मोरङ/ गुरुकुल पाठशाला बेलबारी ३ मा २९ जना विद्यार्थीहरूको स्काउट दलको दीक्षान्त गरिएको छ। 

फाल्गुण ४ र ५ गते गरी एक रातको क्याम्प सहित दुई दिन  सम्म कार्यक्रम सञ्चालन भएको थियो   क्याम्पका लागि विद्यार्थीहरुले घरबाटै  खाने र सुत्ने सामग्रीहरु विद्यालयमा ल्याएर  एक रात विद्यालय मै बिताएका थिए। साँझमा क्याम्प फायर सहित विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

दुई दिनको कार्यक्रममा  टायर क्रस, टायर स्विङ,  रोप क्लाइम्बिङ,  टनेल क्रस,  बिम ब्यालेन्स, ल्यान्ड माइन, ब्याम्बो ब्यालेन्स जस्ता कठिनतम र चुनौतिपूर्ण कार्यक्रममा विद्यार्थीहरु सक्रिय सहभागि  भएका थिए। कार्यक्रम गुरुकुलका स्काउट शिक्षक मनोज लामा कार्कीको अध्यक्षतामा सञ्चालन भएको थियो। स्काउटको  क्याम्प फायरमा वडा न ३ का वडा अध्यक्ष योगेन्द्र सुबेदी र समापनमा प्रताप थापाले  स्काउट ग्रुपलाई शुभकामना ब्यक्त गर्नु भएको थियो । स्काउटले विद्यार्थीहरुमा अनुशासन, सहकार्य र परिपक्वता विकास गर्ने ठानिन्छ ।1708183238033