इटहरी । धनकुटामा तिहारमा खपत हुने प्लाष्टिकका माला तथा फूल विक्रि गर्न नपाईने भएको छ । स्थानियले उत्पादन गरेको फूल विक्री नहुने भएकाले जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सर्वपक्षिय बैठकले प्लाष्टिकका माला तथा फूल विक्रि गर्न नपाउने निर्णय गरेको हो। आउँदै गरेको तिहारमा खपत हुने माला तथा फूलका लागि स्थानिय उत्पादन पर्याप्त भएपनि प्लाष्टिकका माला तथा फूल विक्रिले स्थानीय उत्पादनलाई असर गर्ने भएकाले रोक लगाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो। धनकुटाका व्यापारीलाई प्लाष्टिकका माला बेचविखन नगर्न आग्रह गरिने र प्रयोगकर्तालाई पनि खरिद नगर्न आग्रह गरिएको छ । धनकुटाका अधिकांस किसानले फूलको व्यवसायिक खेती गर्दै आएका छन् । तर धनकुटामा प्लाष्टिकका माला तथा फूल निर्यातले गर्दा किसानले लगाएका फूल विक्रि नहुने गरेकोले रोक लगाइएको जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जानकारी दिनुभयो । बैठकले निशान मन्दिर सँगै रहेको धनकुटाको पुरानो कारागार भवन भत्काएर पार्क बनाउने, अनुसन्धानका क्रममा पक्राउ परेर सडकमा राखिएका सवारी व्यवस्थापन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यलय धनकुटामा बसेको सुरक्षा निकाय, जनप्रतिनिधी, कार्यालय प्रमुख, उद्योग बाणिज्य संघ, राजनैतिक दल, स्थानिय र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।