भोजपुर / नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु भोजपुरको अध्यक्षमा निशान राई सर्वसम्मत चयन भएका छन् ।
अनेरास्ववियु भोजपुर जिल्लाको २४ औं जिल्ला अधिवेशन राईको नेतृत्वमा ३१ सदस्य कमिटी सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा सन्तोष गिरी महासचिवमा सुवास नेपाल, उपसचिवमा खुलातर्फ विज्ञान श्रेष्ठ, महिलातर्फ कोपिला प्रधान, खुल्लातर्फ मनोज विश्वकर्मा र कोषाध्यक्षमा मेलिना राई निर्वाचित भएका छन् ।
अनेरास्ववियु केन्द्रिय सचिव मनोज ताम्ली लिम्बुको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा बिशिष्ट अतिथि अनेरास्ववियु प्रदेश अध्यक्ष जिबि गजल, विशेष अतिथि नेकपा एमाले भोजपुर अध्यक्ष मक्कर खड्का एमाले भोजपुरका सचिव एक्सन राईलगायतले उपस्थिति रहेको थियो ।



