इटहरी / नेकपा एमाले इटहरीको ९ नवौं नगर अधिवेशनबाट निर्वाचत भएका पदाधिकारीहरुलाई शपथ ग्रहण गराईएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) इटहरी उपमहानगर कमिटीको ९ नवौं उपमहानगर अधिवेशनबाट निर्वाचित भएका ९२ जना पदाधिकारीहरूले जगदीश प्रसाद कुसियैतको प्रमुख आतिथ्यतामा शपथ ग्रहण गरेका हुन् । इटहरीको पार्टीलाई एकताबद्ध र सदृढ बनाउन लागि पर्ने पार्टीका निवर्तमान अध्यक्ष रूपेश बस्नेतले बताउनुभयो । पार्टीलाई बलियो बनाउन लाग्ने उहाँको भनाइ छ ।

पार्टीका प्रमुख निर्वाचन अधिकृत  शारदा प्रसाद अधिकारीले अध्यक्ष सहित उपाध्यक्ष जितेन्द्र थापा ,सचिव मदन कार्की ,उपसचिव रञ्जु सिग्देल, तेजनारायण चौधरी सहित ९२ जनालाई प्रमाण पत्र दिएर शपथ ग्रहण गराउनुभएको थियोे ।

’दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने नाराका साथ नेकपा एमालेले मिसन २०८४ लाई बहुमत ल्याउने उदेश्य लिएको कार्यक्रमका प्रमुख अतिथि अधिवेशनका अध्यक्ष मण्डल एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य जगदीश प्रसाद कुसियैतले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम, अमृता सावाँ, सुनसरी जिल्ला कमिटी निवर्तमान अध्यक्ष रेवती भण्डारी, जिल्ला कमिटी कार्यबाहक अध्यक्ष पर्सुराम यादव, सचिव राम कोइराला, उप सचिव याम सुब्बा साथै  उपमहानगरपालिका तथा सुनसरीका कार्यकर्ताको बाक्लो सहभागीता रहेको थियो  ।1720707779332