इटहरी । नेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ ९फोनिज०सुनसरीको अध्यक्षमा सुनिल चौधरी निर्वाचित हुनुभएको छ । इटहरीमा सम्पन्न फोनिज सुनसरीको पाँचौँ अधिवेशनमा चौधरी सर्वसहमतिमा अध्यक्ष निर्वाचित हुनुभएको हो । महासङ्घको उपाध्यक्षमा हिमाल राई, सचिवमा प्रमिला राई, सहसचिवमा रश्मी प्रधान, कोषाध्यक्षमा स्वर्णीम राई सर्वसम्मत निर्वाचित हनुभएको छ । संस्थागत सदस्यद्वयमा वुद्धहाङ लिम्बू, सचिन राई, महिला सदस्यद्वयमा स्मारिका राई, टिना चोङबाङ, अल्पसङ्ख्यक कमानसिंह याम्फु राई, खुला सदस्यहरू शैलेन्द्र चौधरी, धनराज राई, सरिता चौधरी चयन भएका छन् । प्रदेश परिषद सदस्यमा कमला चौधरी, श्रवण चौधरी, मनुका बम्जन, नव
इटहरी । धरानमा सम्पन्न भएको प्रेस सेन्टर नेपाल सुनसरीको पाँचौँ जिल्ला सम्मेलनले पुनः तीर्थ कार्कीलाई अध्यक्ष चयन गरेको छ । यसअघि पनि अध्यक्ष रहनुभएका कार्कीलाई आगामी तीन वर्षका लागि अध्यक्ष चयन गरेको हो । शुक्रबार सम्पन्न भएको अधिवेशनले ९ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको जनाएको छ । सेन्टरको उपाध्यक्षद्धयमा दिलबहादुर राई र लेखनाथ दङ्गाल, सचिवमा विनोद विश्वकर्मा, सहसचिवद्धयमा रश्मी प्रधान र सुबास खत्री, कोषाध्यक्षमा गणेश तिम्सिना चयन हुनुभएको छ । सदस्यहरूमा अनिश बस्नेत र सुमित थापा चयन भएका छन् । सङ्गठनका केन्द्रिय उपाध्यक्ष विवेक गौतमको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा अध्यक्ष कार्क
इटहरी | नेपाल एकीकरणका अभियान्ता राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै विगतका वर्ष झै यस वर्ष पनि सुनसरीको इटहरीमा भव्य रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्तीको अवसर पारेर सुनसरीको इटहरीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाइएको छ ।भोलाकाजी बस्नेतको संयोजकत्वमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समिति गठन गरी यस वर्ष पनि नेपाल एकीकरणमा पृथ्वि नारायण शाहले पुर्याएको योगदान , त्यस समय नेपालको सामाजिक ,आर्थिक अवस्थाका साथै शासन शैलीका विषयमा वक्ताहरुले चर्
भोजपुर | नेपाल सरकारले घोषणा गरेको उत्कृष्ट १०० गन्तव्यहरूमध्ये पर्ने टेम्केमैयुङ गाउँपालिकाको मुन्दुम पदमार्गलाई प्रोत्साहन गर्नका लागि "मुन्दुम भ्रमण वर्ष २०२५" अन्तर्गत धनुष वाण प्रतियोगिता आयोजना हुने भएको छ।गाउँपालिकाको वडा नम्बर ४, चखेवा नागीमा माघ ४ गते बिहान ९ बजे प्रतियोगिता सुरु हुनेछ। यो प्रतियोगिता किराँत समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्दै पर्यटन, कृषि र सांस्कृतिक विकासमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गर्न लागिएको हो।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विजेताहरूलाई क्रमशः रु ७,०००, रु ४,०००, र रु २,००० का नगद पुरस्कार प्रदान गरिनेछ। इच्छुक प्रतिस्प
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित प्रतिष्ठित फुटबल प्रतियोगिता मुन्दुम कप २०८१ को उपाधि हिले फुटबल एशोसिएशन, धनकुटाले जितेको छ। फाइनल खेलमा धनकुटाको टोलीले नयाँ श्रीनाप गण भोजपुरलाई हराउँदै उपाधि जितेको हो । उपाधि जितेसँगै हिले फुटबल एशोसिएशनले नगद १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।फाइनलमा पराजित श्री नयाँ श्रीनाप गण भोजपुरले उपविजेताको स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ पुरस्कार जित्यो। यसैगरी, सेमिफाइनलसम्म पुगेका टोलीहरू भोजपुरको कोदार फुटबल क्लब र सुनसरीको सिर्जनशील युवा क्लब, दुहबीले समान दश-दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।यो प्रतियोगिता टेम्केमैयुङ गाउँप
