इटहरी / नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ईटहरी शाखाद्वारा अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न भएको छ। आज शनिबार दुर्गा पार्टी प्यालेसमा आयोजित अभिकर्ता सम्मान तथा तालिम कार्यक्रममा शाखामा कार्यरत ३ सय बढि सकृय अभिकर्ताहरूको सहभागिता रहेकाे हो।कार्यक्रममा पदक योजना एचिभर, महिनामा उत्कृष्ट र वर्षमा उत्कृष्ट गरि ४२ जना अभिकर्ताहरुलाई सम्मानित भएका थिए। सोहि अवसरमा कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईद्वारा अभिकर्ताहरूले सफलता पाउन अपनाउनु पर्ने व्यवहार, गर्नु पर्ने काम र कम्पनीले दिने अभिकर्ता सेवा सुविधाबारे प्रकाश पार्नुभएको थियो। देशको पहिलो अग्रणी जीवन वीमा क
सुनसरी / सुनसरीको वराहक्षेत्र नगरपालिकामा सम्पन्न दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नं १ ले हात पारेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा वडा नं ५ लाई शुन्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। विजेता बनेसँगै वडा नं १ ले दुई लाख २ हजार नगद पुरस्कार प्राप्त गरेको छ । रनिङ्ग शिल्ड प्रतियोगिता भएकाले वडा नं १ ले अर्को सिजनको लिग हुनु भन्दा एक महिनासम्मको लागि एक केजीको चाँदीको सुन्दर ट्रफी समेत प्राप्त गरेको छ ।उक्त ट्रफी ३ पटक विजेता भएपछि मात्र विजेता टिमको स्वामित्वमा हुनेछ । त्यस्तै उपविजेता बनेको वडा नं ५ ले एक लाख एक हज
मोरङ/ गुरुकुल पाठशाला बेलबारी ३ मा २९ जना विद्यार्थीहरूको स्काउट दलको दीक्षान्त गरिएको छ। फाल्गुण ४ र ५ गते गरी एक रातको क्याम्प सहित दुई दिन सम्म कार्यक्रम सञ्चालन भएको थियो क्याम्पका लागि विद्यार्थीहरुले घरबाटै खाने र सुत्ने सामग्रीहरु विद्यालयमा ल्याएर एक रात विद्यालय मै बिताएका थिए। साँझमा क्याम्प फायर सहित विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको थियो।दुई दिनको कार्यक्रममा टायर क्रस, टायर स्विङ, रोप क्लाइम्बिङ, टनेल क्रस, बिम ब्यालेन्स, ल्यान्ड माइन, ब्याम्बो ब्यालेन्स जस्ता कठिनतम र चुनौतिपूर्ण कार्यक्रममा विद्यार्थीहरु सक्रिय सहभागि&
दमक / नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको विस्तारित बैठक बिहीबार झापाको दमकमा सम्पन्न भएको छ। नेपाल खेलकुद महासंघ कोशी प्रदेश अध्यक्ष राजकुमार थापाको अध्यक्षता महासंघ अध्यक्ष पर्सुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघ कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव बिप्लब घोस,केन्द्रीय सचिव सन्तोष बान्तवा, स्थाइ कमिटी सदस्य रोहित कोइराला, सन्तोषि राइ, उमेश सुबेदी, इस्वर बिक्रम शाह, सिपि पौडेल लगायत कोशी प्रदेशका विभिन्नजिल्लाबाट विस्तारित बैठक सहभागी हुन आएका खेलकुद महासंघका पदाधिकारी तथा सदस्यलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले सबैको जीवन केही न केही रुपमा ख
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १० को बुढी खोलाको किनारमा तटबन्ध लगाएपछि स्थानीय बासि खुसि भएका छन् ।बर्खाको समयमा पानि परेर डुबान हुने गरेकाले स्थानीयलाई डुबानबाट जोगाउन इटहरी १० नम्बर वडा कार्यालयको २५ लाखको लागतमा बरगाछि टोलको किनारमा तटबन्ध बाध्ने काम तिव्र गतिमा अगाडि बढाइएको छ । खोलाबाट १० फिट उचाइ सम्म जालिमा डुङ्गा लगाएर तटबन्ध लगाउने काम भइरहेको छ । बरगाछि टोलमा १ सय बढी घरधुरी बसोबास गर्दै आएका छन् । बाढी आउदा राति सुत्न समेत सकिदैन थियोे भने अहिले तटबन्ध भनेकाले राहत मिलेको स्थानीय बासिन्दा बिक्रम राईले बताउनुभयो । अहिलेका नयाँ निर्वाचित जनप्रतिनिधिहरूक
मोरङ / बेलबारी जेसिज बर्ष २०२३ का अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य (बिपिन) लाई नेपाल जेजिसले नेशनल एसडीजि कमिटि चेयरपर्सन का रुपमा मनोनित गरेको छ ।नेपाल जेसिज बर्ष २०२४ को जेसिज अभियानलाई सार्थक र परिणाममुखी बनाउन आचार्यलाई सो पदमा मनोनित गरिएको नेपाल जेसिजको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।
इटहरी / ``खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान " भन्ने नाराका साथ युथ क्लब, इटहरी वडा नम्बर १ सुनसरीको आयोजनामा यही फागुन ६ गतेदेखि वडा कप फुटबल प्रतियोगिता हुने भएको छ ।इटहरी १ स्थित राष्ट्रिय माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो ।इटहरी उपमहानगरपालिका, संरक्षकत्व तथा इटहरी उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयको संयोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधी सहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।त्यस्तै व्यक्तिगत विद्यातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक
इटहरी / नेपालको सांगितिक जगतमा अनेकौ प्रतिभाहरुको असंख्य भण्डारण छ । यस क्षेत्रको विकास क्रमलाई नियाल्दा धेरै प्रतिभाहरुले यसलाई अनेकौ तवरले सिञ्चीत गरेर नै यो स्थानमा ल्याएका हुन् । पुर्वको पुर्वेली भाकाले होस् वा पश्चिमको देउडा आफ्नै मौलिकता र पहिचान बोकेका छन् । विभिन्न चार्डपर्व, मेला महोत्सव, लगायतमा सुख दुःख साट्न नेपाली नाच्छन्, गाँउछन् र रमाउँछन्। लामो इतिहास बोकेको यस क्षेत्रले जन्माउँदै गरेको एउटा सुन्दर प्रतिभा मध्ये शुशिल भट्टराईको नाम पनि लिने गरिन्छ । पछिल्लो समय लोक गित संगितको क्षेत्रमा उदयमान नक्षत्रका रुपामा धेरै लोक गित संगितलाई पे्रमिले शुशिल भट्टराई पनि लिने गर्छन् ।प
काठमाडौं / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। भोलि (शुक्रबार) बिहान एक बजेबाट लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो।निगमले आज (बिहीबार) एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुईरदुई रूपैयाँ बढाएको जानकारी गराएको हो ।यस्तो छ विज्ञप्ती
मोरङ / सुन्दरहरैचाको सुबिजीमुर स्कूलले प्याब्सन कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि उचालेको छ । बिहीबार मोरङको सुन्दरहरैँचास्थित दुर्गादेवि कवर्ड हल सलकपुरमा प्याब्सन कोशी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा पथरीशनिश्चरे ०२ को रेडस्टार माविले प्याब्सन कोशी प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको हो। रेडस्टार माविका विद्यार्थीहरूले प्रस्तुत गरेको मौलिक “ मुन्डा“ नृत्य मोरङ जिल्लामा समेत दोस्रो स्थान हासिल गरी प्रदेश स्तरीय नृत्य प्रतियोगिताका लागि छनोट भएको थियो। निजी तथा आवासीय संस्थागत विद्यालयहरुको छाता संगठन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.