इटहरी / जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र लायन्स क्लब अफ इटहरी सुनसरीले इटहरीको माया घर नेपालका १४६ जना असहाय नागरिक लाई खाना खुवाइएको छ ।

हरितालिका तीजको अवसरमा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र लायन्स क्लब अफ इटहरी सुनसरीको संयुक्त  आयोजनामा इटहरी २ मा रहेको माया घरमा रहेका परिवार बिहिन तथा परिवार बाट पृथक रहेका १४३ जना बृद्ध, बालबालिका तथा युवा,युवती लाई सोमबार बिहानको १ छाक खाना खुवाएको छ ।

माया  घर नेपाल इटहरीमा निर्माण हुदै गरेको भवनमा १ करोड ५० लाख लाख समेत सहयोग गर्ने भएको लायन्स क्लब एरिया चिफ थानेश्वर ढकालले बताउनुभयो । लायन्स क्लब अफ इटहरीले इटहरीमा २५ वटा शाखा सञ्चालन गरेर सामाजिक कार्य गर्दै आएको उहाँको भनाइ छ ।

तिजलाई व्यवस्थित गर्दै यस्तै संघ संस्थाले माया घर नेपाललाई सहयोग गर्दै आउन  प्रमुख जिल्ला अधिकारी सुनसरी रामचन्द्र तिवारीले आग्रह गर्नुभयो । माया घरलाई समस्या आइ परेको खण्डमा सहयोग गर्ने उहाँको पद्धिपद्दता रहेको छ ।

क्लब र होटल व्यवसायीले सामाजिक कार्य गर्दैछ भन्ने उदेश्यले माया घर नेपालमा खाना खुवाइएको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र लायन्स क्लब अफ इटहरी सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले बताउनुभयो ।  संस्थागत  वा व्यक्तिबाट भएपनि माया घरमा वर्षको एकपटक खाना खुवाऊने उहाँको भनाइ छ ।

यो तिजमा माइतीहरूलाई लिन जाने अवसरमा माया घरमा खाना खुवाएर महत्त्वपूर्ण सहयोग भएको माया घर नेपाल इटहरीकि अध्यक्ष सुवद्रा प्याकुरेले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश भट्टराई, सिबि कलेजका अध्यक्ष तथा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका सल्लाहकार देशबन्धु कार्की , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र लायन्स क्लब अफ इटहरी सुनसरीका पदाधिकारीहरूले उपस्थिति खाना खुवाइको हो ।IMG_20240830_092345