इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १० को बुढी खोलाको किनारमा तटबन्ध लगाएपछि स्थानीय बासि खुसि भएका छन् ।
बर्खाको समयमा पानि परेर डुबान हुने गरेकाले स्थानीयलाई डुबानबाट जोगाउन इटहरी १० नम्बर वडा कार्यालयको २५ लाखको लागतमा बरगाछि टोलको किनारमा तटबन्ध बाध्ने काम तिव्र गतिमा अगाडि बढाइएको छ । खोलाबाट १० फिट उचाइ सम्म जालिमा डुङ्गा लगाएर तटबन्ध लगाउने काम भइरहेको छ । बरगाछि टोलमा १ सय बढी घरधुरी बसोबास गर्दै आएका छन् ।
बाढी आउदा राति सुत्न समेत सकिदैन थियोे भने अहिले तटबन्ध भनेकाले राहत मिलेको स्थानीय बासिन्दा बिक्रम राईले बताउनुभयो । अहिलेका नयाँ निर्वाचित जनप्रतिनिधिहरूको पहलमा तटबन्ध बन्दा स्थानीयलाई ठुलै राहत भएको समेत उहाँको भनाइ छ । बाढी आउदा निकै समस्या हुने गरथियो भने अहिले तटबन्ध बनेकाले बाढीबाट मुक्त हुने स्थानीय देउविर याक्खाले बताउनुभयो ।
२०७४ सालको बाढीले स्थानीयहरूलाई धेरै दु:ख दिएकाले यस टोललाई बाढी बाट मुक्त बनाउने वडा अध्यक्ष अबधेश चौधरीले बताउनुभयो ।वडामा बर्सेनि आउने बाढीले दु:ख दिएकाले तटबन्ध बाध्ने काम गरिएको उहाँको भनाइ छ ।
वडाको अर्को टोल शिव नारायण टोलमा ३ सय ५० घरधुरी बसोबास गर्दै आएकाले वडाले १० लाखको लगानीमा आगामी वर्ष तटबन्ध बनाउने योजना रहेको छ । वडाले तटबन्ध बाध्ने काम देखि सडक निर्माण बनाउने काम भइरहेको छ ।


