All Posts By कोशी प्रेस

    Showing ८,५७१-८,५८० of १३,७२१ items.
  • विभेद र कलंक बिरुद्ध नारा अंगाल्दै बायोइथिक्स दिवस सम्पन्न

    धरान। विभेद र कलंक बिरुद्ध नारा अंगाल्दै विगत २ महिनादेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरी सन् २०२४ अक्टोवर १९ को बायो–इथिक्स दिवस मनाइएको छ। मानव जीवन, समाज र चिकित्सा सेवा, शिक्षा, शोध लगायतका क्षेत्रमा ब्याप्त भेदभाव र धब्बा बारे सजग र सचेत भएर यस्ता असंगत कुराहरु कम गर्न र हटाउन सकिन्छ भन्ने आशा सहित यो वर्षको बायोइथिक्स दिवस मनाइएको हो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको हो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको आज अक्टोवर २५ का दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।नेपाल एकाईका प्रमुख तथा

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • ३३९ पटक पढिएको
  • शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न

    इटहरी । शुभलाभ बचत तथा ऋण सहकारी सस्था लिमिटेडको  १६ औं वार्षिक साधारण सभा शनिबार इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष दीपक पोखरेलको अध्यक्षतामा आयोजित सभामा प्रमुख अतिथिको रूपमा संघीय सांसद भगवती चौधरीको उपस्थितिमा  संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  शुभलाभ आर्थिक सफलताका लागी भन्ने मन्त्रलाई आत्मसात गर्दै, आएको छ ।  “आर्थिक सफलताका लागि“ भन्ने उद्देश्यका साथ २६ जना शिक्षित र उद्यमी व्यवसायीहरूको संलग्नतामा स्थापना भएको शुभलाभले आफ्नो सदस्यता हालसम्म १८ सय ५ जनामा विस्तार गरेको छ । सभामा अध्यक्ष पोखरेलले मात्रात्मक वृद्धि म

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • ३९० पटक पढिएको
  • पथरी शनिश्चरे वडा नं ३ मा महिला जागरुक हरिकिर्तन समूह तथा सङ्गीनी समूहद्वारा आयोजित भजन किर्तन प्रतियोगिता सम्पन्न

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं ३ आइतबारेमा आफ्नो मौलिकता र संस्कृति जोगाउने उद्देश्यले खुल्ला भजन किर्तन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार मोरङको पथरी शनिश्चरे वडा नं ३ को आइतबारेमा महिला जागरुक हरिकिर्तन समूह तथा सङ्गीनी समूहको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो । पथरी शनिश्चरे वडा नं ३ को वडा कार्यालयको मुख्य सहयोगमा आयोजित सो प्रतियोगितात्मक भजन किर्तन कार्यक्रममा नगरभित्रका १२ वटा भजन किर्तन टोलीले सहभागिता जनाएका थिए । पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यतामा गरिएको सो कार्यक्रममा  सभापतित्व महिला जागरुक हरिकिर्तन समुह तथा संगीनी समूहक

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • २६७ पटक पढिएको
  • राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको सहयोगार्थ सांस्कृतिक कार्यक्रम

    इटहरी । धनकुटाको हिलेमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । आगामी तीन महिना भित्रमा हुन लागेको तेस्रो राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको सहयोगार्थ हिले व्याडमिन्टन क्लबले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो। बिहीबार क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर आगामी कार्तिक १४ गते सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको हो । सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका बहुचर्चित कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक हिले व्याडमिन्टन क्लबका अध्यक्ष आशिष तामाङले जानकारी दिनुभयो । तेस्रो राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको लागि करिब २० लाख खर्च हुने अन

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • २९१ पटक पढिएको
  • किसान कल्याण बचत तथा ऋण सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न

    इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा बिहीबार इटहरी पार्टी प्यालेसमा सम्पन्न भएको छ । साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष शालिकराम ढकालले गर्नुभएको थियो । साधारण सभामा संस्थाको स्थापना, प्रगति, र आगामी योजनाहरूको समिक्षा गरिएको थियो । सुरुमा ३४ जना व्यक्तिबाट र रु १७ सयको पुँजीबाट प्रारम्भ भएको यो संस्था हाल सुनसरी जिल्लाका ७ ठाउँमा सेवा केन्द्रहरू सञ्चालन गर्दै २३ हजार ३ सय ६८ जना सेयर सदस्य सम्म विस्तार भएको छ । संस्थाको सेयर पुँजी १३ करोड ९७ लाख ५८ हजार रुपैयाँ रहेको छ भने १ करोड ३१ लाख १२ हजार ५२ रुपैयाँ ऋण लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ३११ पटक पढिएको
  • कोशी प्रदेशको मर्मतसम्भार तथा पुनर्निर्माण कोषमा करुणा फाउण्डेशनद्वारा १० लाख सहयोग

    इटहरी । प्रदेश सरकारको मर्मतसम्भार तथा पुनर्निर्माण कोषमा करुणा फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुनर्निर्माण  गर्न स्थापना गरेको कोषमा फाउण्डेशनले सहयोग गरेको हो । बिहीबार एक कार्यक्रमकाबीच करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटा र निर्देशक योगेन्द्र गिरीले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हस्तान्तरण गरे ।बाढी, पहिरो तथा डुवानले भएको क्षतिको दू्र्तगतिमा पुनःनिर्माण गर्न आवश्यक रहेको कारण सहयोग गरिएको करुणा फाउण्डेशनले जनाएको छ । चेक बुझ्दै मुख्यमन्त्री कार्कीले पुनः

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ३४५ पटक पढिएको
  • रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि थप सात दिनको समय दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बाह्रखरीलाई जानकारी दिए । सहकारी ठगी प्रकरणमा लामिछाने गत शुक्रबार (कात्तिक २ गते) काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन राति स्थलमार्गबाट पोखरा लगिएको थियो । यसअघि, अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको थियो । तर, रास्वपाले लामिछानेलाई पोखरा ल्याएर बयान नलिएको भन्दै आक्रोश व्यक्त गरेको छ । बिहान पोखरा

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • २९६ पटक पढिएको
  • सरकारप्रति जनताको आशा र भरोसा रहेको शेखर कोइरालाको दाबी

    इटहरी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिर्वतन बारे सोच्न नसकिने बताउनुभएको छ । विहिवार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा.कोइरालाले करिब दुई तिहाईको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संसोधन र आर्थिक सुधारमा ध्यान दिनु पर्ने समेत बताउनुभयो । उहाले वर्तमान सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तिब्रता दिनुपर्ने उल्लेख गर्नुभयो । जनताले आशा र अपेक्षा गरे अनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त काम नगरेको उहा

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ३११ पटक पढिएको
  • कांग्रेश धनकुटाको सय दिने अभियान सुरु

    इटहरी । नेपाली कांग्रेस धनकुटाले पार्टी संगठन सुदृढीकरणको सय दिने अभियान शुरू गरेको छ । बिहीबार पत्रत्रकार सम्मेलनको आयोजना गरेर गत ३ गतेदेखि अभियान सुरु भएको जनाएको हो । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य डा. डिला संग्रौलालाई खटाएको छ । अभियानका लागि धनकुटा कांग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई ७ स्थानीय तहका ६० वटा वडामा खटाएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ । सय दिने अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, संगठन विस्

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • २३१ पटक पढिएको
  • धनकुटामा प्लाष्टिकका माला तथा फूल विक्रि गर्न नपाईने

    इटहरी । धनकुटामा तिहारमा खपत हुने प्लाष्टिकका माला तथा फूल विक्रि गर्न नपाईने भएको छ । स्थानियले उत्पादन गरेको फूल विक्री नहुने भएकाले जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सर्वपक्षिय बैठकले प्लाष्टिकका माला तथा फूल विक्रि गर्न नपाउने निर्णय गरेको हो। आउँदै गरेको तिहारमा खपत हुने माला तथा फूलका लागि स्थानिय उत्पादन पर्याप्त भएपनि प्लाष्टिकका माला तथा फूल विक्रिले स्थानीय उत्पादनलाई असर गर्ने भएकाले रोक लगाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो। धनकुटाका व्यापारीलाई प्लाष्टिकका माला बेचविखन नगर्न आग्रह गरिने र प्रयोगकर्तालाई पनि खरिद नगर्न आग्रह गरिएको छ । धनकु

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ३५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]