इटहरी / नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकमा गीता तिम्सिना चयन भएकी छन् ।प्रदेशसभा सचिवालय दलको कार्यालयमा शुक्रबार बसेको संसदीय दलको बैठकले तिम्सिनालाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।माओवादीले दलको उपनेता भने चयन गरेको छैन । हालसम्म जिम्मेवारी बाँडफाँड नभएको भन्दै संसदीय दलका नेता इन्द्र आङ्बोको आलोचना हुँदै आएको थियो । कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा माओवादी सत्ता पक्षमा रहेपनि शुक्रबारबाट भने प्रतिपक्षको बेन्चमा बसेको छ ।
काठमाडौं / २०८० को मदन मदन पुरस्कार मोहन मैनालीले पाएका छन् ।मदन पुरस्कार गुठीले मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दिक्षितले जानकारी दिएका छन् ।२०८० को मदन पुरस्कारका यस अघि पाँच किताब अन्तिम छनौट गरिएको थियो । जसमा भक्त स्याङतानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा 'नीरव' को सन्त्रासका साठी दिन रहेका थिए । गुठिले मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएकोमा पाँच कृतिलाई अन्तिम छनौट गरेको थियो । त्यस्तै दिक्षितले प्रा.डा. यो
काठमाडौं - चलचित्र निर्देशक र सञ्चारकर्मीका रूपमा चर्चित दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई यस पदका लागि चयन गरेको हो। अभिनेता भुवन केसीको कार्यकाल समाप्त भएपछि रिक्त रहेको अध्यक्ष पदका लागि डिसीले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै यो जिम्मेवारी हात पारेका हुन्।अध्यक्ष पदका लागि निर्माता तथा पूर्वबोर्ड सदस्य अर्जुनकुमार, अभिनेत्री करिश्मा मानन्धर, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, फिल्म निर्देशक नरेश पौडेल र सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा पनि दौडमा थिए। तर, चलचित्र क्षेत्रको अनुभव र योगदानका आधारमा
विराटनगर / राजमार्ग क्षेत्रमा सिटी सफारी सञ्चालनमा रोक लगाउने निर्णयविरुद्ध चालकहरू आन्दोलित भएका छन् । उनीहरूले आज विराटनगर महानगरपालिकाको मूल गेट अगाडि भेला भएर विरोध प्रदर्शन गरेा थिए ।सिटी सफारी समेत लिएर पुगेका उनीहरूले गरेको प्रदर्शनका कारण विराटनगरको मेनरोड क्षेत्रमा अवरोध भएको थियो । विराटनगरको कोशी राजमार्ग क्षेत्रमा सिटी सफारी चलाउन नपाइने निर्णय फिर्ता लिन उनीहरूले माग गरेका थिए ।महानगर अगाडि प्रदर्शनपछि सयौँको सङ्ख्यामा सिटी सफारीसहित चालकहरू कोशी राजमार्गको बरगाछीतिर गइरहेका छन् । उनीहरूले त्यहाँ राजमार्ग अवरोध गर्ने जनाएका छन् ।ट्राफिक प्रहरीले विराटनगर महानगरसँगको समन्वयमा हिजो
इटहरी / जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र लायन्स क्लब अफ इटहरी सुनसरीले इटहरीको माया घर नेपालका १४६ जना असहाय नागरिक लाई खाना खुवाइएको छ ।हरितालिका तीजको अवसरमा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र लायन्स क्लब अफ इटहरी सुनसरीको संयुक्त आयोजनामा इटहरी २ मा रहेको माया घरमा रहेका परिवार बिहिन तथा परिवार बाट पृथक रहेका १४३ जना बृद्ध, बालबालिका तथा युवा,युवती लाई सोमबार बिहानको १ छाक खाना खुवाएको छ ।माया घर नेपाल इटहरीमा निर्माण हुदै गरेको भवनमा १ करोड ५० लाख लाख समेत सहयोग गर्ने भएको लायन्स क्लब एरिया चिफ थानेश्वर ढकालले बताउनुभयो । लायन्स क्लब अफ इटहरीले इटहरीमा २५
