दुहवी / नेकपा एमाले दुहबी नगर कमिटीको दोस्रो अधिवेशनबाट मो.ताबिज हुसेन(मुस्तकिम)को नेतृत्वमा नयाँ कमिटी चयन भएको छ।
लामो समयको रस्साकस्सी पछि भएको निर्वाचनले मुस्तकिमको नेतृत्वमा कमिटी चयन गरेको हो। २६ गते बुधबार ताबिज हुसेन(मुस्तकिम) र रेवती श्रेष्ठ बिच भएको निर्वाचनबाट मुस्तकिम बिजयी भएका हुन्।
उता उपाध्यक्षमा भिम चौधरी सर्वसम्मत विजयी भए भने सचिवमा पनि शंकर चौधरी सर्वसम्मत निर्वाचित भए । त्यस्तै उपसचिवमा दिवकर पौडेल र पुनम कुमारी चौधरी विजयी भएका छन् । अधिवेशनबाट लेखा समितिमा मिलिराम चौधरी सहित विभिन्न क्षेत्र र भूगोलबाट सदस्यहरू सर्वसम्मत निर्वाचित भएका हुन् ।
दोस्रो नगर अधिवेशनलाई पुस्तान्तरणको सुरुवातको रूपमा एमालेले लिएको छ । एमालेले दुहवी नगरपालिकाको नेतृत्व लिने गरी नयाँ कमिटीले काम गर्ने नवनिर्वाचित अध्यक्ष मुस्तकिमले बताए ।


