इटहरी । प्रदेश सरकारको मर्मतसम्भार तथा पुनर्निर्माण कोषमा करुणा फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुनर्निर्माण  गर्न स्थापना गरेको कोषमा फाउण्डेशनले सहयोग गरेको हो । बिहीबार एक कार्यक्रमकाबीच करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटा र निर्देशक योगेन्द्र गिरीले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हस्तान्तरण गरे ।बाढी, पहिरो तथा डुवानले भएको क्षतिको दू्र्तगतिमा पुनःनिर्माण गर्न आवश्यक रहेको कारण सहयोग गरिएको करुणा फाउण्डेशनले जनाएको छ । चेक बुझ्दै मुख्यमन्त्री कार्कीले पुनः निर्माण तथा मर्मतसम्भारका लागि फाउन्डेसनले सहयोग गरेर सुरुवात गरेकोमा धन्यवाद दिए । मुख्यमन्त्री कार्कीले सबै क्षेत्रलाई कोषमा सहयोग गर्न समेत आग्रह गरे ।यस कोष प्रदेशको पुनर्निर्माणमा महत्त्वपूर्ण हुने उनले बताए । करुणा फाउण्डेशनले प्रदेश सरकार र स्थानीय तहसँगको साझेदारीमा कोशी प्रदेशका स्थानीय तहमा अपांगता रोकथाम तथा पुनःस्थापनासम्बन्धि काम गर्दै आएको छ । चेक हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र प्रमुख सचिव केदारनाथ शर्मासमेत सहभागी थिए ।