पाँचथर— पाँचथरको फालेलुङ गाउँपालिका-५, प्राङवुङको डाडागाउँ टोलमा भएको विस्फोटमा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ। स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवाको उपचारका लागि झापा लैजाँदै गर्दा राति १ बजे बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो। यसअघि, दिलिप साँवाकी २.५ वर्षीया छोरी प्रिन्साको इलाम पुर्याउँदा बाटोमै मृत्यु भएको थियो।बिहीबार दिउँसो भएको उक्त विस्फोटमा दिलिप साँवाका छोरा र छोरीसहित ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन राई घाइते भएका थिए। घाइते बालक पवनको पाँचथर अस्पतालमा उपचार भइरहेको छ, र उनको अवस्था सामान्य रहेको जनाइएको छ।विस्फोट भएको घर माओवादी कार्यकर्ता आइतराज केर
इटहरी / इटहरी उपमहानगरपालिका भ्रष्टाचारको डरलाग्दो चपेटामा परेको आरोप प्रतिनिधिसभामा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा टेन्डर आव्हानदेखि योजना तर्जुमा गर्दासम्म व्यापक भ्रष्टाचार भएको भन्दै बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन्।विशेष समयमा बोल्दै सांसद चौधरीले इटहरी उपमहानगरले खरिद गरेका चार ठूला विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको तथ्य सार्वजनिक गरेका छन्। उनले आपूर्तिकर्तासँग सुरु देखि नै सेटिङ गरेर तेस्रो कम्पनी खडा गरी भ्रष्टाचार गरिएको आरोप लगाए। चौधरीका अनुसार इटहरी उपमहानगरका अधिकारीहरूले सार्वज
इटहरी / इटहरीमा पछिल्लो समय बहुला कुकुरको आतंकले स्थानीय बासिन्दालाई त्रसित बनाइरहेको छ। साउन महिनायता रेबिजको संक्रमणले ८ वटा पशु मरेका छन् भने चार दर्जनभन्दा बढी पशु र तीन जना मानिस घाइते भएका छन्। घर आँगनमा प्रवेश गरेर कुकुरले दुहुना पशु र मानिसहरूलाई आक्रमण गर्न थालेपछि इटहरीको विभिन्न वडामा स्थिति भयावह बनेको छ।साउन ७ गतेदेखि सुरु भएको यो समस्या इटहरीको वडा नं. १, २, ५, र २० मा व्यापक देखिएको छ। इटहरी उपमहानगरपालिकाका पशु चिकित्सक दुर्गाबहादुर श्रेष्ठका अनुसार, यो अवधिमा ४२ भन्दा बढी पशु र मानिस घाइते भएका छन्, जसमा केहीको मृत्यु समेत भइसकेको छ। कुकुरको आक्रमणबाट प्रभावित पशुहरूलाई
धरान / सुनसरीको धरानमा बाढीले बगाउँदा एकको बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो भारी वर्षासँगै आएको बाढीले धरान ऐश्वर्य मार्ग स्थित ड्रेनमा बगेर विद्यालयबाट घर फर्कँदै गरेका वडा नं १७ का १४ वर्षीय रोशन लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव वडा १७ को ठकुरी खोलामा झ्यासमा अड्किएको अवस्थामा भेटिएको थियो । शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । बालक भिक्टोरी स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए ।
विराटनगर / कोशी प्रदेश फुटबल संघले काठमाडौँमा आगामी भदौ १६ गतेदेखि सुरु हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुन लागेको कोशी प्रदेशको महिला फुटबल टोलीलाई आज विराटनगरमा एक विशेष कार्यक्रमबीच विदाई गरेको छ। विदाई समारोह कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित गरिएको थियो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा टोलीलाई आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिइएको छ। मुख्यमन्त्री कार्कीले टोलीलाई विदाई गर्दै भने, "यदि कोशी प्रदेशको महिला टोलीले लिगमा प्रथम स्थान हासिल गरेमा, प्रदेश सरकारको तर्फबाट प्रत्येक खेलाडील
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.