धरान / सुनसरीको धरानमा बाढीले बगाउँदा एकको बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो भारी वर्षासँगै आएको बाढीले धरान ऐश्वर्य मार्ग स्थित ड्रेनमा बगेर विद्यालयबाट घर फर्कँदै गरेका वडा नं १७ का १४ वर्षीय रोशन लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको शव वडा १७ को ठकुरी खोलामा झ्यासमा अड्किएको अवस्थामा भेटिएको थियो । शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । बालक भिक्टोरी स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए ।