इटहरी / विगत ७ वर्ष अघि २०७४ सालमा पूर्वको सुनसरीमा स्थापना भएको माया घर नेपाल मानसिक रोगी, असहाय, हिंसा पीडित तथा सडक मानवहरुको उद्दार र सेवामा समर्पित रहँदै आएको संस्था हो । सुनसरीको इटहरी २ मा अवस्थित माया घरले हालसम्म ७ हजार जना भन्दा बढी बेसाहारा मानिसहरुको पुनःस्थापना तथा पारिवारिक मिलन गराएको छ । हाल संस्थामा करिब १४६ जनाले आश्रय लिइरहेका छन् भने अहिले सम्म ६६ जिल्लाका मानव आश्रित भएका छन् । माया घरमा आश्रयमा बस्नेहरुमा हिंसा पीडित, असहाय, मानसिक रोगी तथा सडकमा आश्रित सडक मानवहरुलाई माया घर नेपालले साहारा दिदै आएको छ । यस्ता बेसहारा मानिसहरुलाई गाँस, बास र कपास,
काठमाडौं / नेपाली चलचित्र घर ज्वाइँको प्रिमियर सो सम्पन्न भएको छ । मङ्गलबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक दलका नेतादेखि कलाकारहरूसम्मको बाक्लो उपस्थिति रहेको थियो ।चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उपसभामुख इन्दिरा रानाले राम्रो चलचित्र भएको बताउनुभयो । उहाँले मगर जातिको कथावस्तुलाई चलचित्रमा देखाइएको बताउनुभयो ।पूर्वका मगरहरू छिटो शिक्षित हुँदै गएको देखिने र पश्चिमका मगर समुदायहरू केही ढिलोगरी शिक्षित हुने स्थिति रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा बोल्नुहुँदै कलाकार कविता आलेले मगर समुदायको व्यक्तिले भोगिरहेको कथालाई चल
सुनसरी / प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष अनुप तामाङको हृदयघातबाट निधन भएको छ । हृदयघात भएपछि शुक्रबार बिहानको राति करिब २ः३० बजेतिर उनलाई अस्पताल लगिएको थियो ।अस्पतालमा उपचार सम्भव नभएपछि उनको निधन भएको हो । तामाङको आजै अन्त्येष्टि गरिने आफन्तजनले जनाएका छन् ।मृतक तामाङ प्याब्सन सुनसरीका अध्यक्षसँगै स्काउटको धरान उपमहानगर संयोजक, धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीका डाइरेक्टर तथा धरान १२ स्थित एम्स एकेडेमीका प्रबन्ध निर्देशक थिए ।यसैबीच, तामाङको निधनका कारण शुक्रबार (आज) सुनसरी जिल्ला भरिका सम्पूर्ण निजी विद्यालयहरूमा शोक बिदा दिइएको छ ।
भोजपुर / नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु भोजपुरको अध्यक्षमा निशान राई सर्वसम्मत चयन भएका छन् ।अनेरास्ववियु भोजपुर जिल्लाको २४ औं जिल्ला अधिवेशन राईको नेतृत्वमा ३१ सदस्य कमिटी सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा सन्तोष गिरी महासचिवमा सुवास नेपाल, उपसचिवमा खुलातर्फ विज्ञान श्रेष्ठ, महिलातर्फ कोपिला प्रधान, खुल्लातर्फ मनोज विश्वकर्मा र कोषाध्यक्षमा मेलिना राई निर्वाचित भएका छन् ।अनेरास्ववियु केन्द्रिय सचिव मनोज ताम्ली लिम्बुको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा बिशिष्ट अतिथि अनेरास्ववियु प्रदेश अध्यक्ष जिबि गजल, विशेष अतिथि नेकपा एमाले भोजपुर अध्यक्ष मक्कर खड्का एमाले भोजपुरक
इटहरी / नेकपा एमाले इटहरीको ९ नवौं नगर अधिवेशनबाट निर्वाचत भएका पदाधिकारीहरुलाई शपथ ग्रहण गराईएको छ । नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) इटहरी उपमहानगर कमिटीको ९ नवौं उपमहानगर अधिवेशनबाट निर्वाचित भएका ९२ जना पदाधिकारीहरूले जगदीश प्रसाद कुसियैतको प्रमुख आतिथ्यतामा शपथ ग्रहण गरेका हुन् । इटहरीको पार्टीलाई एकताबद्ध र सदृढ बनाउन लागि पर्ने पार्टीका निवर्तमान अध्यक्ष रूपेश बस्नेतले बताउनुभयो । पार्टीलाई बलियो बनाउन लाग्ने उहाँको भनाइ छ । पार्टीका प्रमुख निर्वाचन अधिकृत शारदा प्रसाद अधिकारीले अध्यक्ष सहित उपाध्यक्ष जितेन्द्र थापा ,सचिव मदन कार्की ,उपसचिव रञ्जु सिग्देल, तेजनारायण चौधरी सह