इटहरी । धनकुटाको चौविसेमा खुल्ला पुरुष तथा महिला छैटौ रनिङ चौविसे कप फुटवल प्रतियोगिता हुने भएको छ । चौविसे गाउँपालिकाले पत्रकार सम्मेलननको आयोजना गरी चौविसे कप हुने जानकारी गराएको हो । चौविसे गाउँपालिका–२, मुढेवास स्थित त्रीवेणी खेल मैदानमा आगामी माघ १ गते देखि ४ गतेसम्म हुने भएको हो । प्रतियोगितामा चौविसे गाउँपालिका भित्रका पुरुष र महिलाको ८÷८ टिमको सहभागी रहने आयोजक चौबिसे गाउँपालिकाले जनाएको छ । खेलको बिजेता टिमले पुरुषतर्फ ६५ हजार र उपबिजेताले ३५ हजार रुपैया नगद, ट्रफ्री , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै महिला तर्फ बिजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार नगद ट्रफी , मेडल र प
इटहरी। ताप्लेजुङ र पाँचथरका सुरक्षा निकायले अपराध नियन्त्रण तथा विपत् व्यवस्थापनमा सहकार्य गर्ने भएका छन्। दुवै जिल्लाका सुरक्षा अधिकारीको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले अपराध नियन्त्रण, विपत् व्यवस्थापनलगायतमा सहकार्य गर्ने निर्णय गरेको हो। दुई जिल्लाको सिमाना काबेलीमा बिहीबार बसेको अन्तर जिल्ला सुरक्षा समन्वयको बैठकले अपराध नियन्त्रण, विपत् व्यवस्थापनलगायतमा सहकार्य गर्ने निर्णय भएको बताइएको छ। सुरक्षा अधिकारीको बैठकले सुरक्षा समन्वय, अपराध नियन्त्रण, लागू औषध नियन्त्रणजस्ता विषयमा पनि दुई जिल्लाका सुरक्षा अधिकारीबिच समन्वयात्मक सम्बन्ध स्थापित गर्ने निर्णय भएको ताप्लेजुङका प्रमुख जिल्ला
इटहरी। ताप्लेजुङमा मादक पदार्थ सेवन मापसे जाँचमा कडाइ गर्न सुरु गरिएको छ। सवारी दुर्घटनालाई न्युनीकरण गर्न ट्राफिक प्रहरीले मापसे जाँचलाई कडाइ गर्न थालेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले ब्रेथलाइजर मेसिनद्वारा मापसे जाँच गर्ने कार्यलाई तीब्र पारिएको जानकारी दिनुभयो। मापसे जाँचलाई तीब्र पारिएसँगै सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाई आवश्यक कारबाही गर्न थालेको प्रनाउ रावलले बताउनुभयो। हालको चिसो मौसमका समयमा मादक पदार्थको सेवन अत्यधिक हुने भएको पाइएकाले मापसे जाँचलाई कडाइ गर्न थालेको ट्राफिक प्रहरीले जनाएको छ। यता मापसे जाँचमा कडाइ गर्
इटहरी । पथरी शनिश्चरे नगरपालिकाले नगरका अति विपन्न ५ परिवारको आवासीय घर निर्माण पूरा गरी हस्तान्तरण गरेको छ । बिहीबार नगर उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा ५ परिवारलाई आवासीय घर हस्तान्तरण गरिएको हो । विपन्न नागरिक आवास सम्वन्धि कार्यविधि २०८० अन्तर्गत लक्षित वर्गलाई आवासीय घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । विपन्न परिवारहरूमा क्रमशः वडा नं. ३ का धनबहादुर लिम्बु, वडा नं. ५ का चुडा कुमारी पौडेल, द्रोणपति ऋषिदेव, वडा नं ६ का नारायण पोखरेल र वडा नं. ७ का लिलामाया आङ्देम्वेलाई आवासको चाबी हस्तान्तरण गरिएको थियो । ती आवासीय घरमा तीन वटा कोठा, टीनको छानो र बिजुली जडान गरिएक
इटहरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर २ बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको लर्ड बुद्ध साकोस पथरी शनिश्चरेले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बिहीबार आयोजित कार्यक्रममा सो साकोसको आफ्नै कार्यालय प्राङ्गणमा १ सय ९ जनाले रक्तदान गर्नुभएको हो । “रक्तदानः जीवनदान“ भन्ने मूल नाराका साथ लडबुद्ध साकोसद्वारा आयोजना तथा रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाभित्रका विभिन्न सामाजिक, शैक्षिक तथा वित्तिय संघ– संस्थाहरूका महानुभावहरूले रक्तदान गर्नुभएको थियो । पथरी शनिश्चरे व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.