मोरङ/ बेलबारी नगरपालिकाले सोमबारे हटियामा १ दिन भक्का बेच्न ३० रुपैया कर लिएको बिषयले यतिबेला नगरपालिकाको आलोचना शुरु भएको छ । 

सामान्य ब्यबसाय गर्नका लागि समेत नगरपालिकाले खुद्रा ब्यबसायीहरुको ढाड सेक्नेगरी कर असुलेको तर सुबिधा चाँहि केही नदिएको भन्दै आलोचना शुरु भएको हो । बेलबारीमा लाग्ने सोमबारे हटियामा भक्का ब्यापारका लागि आएका खुद्रा ब्यबसायीहरु सँग चर्को कर असुली गरेको भन्द्यै आलोचना भईरहेको छ ।

सामान्यतय एउटा भक्काको ५ रुपैयादेखि १० रुपैया सम्म पर्ने गरेको छ । तर त्यहि भक्का बेच्न कर चाँहि ३० रुपैया तिर्नुपर्छ,यो त अन्याय नै भयो ब्यबसायीहरु गुनासो गर्छन ।