खोटाङ / कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो । झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५ औँ मिनेटमा निर्णायक गोल गरिन् । उपाधिसँगै झापाले नगद रु दुई लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता भोजपुरले रु एक लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताभर नौ गोल गरेकी झापाकी जेनिफर उत्कृष्ट खेलाडी भइन् ।उनले सेमिफाइनल खेलमा ताप्लेजुङ विरुद्ध ६ गोल गरिन् । उनले रु पाँच हजार प्राप्त गरिन् । यस्तै प्रतियोगितामा उत्
इटहरीः पछिल्लो समय इटहरी सरकारका नगर प्रमुख हेमकर्ण पौडेलले बिभिन्न सामाग्री खरिदमा अनियमितता गरेको भन्ने बिभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नेकपा एमाले इटहरी नगर कमिटीले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।बुधबार सपथ ग्रहणसँगै सकिएको नेकपा एमाले इटहरी नगर अधिवेशनले पारित गरेका प्रमुख एजेण्डाहरु सार्वजनिक गर्दै नव निर्वाचित इटहरी नगरअध्यक्ष रुपेश बस्नेतले इटहरी उपमहानगरपालिकाले इटहरी अस्पतालका लागि खरिद गर्न लागेको सिटी. स्क्यान मेशिन, चीन गएर खरिद गरिएको नगर बस, नगरभित्र जडान गरिएका सिसी क्यामेरा, इन्फ्रास्टक्चर एम्बुलेन्स सेट समेतको खरिदमो अनियमितता भएको बिषयमा बाहिर आएका बिषयहरुको सत्य,
दुहवी / नेकपा एमाले दुहबी नगर कमिटीको दोस्रो अधिवेशनबाट मो.ताबिज हुसेन(मुस्तकिम)को नेतृत्वमा नयाँ कमिटी चयन भएको छ।लामो समयको रस्साकस्सी पछि भएको निर्वाचनले मुस्तकिमको नेतृत्वमा कमिटी चयन गरेको हो। २६ गते बुधबार ताबिज हुसेन(मुस्तकिम) र रेवती श्रेष्ठ बिच भएको निर्वाचनबाट मुस्तकिम बिजयी भएका हुन्।उता उपाध्यक्षमा भिम चौधरी सर्वसम्मत विजयी भए भने सचिवमा पनि शंकर चौधरी सर्वसम्मत निर्वाचित भए । त्यस्तै उपसचिवमा दिवकर पौडेल र पुनम कुमारी चौधरी विजयी भएका छन् । अधिवेशनबाट लेखा समितिमा मिलिराम चौधरी सहित विभिन्न क्षेत्र र भूगोलबाट सदस्यहरू सर्वसम्मत निर्वाचित भएका हुन् । दोस्रो नगर अधिवेशनलाई पु
काठमाडौं / नायक तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्ममा अभिनय गरेका ध्रुव फिल्म ‘ईश्वर’बाट आशावादी छन् ।फिल्म ‘ईश्वर’मा ध्रुवले निर्माता र नायक दुवै जिम्मेवारी बोकेका छन् । ‘फिल्ममा निडर, निष्टावान, न्यायको पक्षमा लड्ने, परिवारलाई माया, मद्दत गर्ने सकारात्मक चरित्रमा छु । मेरो चरित्र समय, देश, न्याय र जनताको पक्षमा लडिरहन्छ’, हाल अमेरिकामा रहेका ध्रुव भन्छन् ।फिल्ममा सुनील थापा, सबिन बास्तोलालगायतका दिग्गज कलाकारको अभिनय छ । दिग्गज कलाकारसँग काम गर्न पाउँदा ध्रुव खुशी छन् । ‘कामको संख्य
इटहरी / होटल ब्यवसायी संघ इटहरीको १५औँ साधारण सभाले जयप्रसाद उपाध्याय पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। मंगलबार भएको साधारण सभाले पौडेललाई अध्यक्षमा चयन गरेको हो।यस्तै संघको बरिष्ठ उपाध्यक्षमा खेमराज घिमिरे चयन हुनुभएको छ। यस्तै उपाध्यक्ष त्रयमा कृष्णप्रसाद निरौला, पुनम थापा मगर, शिवकुमार तामाङ्ग चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।संघको महासचिवमा आरोन कार्की चयन हुनुभएको छ भने कोषाध्यक्षमा दामोदर बिडारी र सह–कोषाध्यक्षमा बिशाल प्रधान र सचिवमा प्रेमराज गिरी सर्वसम्मत हुनुभएको निर्वाचन समितिले जनाएको छ।यस्तै मंगलबारको साधारण सभाले उद्योग बाणिज्य संघ इटहरीको सदस्यहरुमा एकराज श्रेष्ठ,
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.