले नेपाल सरकारको तर्फ बाट तत्काल समाधानको पहल गर्न ध्यानाकर्ष गर्दै पहाड देखी तराई बसाई सराईको चाप असन्तुलित तवर बाट भई रहेको र यही अवस्थाको निरन्तरताले अवको ३ दशकमा तेह्रथुम जिल्लाको जनसंख्या नाजुक अवस्थामा रहने र धेरै बस्तिहरू रितिने निश्चित छ ।
तसर्थ नेपाल सरकारको तर्फ बाट शिक्षा, स्वास्थ, उद्योग, रोजगारी क्षेत्रमा पहाडी पालिका विशेष कार्यक्रम लागु गर्ने गरी विशेष निति लिन गम्भिर ध्यानाकर्षण गराएका छन ।
सुख्खा क्षेत्रमा खानेपानी र सिचाईको मुल समस्या रहेको र स्थानिय दिगो श्रोत समेत जिण बन्दै गएको र जलवायु परिवर्तनको असरलाई समेत ध्यानमा राखी तमोर लिफ्टिङ्ग प्राथमिक्तामा राख्नु जरूरी नेपाल सरकारको ध्यानाकर्षण गराए । साथै छथर अस्पतालको भवन निर्माण अन्तिम चरणमा रहेको र म्एच् अनुसारको श्रोत पर्याप्तता नभई रहेकाले निर्माणको सम्पन्न चरणमा समस्या उत्पन्न भएकाले मन्त्री ज्यू मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आवस्यक समन्वय सहित समाधानका निम्ती अनुरोध गरेका छन ।
गाउँपालिका अध्यक्षले त्यस्तै गाउँपालिकाको विकासको निम्ती ४० वटा योजनाहरु मन्त्री समक्ष माग गरेका छन । 


