इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग तथा उन्नति टेक्निकल ईन्स्टिच्युट प्रा.लिको प्राविधिक सहयोगमा क्रिष्टम माला बनाउने तालिम उद्घाटन गरिएको छ ।

इटहरी ३ का २५ जना बढी महिलाहरूलाई इटहरी उपमहानगरपालिका वडा नम्बर ३ ले क्रिष्टम माला बनाउने तालिम दिएर स्वरोजगारी बनाउन तालिम दिएको हो । १० दिन सम्म हुने तालिममा इटहरी ३ का १८ वटा टोल विकास संस्थाका १ जना प्रतिनिधिलाई तालिम दिइने भएको हो । सो तालिममा आर्थिक अवस्था कमजोर भएका महिलालाई प्राथमिताका दिएर तालिम गराइएको हो । 

महिलाहरूलाई सक्षम बनाउने र मालाको बजार धेरै रहेकाले माला उत्पादन गरेर बेच्न नसके मालाको बजारीकरण सो संस्थाले गर्ने उन्नति टेक्निकल ईन्स्टिच्युट प्रा.लिका संचालक गोबिन्द कृष्ण भट्टराईले बताउनुभयो । इटहरी ३ का महिलाहरूलाई आवश्यकता ठानेर तालिमको आयोजना गरेको समेत उहाँको भनाइ छ ।

तालिम सिकिसके पछि महिलाहरू आत्मनिर्भर बनेर घरेलु व्यवसाय सञ्चालन गरिए आफ्नो जीवीको पार्जन गर्न सकुन भनेर तालिमको आयोजना गरिएको संस्थाकी सञ्चालक सीता घिमिरे खनालले बताउनुभयो । 

तालिमको उद्घाटनमा बोल्दै इटहरी ३ का वडा अध्यक्ष उमेश सुवेदीले इटहरी ३ का महिलाहरू बेरोजगार भएकाले स्वरोजगार बनाउने उदेश्यले तालिम आयोजना गरिएको बताउनुभयो । बर्सेनि गर्दै आएका तालिममा अघिल्लो वर्ष अगर बत्ती बनाउने तालिम दिएको थियो भने यस वर्ष क्रिष्टम माला बनाउने दिएको उहाँले बताउनुभयो । IMG_20240123_151549

घरमा त्यसै खालि समय बसेका महिलाहरूलाई उद्यमी हुन् भनेर दिएको तालिमलाई हामी सदुपयोग गर्ने तालिममा सहभागी मन्दिरा बोहरा भण्डारीले बताउनुभयो ।

यस तालिमले हामीलाई आर्थिक सहयोग पुग्ने इटहरी ३ कि तालिममा सहभागी ढिगमाया मगरले बताउनुभयो ।  वडाले यस अगाडि पनि विभिन्न किसिमका तालिम गर्दै आएको उहाँको भनाइ छ । यस संस्थाले महिला शसक्तिकरणलाई प्राथमिकतामा राखि काम गर्दै आइरहेको संस्थाकि सञ्चालक सीता घिमिरे खनालले बताउनुभयो ।