इटहरी / नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ईटहरी शाखाद्वारा अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न भएको छ।
आज शनिबार दुर्गा पार्टी प्यालेसमा आयोजित अभिकर्ता सम्मान तथा तालिम कार्यक्रममा शाखामा कार्यरत ३ सय बढि सकृय अभिकर्ताहरूको सहभागिता रहेकाे हो।
कार्यक्रममा पदक योजना एचिभर, महिनामा उत्कृष्ट र वर्षमा उत्कृष्ट गरि ४२ जना अभिकर्ताहरुलाई सम्मानित भएका थिए। सोहि अवसरमा कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईद्वारा अभिकर्ताहरूले सफलता पाउन अपनाउनु पर्ने व्यवहार, गर्नु पर्ने काम र कम्पनीले दिने अभिकर्ता सेवा सुविधाबारे प्रकाश पार्नुभएको थियो।
देशको पहिलो अग्रणी जीवन वीमा कम्पनीको रूपमा स्थापित रहेको नेशनल लाईफ इन्स्योरेन्सका नायव कार्यकारी प्रमुख स्मृति कडेलले अभिकर्ता क्षमता अभिवृद्धि र उत्प्रेरणा तालिम प्रदान गर्नु भएको नेशनल लाईफ इन्स्योरेन्स इटहरी शाखाका प्रमुख भोजमान श्रेष्ठले जानकारी दिनुभयो।
ठ


